[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 another Ghazal-
[VIEWED 8715 TIMES]
SAVE! for ease of future access.
Posted on 07-08-05 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजल

- शिरिष

कोलाहल, दिनको होस या रात मध्यको सुनसान !
साथी भाई, थाकेन कहिल्यै, गाएर आफ्नै गुनगान !

जिन्दगीको समय, शान्ति छाऊन चाहि छोटो छ रे !
फुर्सद तर, निंहु खोजी, लडाई गर्न सांझ-बिहान !

किर्तीमान न सहि, कर्मको आलेख, प्रमाण खै कहां ?
दर्ज्यानी तक्माले, छाति भ-यो, आफ्नै खातिर स-सम्मान !

मानोस् , नमानोस् कसैले, आफै सबैको जजमान,
सिङै नभा?को ?तिखे?को फूर्ती देख्दा म आजित हैरान !

को भन्दा को कम् छन् र ? सबैको गोरुको बारै टक्का,
सबैको डम्फु उतिकै चर्को, को कस्को सुन्छ भगबान ?

आफ्नोमा भैंसी नदेख्ने, अरुको जुम्रा देख्छ yo ?शिरिष?
ईन्द्र सित स्वर्गको, घाम सित दियोको गर्छ बखान !

 
Posted on 07-08-05 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I cannot understand any word. Is there a special font that I need to install?
 
Posted on 07-08-05 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<<आफ्नोमा भैंसी नदेख्ने, अरुको जुम्रा देख्छ yo ?शिरिष?
ईन्द्र सित स्वर्गको, घाम सित दियोको गर्छ बखान ! >>>>

नेपे गुरु सँगको छलफलमा आधारित हो? :) .......... रे क्या।

वास्तबमा तपाईँको गजल मनै छुने खालका छन्। मेरो शुभकामना, तपाईँको गजल यात्राको लागि।

गुरुहरुको गजलले मेरो त दिनै गजल, रातै गजल भो। रात भरि "काफिया" खोज्दै सुत्यो। झिमिक्क गर्न नपाइ उज्यालो हुन्छ। बेर्थै नियम सोधेछु जस्तो भो।

:)
-भउते
 
Posted on 07-08-05 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु कुरा भन्दा नि सबभन्दा हतारमा के भन्न चाहन्छु भने,

काफिया मिलेको गजल हो यो । बधाई, शिरीष !

Finally, I can die peacefully now.


 
Posted on 07-08-05 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-08-05 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhaute

hoina hoina ! anyatha nasamjhanu hola !

Arko ni aaundai cha 'gair-muraddaf" wala. Radif nabhako.

Aja ali speed badya cha.
 
Posted on 07-08-05 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhaute this one is dedicated to you.

गजल
शिरिष

मनै ध्बस्त भए पछि आँखामा के दोष थुपार्नु अनेक ?
छायाका चीराहरु टाल्दैमा, ज्यानलाई के हुन्थ्यो बिसेक ?

म सित बिद्रोह गर्दै भाबनाले रंगै चिन्न छाडी दियो,
हिजो खुशीमा सिर्जेको चित्र आज उजाड, देख्तै उदेक !

संगीत पो हो कि या कोलाहल, छुट्टिएन आबाज कुनै,
ठोक्किनु पर्ने तरंगहरु, झिल्लीमा अल्झि दिदा प्रत्येक !

आफै भित्रको पशु चराएर थाक्दै थाकिन म कहिल्यै,
अब घाँसको संगत गर्दैमा के नै फर्केला र बिबेक ?

न गर्मीले पोल्यो, न जाडोले छोयो, न भेउ ॠतुहरुको,
बदले अरु पात्रोका पन्नासंगै, स्तब्ध ?शिरिष? बाहेक !

बष्टन
०७/०८/०५

"numb" ko exact nepali word nabhetera स्तब्ध lekya

More on the way !
 
Posted on 07-08-05 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

by the way all these shers convey some sort of "sense". I am proud of this.
 
Posted on 07-08-05 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष,

आज त हजुरका पनि खररररररररररररररर गै'रा'छन् नि, मेरा रिसले हो कि क्या हो ........ रे क्या ( कत्तानै मैले नि हजुरको सिको गरेर एउटा "भउटे गजल" लेख्या, नेपे गुरुले नानाथरि नियम बनाईदेर फइल बनाइदिनुभो ) :P

<<<आफै भित्रको पशु चराएर थाक्दै थाकिन म कहिल्यै,
अब घाँसको संगत गर्दैमा के नै फर्केला र बिबेक ?>>>>>>

मलाई घाँस बनाइदे'को ? :)

कात्रो भनि हेलाँ नगर म त पवित्र वस्त्र हुँ
फोहर मै उम्रेँ, घाँसै सही, तर तुलसीपत्र हुँ

:)

-भउते
 
Posted on 07-09-05 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिर्जा गालिबले नेपालीमा रचेको गजल जस्तो । बधाई छ शिरिष ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters