[Show all top banners]
Back to: Kurakani General Refresh page to view new replies
 devil in gods face
[VIEWED 9439 TIMES]
SAVE! for ease of future access.
Posted on 04-01-09 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



































GOSSIP


+ more

























रोगी अस्पताल - शिव शर्मा चञ्चल
Category: Gossip - Pokhara Talks






Post By: ram | Date: 12 Mar 2009

Coments: 46


रोगी अस्पताल




घरपालुवा कुकुरले टोकेर फुलबारी पोखराकी ९ वषिर्या आकृति गुरुङलाई खुट्टामा सामान्य घाउ बनायो । त्यही घाउ निको पार्न अस्पताल गएकी उनलाई के थाहा मुत्युको मुखमा पुगेको छु भनेर । सायद उनि अस्पताल नगई घरमै उपचार गराएको भए उनले अल्पायु मै ज्यान गुमाउनु पर्ने थिएन । रेविज विरुद्धको सुइ लगाउन आमा संगै अस्पताल पुगेकी आकृतिलाई स्वास्थ्यकर्मिले टिटानस र रेविज त लगाइदिए तर निको हुनुको साटो सुइ लगाएको क्षण भरमै उनको ज्यान गुम्यो । सुन्दर भविष्यको खाका कोरेकी उनले सुइ लगाएपछि मुत्युवरण गर्नु पर्ला भनेर सोचेकी पनि थिइन । तर बास्तविकता त्यस्तै भइदियो । उनको मुत्युपछि अस्पतालको वातावरण अस्तव्यस्त बन्न पुग्यो । मुतकका आफन्तले डाक्टरहरुकै लार्पावाहीले गर्दा ज्यान गएको आरोप लगाउदै अस्पताल घेराउ गरे । अस्पताल घेराउका क्रममा ठुलै हंगामा भयो । अस्पताल तोडफोड भयो । चिकित्सकहरुले पनि काम ठप्प पारे । घटनाले गर्दा उपचारका लागि आएका सयौ बिरामीहरु अलपत्र परे । अस्पाल परिसरमा सुरक्षाकर्मिले लाठीचार्ज र अश्रुग्यास प्रहार गरे ।



गाउँ गाउँबाट आएका बिरामीहरु उपचार नपाएर छटपटिन पुगे । तीन दिन सम्म अस्पताल बन्द रहयो । मुस्किलले उपचार गराउन आएका आर्थिक स्तर कमजोर भएका विरामीहरु अन्यत्र उपचार गराउन नसकेर घर फर्के । कोही बल्ल तल्ल निजी अस्पतालमा उपचार गराउन बाध्य भए । बास्तवमा अस्पतालनै बन्द गराएर बिरामी माथि ठुलो अन्याय अस्पतालले गर्‍यो । सरकारी अस्पतालको यो मनोमानीले र्सवसाधरण विरामीले ठुलो हन्डर र सास्ती झेल्नु पर्‍यो । बालिका को मुत्यु भएकै दिन अस्पतालमा मुतकका परिवार तथा आफन्तले मेडिकल सुपरिटेण्डेण्ट डाक्टर बुद्धीबहादुर थापा बिरुद्ध चर्को नाराबाजी गरे । उनको राजीनामा समेत मागे ।



 थापाले राजीनामा दिने घोषणा समेत त्यति बेला गरेका थिए । तर उनी आफनो घोषणा प्रति कत्ति पनि इमान्दार देखिएका छैनन । देखिएको भए त अहिले सम्म राजीनामा दिईसक्थे होला । पत्रकारले जथाभावी लेखेर अस्पताल तोडफोड भयो भन्दै कडकिएका डाक्टर थापाले सुचनाको हक के हो भन्ने कुरालाई अलिकति सम्म हेक्का राखेको पाइएन । के बालिका मुत्यु भएकै दिन अस्पतालमा मुतकका आफन्तले उनि बिरुद्ध नाराबाजी गर्दा पत्रकारले समाचार लेखेका थिए - के त्यो दिन उनि र अस्पताल विरुद्धको नाराबाजी पत्रकारले गर्दा भएको थियो सायद यसको जवाफ छैन होला ।



पत्रकारले लेखेकै कारण अस्पताल तोडफोड भएको भन्दै अस्पतालका सबै डाक्टरहरु एकोहोरो रुपमा पत्रकार माथि खनिए । यति सम्म पनि पत्रकार मुर्दावाद भनेर नारा लगाउन समेत उनिहरु चुकेनन । अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा तोडफोड हुनु हुदैन त्यो कुराको हामी सवैलाई ज्ञान छन् । स्वास्थ्य क्षेत्र सवैका लागि पहिलो प्राथमीकताको क्षेत्र हो । तोडफोडको पक्षमा पत्रकार छैनन । मुतकका आफन्तलाई चिकित्सक तथा अस्पतालले बालिका मुत्युको यथार्थ कारक दिन नसक्दा अस्पताल तोडफोडको घटनाले उग्र रुप लिएको हो । आफन्तले आफनो असन्तुष्टि पोख्न पाउनु पर्छ । असन्तुष्टिले नै हरेकलाई सच्चाउने मौका दिन्छ । तर असन्तुष्टि पोख्ने शैली भने हिंसात्मक हुनु हुदैन । शिष्ट र सभ्य ढंगले आफनो असन्तुष्टि हरेकले पोख्नु पर्छ ।
सत्यतथ्य घटनाको समाचार संकलन गर्नका लागि त्यहाँ पुगेका पत्रकारलाई अस्पताल छिन नदिन सुरक्षाकर्मिलाई चिकित्सकहरुले आदेश दिए । बलजफत गरे तह लगाउने र नसके हामी आफै तह लगाउछौ भन्ने समेत उनिहरु चुकेनन । ढुङ्गा हान्ने आन्दोलकारीको फोटो खिचेर ले भनेर समेत पत्रकारलाई डाक्टरहरु अर्‍याउदै थिए । के पत्रकारहरु उनिहरुले मागेको कुरा दिने दास हुन । पत्रकारले कुनै दिन्छ त्यो समाज र जनतालाई दिन्छन् मिडिया मार्फ सवै कुरा दिन्छन् । यसो गर उसो गर भनेर पत्रकारले गदैनन । पत्रकार कसैको कठपुतली हैनन । जे देख्यो त्यही कुरा पत्रकारले मिडिया मार्फ अभिव्यक्त भन्ने कुरा पनि राम्रो संग बुझनु जरुरी छ । डाक्टरहरु पत्रकार प्रति यति आक्रोशित थिए त्यसको कुनै सिमा थिएन । उनिहरु हिंस्रक रुपमा पत्रकारलाई कुटपिट गर्ने अवस्था सम्म पुगे । उनिहरुको असभ्य शैली हेर्दा लाग्थ्यो उनिहरु डान्टर हैनन आन्दोलनकारी हुन । बिरामीको उपचार गर्न छाडेर नारा लगाउनु उनिहरुको अधिकार थियो या के सामान्य बच्चालाई पनि सिकाई रहनु पदैन । बच्चाले देखाउने भन्दा पनि अति नै कमजोर शैली उनिहरु प्रदर्शन गरेका थिए । अरु डाक्टरहरु असभ्य शैलीमा पत्रकार विरुछ खनिएपछि डा. मोहन प्रर्साई ले त्यसलाई सच्चाउन असल पत्रकार जिन्दवाद भन्दै नारा लगाए । तर अर्का डाक्टर माधव बाबु तिवारी ले हैन सवै पत्रकार मुर्दावाद भनेर सवै स्वास्थ्यकर्मिलाई पत्रकार विरुद्ध उचालेका थिए । पत्रकार विरुद्ध हिलो छ्याप्ने कामको सुरुवात डा सुमन श्रेष्ठले गरेका थिए । ठिक छ पत्रकारले गल्ती नै लेखे । गल्ती लेख्ने पत्रकारलाई अस्पतालको कुनै कार्यक्रम र्सार्वजनिक गर्नु पर्‍यो भने किन खोजीन्छ र पत्रकारलाई डाकीन्छ । फेरी जथाभावी लेख्ने पत्रकारको आवश्यकता नै किन पर्छ अस्पताललाई । हो डान्टरले बिरामीको उपचार गरेर ज्यान बचाउछन् त्यसलाई हामीले कदर गर्नुपर्छ । कतिपय इमान्दार डान्टरहरु बिरामी निको पार्न सरकार अस्पतालमा पनि उतीकै खट्छन् तर केही डाक्टरहरु निजी अस्पताल खोलेर मोटो रकम असुल्छन् । त्यसले गर्दा गरीब विरामीको उपचारको नाममा घर घडेरी बेचेर उठीबास भएको छ ।
यति सम्मकी आफुलाई भगवानको दोस्रो रुपमा ठान्ने डाक्टरहरु मोटो रकम , किमती सामान र कार उपहार लिएर विभिन्न औषधी कम्पनीका कम्सल औषधी विरामीलाई सिफारिस गर्न सम्म पछि हट्दैन । हैन भने डान्टर बनेको केही वर्षै चिल्ला कारमा गुडने हैसियत कसरी बन्छ -सिनियर डाक्टरहरु क्लिक तर्फबढी धाउछन् अस्पतालमा सिकारु डक्टरले उपचार गराउदा गलत औषधीको प्रयोगले समेत यस्ता घटना दुर्घटनाहरु दोहोरिने गरेका छन् । हुन त क्षेत्रिय अस्पतालमा भएको यो घटना पहिलो हैन । यस अघि कुस्तीका १२ वषिर्या सूर्य विकको एनेसिया केटानी दिदा उनको मुत्यु भएको थियो । जिउँदो बच्चालाई मृत घोषीत गर्ने काम पनि भयो । पटक पटक यस्ता घटनाहरु अस्पतालले दोहोराएको छ । जसको स्पष्ट जवाफ चिकित्सकहरुले मुतकका आफन्तलाई दिन नसक्दा अस्पतालमा तोडफोडका घटना हुने गरेका छन् । यस्ता घटना दोहोराउनेमा यहाँका केही निजी स्तरका अस्पतालहरु पनि अछुत छैनन । यस्ता घटना फेरी पनि दोहोरीदै जाने हो भने अस्पताल एउटा अस्पताल नभएर आन्दोलनको थलो बन्ने छ । यस तर्फअस्पताल बेलैमा सचेत हुनु बाहेक अरु विकल्प छैन । लेखक : शिव शर्मा चञ्चल



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters