[Show all top banners]

sanas
Replies to this thread:

More by sanas
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Big Lier Prachanda Caught with Pants down
[VIEWED 13848 TIMES]
SAVE! for ease of future access.
Posted on 05-05-09 6:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This crooked prachanda got caught with his dirty plan. See this clip from our beloved primeminister Shree 10 Chor Fatha Daka Prachanda Rakshyas Dahal.

प्रचण्डपथ भनेको जनगणतन्त्रपथ नै हो(source-dautari.org)

मैले पटक पटक ब्लगमा लेख्दै आएको थिए माओबादी जती गुलियो भएर आए पनि उनीहरुको चाहाना भनेको कमिनियुजम नै हो। केही बर्ष पहिले एक माओबादी मित्रबाट उनीहरुको प्लान बारम्बार
बु्झ्न मौका मिलेको थियो। उनीहरु मिल्ने, अर्काको ठाउ ओगट्ने अनि फुट्ने यो माओबादीकको निती हो। घरी गिरीजा परम शत्रु घरी गिरीजा नेपालकै नायक, घरी भारत मुख्य शत्रू घरी भारत मुख्य नायक, घरी बुलेट घरी ब्यालेट यि सबै प्रचण्डपथ कै कला कौशल हुन। कमिन्युजम भनेर लागेका एमाले कार्यकर्ता तथा बिदेशी शुभचिन्तक एमाले प्रजातान्त्रीक भयोमा भनेर माओबादीको पूछार समातेका छन। त्यो माओबादीलाइ ठुलो फाइदा हुन गयो। युद्दकालट बाट खुला रुपमा आउदा आंट नभएका माओबादी शुबचिन्तक पनि आरामसंग माओबादीमा आबद्द हुन पाए। माओबादी सानो पार्टीबाट अहिलेको पार्टीमा आउनु र पटक पटक बार्ता गर्दै फुटाउनु सबै प्रचण्डपथ अन्तर्गत हो। अहिले खुला रुपमा आएर अरु पार्टीका कार्यकर्ता समेल्नु पनि उनीहरुकै निती हो। देशी तथा बिदेशी कार्यकर्ता अहिलेको सेनापती काण्ड जती जसरी हेरे पनि सत्ता कब्जा गर्ने माओबादी दाउ हो भने पार्टीहरुले समर्थन नगर्नु कारण पनि त्यही हो। सबैलाइ लाग्यो होला किन नेपालमा अहिले सरकारमा बसेर पनि माओबादीले गाइजात्रे ताल गरीरहेको छ? उनीहरुको निती हो सरकारबाट गाइजात्रा गर्दै प्रजातान्त्रीक
प्रक्रिय फेल गराउने,यता आफ्नो पकड झन बलियो बनाउने। सेना,अर्धसेना र कार्यकर्ताको बलले चारैतिरबाट थिचेर कमिन्युजम ल्याउने। तपाइहरु माओबादीलाइ सहयोग गरेर जती सजिलो अबतरण गराउने सोच्नुहोस, कुकुर आचीतीर दोडिए जस्तै माओबादीका आंखा कमिन्युजम तिर नै हुनेछन। ल हेर्नुहोस त तलाको नागरिक पत्रीकाले निकालेको भिडियो,एक देशका प्रधान मन्त्रीले कसरी छापामार
शैलीमा कुरा गरेका छन। के साच्चै उनीहरुले नया संबिधान बनाउन चुनाब गरेका रहेछन त? के माओबादी प्रजातन्त्रसंग आबद्द रहेछन त? नभन्नुहोस नि यो भिडियो नक्कली हो भनेर।






Last edited: 05-May-09 06:12 AM

 
Posted on 05-05-09 6:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माओवादीका लडाकू ७ देखि ८ हजार मात्र : दाहाल(source-nagariknews.com)


इमेज च्यानलबाट प्राप्त भिडियोसहित
काठमाडौं, वैशाख
२२ (नागरिक)- राष्ट्रसंघीय निकाय अनमिनले माओवादी शिविरमा रहेका लडाकु  मध्ये करिब २० हजारलाई सेना समायोजनका लागि प्रमाणित गरे पनि यो संख्या लडाकुको वास्तविक संख्या भन्दा तेब्बर बढी हो। यो खुलासा अरु कसैले  गरेका होइनन्। माओवादी अध्यक्ष एवमं 'जनमुक्ति सेना' तत्कालीन 'सुप्रिम कमान्डर' पुष्पकमल दाहालले १६ महिना अघि पार्टीको आन्तरिक प्रशिक्षणमा
खुलासा गरेका हुन्। "तपाई हामी कम्प्रोमाइज हुनुभन्दा अगाडि साँच्चै भन्यो भने त थोरै थियौं नि सात हजार आठ हजारको हारहारीमा पुगेका थियौं। हामीले ३५ हजार लगेर (शिविरमा) राखिदिएको २० हजारको हारहारीमा त आयो नि कम्तिमा। अरुलाई पो भन्न हुन्न त। यो हो नि साँचो कुरा त" अध्यक्ष दाहालले २०६४ पुस १८ गते चितवन शक्तिखोरस्थित लडाकु शिविरमा भनेका छन्। इमेज च्यानल मार्फत प्राप्त भिडियो भाषणमा अध्यक्ष दाहालले थपेका छन्, "हाम्रो लिडरसिपले वुद्धि पुर्‍याएर सात हजारलाई २१ हजार त बनायो रेगुलर आर्मी... फेरि हामी कहाँ घटेका छौं र बढेका पो छौं त। फेरि हामीले बाहिर वाइसीएल पनि त बनाएका छौं त्यो संरचना हामीले छोडेका छैनौं र त्यतातिर हजारौं थपिरहेका छौं।" दाहालले वाइसीएललाई पनि पुरानो लडाकु संरचनाकै अंग भएको स्वीकार गरेका छन्।
उनले आफ्नो वास्तविक लडाकुमात्र शिविरमा राखेको भए अनमिनले चार हजारको हारहारीका लडाकुमात्र समायोजनका लागि योग्य ठहर्‍याइदिने बताएका छन्। अध्यक्ष दाहालले संविधानसभाको चुनाव जितेमा अनमिनले गरेको प्रमाणिकरलाई  नमान्ने मसते बताएका छन्। "हामीले जितेपछि भेरिफिकेसनलाई आधार मान्दैनौं, अर्को नियम बनाइदिन्छौं," उनले थपेका छन्, "हामीले ितिसकेपछि त्यो जाबो किन मान्न पर्‍यो। यो चाँही सबै हाल्न पर्छ उताको घटाइदिन पनि मिल्छ नि। हामी माथि परेको बेला किन मान्न पर्‍यो।" उनले संविधानसभा निर्वाचन गराउन नदिने माओवादीको समते रणनीति भएको खुलासा गरेका छन्। "संविधानसभा कि  कांग्रेसले हुन दिँदैन, कि हामी हुन दिन्नौं, कि कांग्रेसले जित्‍ने अवस्था कि हामीले जित्‍ने अवस्थामा मात्र संविधानसभा चुनाव हुन्छ।" 

Last edited: 05-May-09 06:14 AM

 
Posted on 05-05-09 6:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छि छि  । सेनाले प्राप्त गरेको सिडी भनेको यही हुनुपर्छ । कटवालले चुपो लागेर बिष पिउदै कमसेकम अमैन्यासिक सम्मान दिदै आएकालाइ घ्यू नपचेको भनेको यही हो । जेहोस कटवालले केही जस पाउने भए या हिरो हुने भए । तर यसलाइ पनि धमलाको जसतै नक्कली भनेर बिश्वास गर्नेहरु को पनि ताँती लाग्ने छ । के गर्नु नेपालीहरुलाइ प्रमाणी कानुन राजको बोध कहिल्यै भएन  छैन। प्रचण्डको ज्यादा चकचक बोल्ने बानीलाइ महान भन्थे बिद्दवानहरु । खास गुदी त केही भेटिन , मलाइ लाग्थ्यो कुनै दिन त्यसले बिनाश ल्याउने छ त्यो प्रमाणीत हुदै छ ।
 
Posted on 05-05-09 8:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I wonder why this video is being released right now.
 
Posted on 05-05-09 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

to collect sympathy ...prachande is daaaka that's why i told all of you that he should face war crime charges for all those innocent nepalese killed duringt conflict ....baburam is also daaaka
 
Posted on 05-05-09 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

If this video was released when he was in power, he would have used all his force to kill image channel and effect would have been null. THIS IS THE RIGHT TIME IMAGE CHANNEL YOU NAILED IT, FOR THE FIRST TIME KATWAL I SALUTE YOU

 
Posted on 05-06-09 6:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालहुदी मान्छे अली फटाहा कुरा गरे कस्तो कुखुरा चोर जस्तो छ भन्ने गर्थे, मैले माथीको


भिडियो देखेपछी प्रचण्ड पनि ठुलो कुखुरो चोर जस्तो लाग्यो। यस्ता कुखुरा चोर नेता भए पछी देश माथी लाग्छ? कुखुरा,अण्डा जती चोरेर सबै आफ्नो भुंडीमा हाल्ने अनि देश चाही कुखूराको सुली जस्तै गनाउने बनाउने।


कुखुरा चोर प्रचण्ड - जिन्दाबाद


कुखुरा जती तिमि खाउ- भुत्ला जती हाम्लाइ देउ


 


 
Posted on 05-06-09 6:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Read this news.  video ko barema boleko re gaff bhane rastrapati lai gali gardai chha.
Maobadi guff mai aru lai aljhayaera ajhai pani pani mathi obhano bandai chhan.
प्रधानमन्त्री पुष्पकमल दाहालले भिडियो प्रकरणबारे पत्रकार सम्मेलनमा भने-







- हाम्रो सरकार बनेपछि नागरिक सर्वोच्चतालाई ठाडै चुनौती दिने काम भइरह्यो
- राष्ट्रपतिद्वारा द्वैध शासन स्थापित गर्ने काम भयो।
- तत्कालीन स्थितिमा संविधानसभाको चुनाव हुने हो कि होइन भन्ने चर्चा भइरहेका बेला मैले ती कुरा राखेकै हुँ
- संविधान निर्माण र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन हाम्रो पार्टी क्रियाशील छ
- मैले त्यहाँ केन्द्रीय रेगुलर आर्मीको मात्र संख्या बताएको हुँ
- राष्ट्रपतिले चालेको कदम एक प्रकारले 'कु' नै हो
-
कुनै पनि राजनीतिक पार्टीका कार्यकर्तालाई भौतिक कारबाही गर्ने पार्टीको
नीति छैन, यो रोक्न र भएको भए कारबाही गर्न सम्बन्धित इन्चार्जलाई
भनिसकेको छु
- हाम्रो पार्टीको नीति सदनबाहिर र भित्र शान्तिपूर्ण विरोध गर्ने मात्र हो, अरु कारबाही गर्ने छैन
- राष्ट्रपतिको गल्ती सच्चिनुपर्यो, सबै ठीक भएर जान्छ
- हामी भिडियो टेपबारे छानबिन गर्दैछौ‌

 
Posted on 05-06-09 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters