[Show all top banners]

rid
Replies to this thread:

More by rid
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

stopthewar
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 these nepali girls need our help
[VIEWED 12519 TIMES]
SAVE! for ease of future access.
Posted on 05-18-10 8:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-18-10 8:25 PM     [Snapshot: 6]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साउदी अरेबियामा संगठित क्षेत्रहरु जस्तै अस्पताल, सुपरमार्केट,
रेष्टुरेण्ट आदिमा मात्र नेपाल सरकारको वैदेशिक रोजगार विभागले महिलालाई
काम गर्न स्वीकृति दिने गरेको छ। तर गैरकानूनी प्रक्रिया अपनाएर भारतीय
विमानस्थलको प्रयोग गरी साउदी अरब लगायत खाडी मुलुकहरुमा घरेलु कामदारको
रुपमा आउने नेपाली महिलाहरुको संख्या दिनानुदिन बढ्दै छ। दूतावासका अनुसार
यसरी आएका घरेलु कामदारहरु मध्ये साउदी अरबको रियाधमा मात्रै १० हजार जतिको
संख्यामा नेपाली महिलाहरु कार्यरत रहेको अनुमान गरिएको छ। साउदी अरबमा
आएपछि ३ महिना देखि ३ वर्षसम्मको अवधि विताएर आफ्नो साहू/साहुनी (कफिल) बाट
विभिन्न किसिमका आर्थिक (खाना तथा तलव नदिने), शारिरीक (कुट्ने—पिट्ने
यातना दिने), मानसिक (डर, त्रास, धम्की दिई जवरजस्ती धर्म परिवर्तन गराउने)
एवं यौन शोषणमा परी कहि कतैबाट सहयोग नपाउने भए पछि आफ्नो ज्यान नै
जोखिममा पारी झ्यालबाट हाम्फाली हिडदै, दौडदै वा घाइते अवस्थामा ट्याक्सीमा
चढी उद्धारका लागि हरेक दिन २—३ जना नेपाली घरेलु कामदार महिलाहरु
दूतावासको शरणमा आउने गर्छन्।

दूतावासलाई पनि दुःखै छ। दयनीय अवस्था (मानसिक सन्तुलन गुमेका, चोटपटक
लागेका एवं बलात्कृत भएका) मा आइपुगेका महिलाहरुलाई तत्काल प्राथमिक उपचार
गर्न एवं अत्यावश्यकीय सेवाहरु प्रदान गर्नका लागि राजदूतावासका प्रशासनिक
कर्मचारीहरु अहोरात्र कार्य गर्न बाध्य छन्। उपरोक्त बमोजिमको सेवा प्रदान
गर्न एक महिला सेविकाको व्यवस्था गर्न दूतावासले पटक पटक अनुरोध गर्दा पनि
वैदेशिक रोजगार प्रबर्द्धन बोर्ड र श्रम मन्त्रालयले बिल्कुलै सुनुवाई
नगरिदिएको दुखेसो पोखेको छ दूतावासले आफ्नो विज्ञप्तिमा।


शरणमा आएका नेपाली महिलाहरुलाई राजदूतावासको आश्रय स्थलमा कम्तीमा २
हप्तासम्म तीन छाक खुवाएर राखेपछि मात्रै सामान्य अवस्थामा फर्कन्छन् र
घरफिर्ती केन्द्रमा पठाउन लायकका हुन्छन्। त्यस पश्चात शरणमा आएका
महिलाहरुले आफूसंग बढो मुस्किलले लुकाई ल्याएको आफ्नो तलव रकम हवाई टिकट
खरिद गर्नका लागि राजदूतावासमा बुझाएपछि वा साउदी अरबमा रहेका आफन्तहरुले
सोका लागि आर्थिक सहयोग उपलब्ध गराए पछि वा राजदूतावासले हवाई टिकट उपलब्ध
गराइदिने निश्चित गरिदिए पछि वहिर्गमन भिसाका लागि घरफिर्ती केन्द्रमा
पुर्‍याइन्छ। साउदी अरेबियामा प्रवेश गर्न इन्ट्री भिसामात्र हैन बाहिरिनका
लागि पनि एक्जिट भिसा लिन जरुरी छ।


स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकहरु, महिला अधिकार एवं
सुरक्षाका लागि नेपालमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय
संघसंस्थाहरु एवं सरकारी तथा गैर सरकारी निकायहरु समक्ष दूतावासले अनुरोध
गरेको छ- वैदेशिक रोजगारीका लागि विदेश जान चाहने हेरक नेपाली महिलाहरुलाई
सरकारले तोकिदिएको मुलुकहरुमा मात्र काम सम्बन्धी सामान्य तालिम प्राप्त
गरी सम्बन्धित देशको भाषाको अध्ययन गरी श्रम स्वीकृति लिएर कानूनसम्मत
तरिकाले मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ भन्ने चेतना एवं ज्ञान
हामीहरुले दिलाउन नसकेसम्म र विद्यमान गैरकानूनी तरिकाले नेपाली महिलाहरुको
वैदेशिक रोजगारीमा जाने प्रक्रियालाई सरकारले नियन्त्रण नगरेसम्म यस्ता
दुःखद परिणामहरुको सिलसिला कहिल्यै अन्त्य हुने छैन ।


 
Posted on 05-19-10 9:55 PM     [Snapshot: 988]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

the money sent by these hardworking women is what Prachanda baburam are living off in luxuries

 
Posted on 05-06-16 11:42 AM     [Snapshot: 3225]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Samchar padddai dimakha kharab 2 chhak khanalai kathai, desma khola chha dharam pani chhaina , khet bajo chha vakari ma anna chhaina , kasaiko sarap pakkai lageko ho
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters