[Show all top banners]

paladin
Replies to this thread:

More by paladin
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
  अमेरिकाका नेपाली = नेपालका राउटे जस्तै देखिन्छ
[VIEWED 10950 TIMES]
SAVE! for ease of future access.
Posted on 04-14-17 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

सत्य कुरा के हो भने हामी नेपाली यो देशमा अहिले पनि नेपालमा जंगलमै जीवन बिताइरहेका राउटे जस्तै देखिन्छौं । 

 एक बर्षे अमेरिका अनुभव : जन्मभूमि त छाड्यौं, कर्मभूमिप्रति गनगन किन ? 

- नवीन रायमाझी, काठमाडौं चैत्र ३१, २०७३- 


म अमेरिका आएको लगभग एक बर्ष पुग्न लाग्यो, म अमेरिकाको बारेमा जानकार व्यक्ति होइन तर विभिन्न अनलाइन पोर्टलमा समय समयमा अमेरिका र अरु देशमा बसोबास गरेका नेपालीहरुले आफू बसोबास गरेको देशको नकारात्मक कुरा मात्र लेखेको देखेर केही पंक्ति कोर्ने दुस्साहस गरेको हुँ । बिश्वको एउटा अति गरिव देशबाट बिश्व कै सबैभन्दा बिकसित देशमा आउन पाउनुलाई मैले व्यक्तिगत रुपमा सुवर्ण मौका ठानेको छु । यहाँ आएर कसैलाई बेकारमा आइएछ जस्तो लाग्छ भने खुरुक्क नेपाल फर्किन सल्लाह दिन्छु । यदी कसैले इच्छा त थिएन । तर, बाध्यताले बसिएको छ भनेर भन्छ भने देश छाडेर परदेशमा बस्नु हाम्रो बाध्यता हो न कि अमेरिकी सरकारको, यसरी आफ्नो फाइदाको लागि अरुको देशमा बसेर निरर्थक गनगन गर्नु बुद्धिमानी होइन । यँहा बस्ने मान्छेहरुले भित्र भित्रै खुशी भएपनि आफुलाई इच्छा बिपरित बस्नु परेको जस्तो देखाउन अरुको अगाडी केहि कारणहरु दिने गर्छन्, जसलाई तल उल्लेख गरेको छु । सबैभन्दा पहिलो, अमेरिकामा दुख छ भन्ने भनाइलाई लिऔं । यदि कामलाई दुखको रुपमा लिने होभने यो संसारमा कतै पनि सुख छैन । हाम्रो देश नेपालमा श्रम गर्नेलाई अपमान र बाबुबाजेले कमाएर छाडेको सम्पत्तिमा मोज गर्ने कामचोरहरु र दिनभरी सडक नापेर हल्लिरहने हरुलाई सम्मान गर्ने अनौठो र उल्टो चलन छ । तर, अमेरिकामा त्यस्तो रहेन छ, श्रम गर्नेलाई सम्मान गरिंदो रहेछ, चाहे त्यो जस्तोसुकै काम गरोस् । अमेरिकामा एउटा श्रमजीविले काम गरेर आफ्नो जीवन यापन राम्रोसँग गर्न सक्छ । तर, नेपालमा दिनभरी घोटिँदा पनि पेटभरि खान नपुग्ने अवस्था छ । दोश्रो, फुर्सत नै हुँदैन र सामाजिक जीवन छैन भन्ने कुरामा । संसारमा कर्मयोगी मान्छेहरुलाई फुर्सत हुदैन नै, आफ्नो काममा व्यस्त रहेको मान्छेलाई अर्काको नानाथरि कुरा गर्ने न त फुर्सद हुन्छ न त त्यस्ता तल्लो स्तरको कुरामा कुनै रुचि नै हुन्छ । यो कुरा नेपालमै रहेका मान्छेहरुमा पनि लागु हुन्छ । तर, त्यो मान्छे कर्मयोगी हुनुपर्छ, फुर्सद भनेको काम नभएको मान्छेहरुसंग मात्र हुन्छ चाहे त्यो अमेरिका होस् वा नेपालमा । जहाँसम्म सामाजिक जीवनको कुरा छ, बरु यहाँ होला नेपालमा धनीहरुको मात्र सामाजिक जीवन छ । गरिबहरुलाई कसैले वास्ता गर्दैनन् । नेपालमा गरिबको कुनै इज्जत छैन र गरिबी एउटा अभिशाप हो । तेश्रो, सोचेको जस्तो भएन भन्ने कुरामा । एउटा मान्छेले के सोच्छ र सोचेको जस्तो पाउछ वा पाउदैन भन्ने कुरा त्यो सम्योग मात्र हो । साधारणतया कुनैपनि मान्छेले पाउने काम र उसले कमाउने धन भनेको उसको व्यक्तिगत योग्यता र क्षमतामा भर पर्छ । अमेरिकामा मात्र होइन कि संसारको जुनसुकै कुनामा पनि । कहिलेकही योग्य व्यक्तिले सानो पद र अयोग्य व्यक्तिले ठुलो पद पाउने भनेको अपवाद मात्र हो र यस्तो अमेरिकामा भन्दा नेपालमै बढी हुन्छ । अब कसैले आफ्नो क्षमता भन्दा ठुलो कुरा सोचेर बस्छ र उसले त्यो कुरा पाउदैन भने उसले अमेरिकालाई भन्दा आफ्नो बुद्धि लाइ गाली गर्नु लाभदायक हुन्छ । करिब एक बर्ष अगाडी नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले अमेरिकामा सबै नेपाली भाँडा माझ्दा रहेछन्, भनेका थिए । मलाई लाग्छ, उनले यो भाँडा माझ्नु भनेको सानोतिनो कामलाई भनेको हुन सक्छ । मेरो बिचारमा यदि कुनै मान्छेले इमान्दारीपूर्वक भाँडा नै माझ्छ भनेपनि त्यो आदर गर्न लायक कुरा हो । तर, पौडेलले सायद देखेनन् होला, अमेरिकामा नेपालमा जस्तो परालको मस्कोले खरानी चोप्दै भाडा माझ्नु पर्दैन । कि त मेसिनले माझ्छ कि त चौबिसै घण्टा धाराबाट आउने तातो पानीले साबुन लगाएर माझ्न सकिन्छ । कांग्रेस नेता पौडेललाई बिनम्रतापूर्वक मेरो एउटा प्रश्न छ, अमेरिकामा रहेका तपाईंको छोरा वा छोरीले भाँडा माझ्छन् कि माझ्दैनन् ? किनकि अमेरिकामा नेपालमा जस्तो सबैले जुठो पारेको भाडा एउटा मान्छेले माझ्ने चलन हुँदैन, प्रत्येक व्यक्तिले आफुले प्रयोग गरेको जुठो भाँडा आफैले माझ्ने चलन छ । घरेलु कामदार राख्न कानुनले प्रतिबन्ध लगाएको छ र यदी कसैको सहयोग लिउँ भन्यो भने पनि त्यो सम्भवत कुनै नेपालीले मुल्य तिर्न सक्दैन । यसको साथै प्राय सबै नेपाली हरुमा एउटा ठुलो भ्रम भनेको यहाका महिलाहरुले बाटो मै अँगालो हाल्छन् भन्ने छ । कसैले व्यक्त गरुन् कि नगरुन्, हुन त अंग्रेजी सिनेमामा नायिकाले नायकसँग गरेको प्रेमालाप देखेर मलाई पनि यस्तै हुन्छ कि भन्ने धारणा बनेको थियो । तर, सत्य कुरा के हो भने हामी नेपाली यो देशमा अहिले पनि नेपालमा जंगलमै जीवन बिताइरहेका राउटे जस्तै देखिन्छौं । अब अपवादको रुपमा कुनै अमेरिकी महिलाको नेपालीसँग प्रेम हुन् सक्ला तर यो घटनाले पूर्ण रुपमा प्रतितिधत्व गर्दैन । अत विभिन्न कारण र प्रक्रियाले अमेरिका आएका सज्जनहरुले आफुले काम गरेर जीवन चलाएको र आर्थिक रुपमा सबल भएको देशको बारेमा केवल नकारात्मक कुरा गरेर आफ्नो कर्म देशप्रति बेइमानी नगरौं, उसै पनि आफ्नो जन्मभूमि छोडेर हामीले आफ्नो देशप्रति त अन्याय गरिसकेका छौं । यद्यपी म व्यक्तिगत रुपमा यो कुरा स्वीकार गर्दिन । 'कुण्ड कुण्ड पानी र मुण्डमुण्ड बुद्धि' भनेको जस्तो झिंगालाई फोहर नै र मौरी लाई फूल नै मन पर्छ भनेको जस्तो म भने अमेरिकाबाट पूर्ण रुपमा सन्तुष्ट छु, यदी कुनै दिन कुनै पनि कारणले सन्तुष्ट हुन सकिन भने खुरुक्क नेपाल फर्किन्छु । यहाँ बेकारको गनगन गरेर बस्दिन । अन्तमा, जसलाई देसको माया लाग्छ उनीहरु आफ्नै देशमा बसुन् र जसलाई बिदेशमा गएर बस्ने इच्छा छ, त्यो मौका पनि पाएका छन् । उनीहरु बिदेश जान्छन । अरुको व्यक्तिगत जीवनमा यो गर्नु र यो नगर्नु भनेर उपदेश दिनु कुनै सभ्यता होइन र त्यस्तो कसैलाई अधिकार पनि छैन । मेरो भन्नु यति मात्र हो कि अनेकौ प्रयास र तिकडम गरेर पनि यहाँ आउन नसकेर पिल्सिएपछि 'अमिलो अंगुर' भने जस्तो बिरोध नगरौं । यसको मतलव अमेरिकामा बस्ने सबै महान र नेपालमा बस्ने सबै तल्लोस्तरका भन्ने अर्थ नलागोस् । 

 प्रकाशित: चैत्र ३१, २०७३ 

 http://kantipur.ekantipur.com/news/2017-04-13/20170413144906.html
Last edited: 14-Apr-17 09:44 PM

 
Posted on 04-16-17 2:59 PM     [Snapshot: 797]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

We can't even complain about life now. Sucks.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters