[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 एस्तो मा माओवादी को आँखा किन जादैन
[VIEWED 18413 TIMES]
SAVE! for ease of future access.
Posted on 08-05-10 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कि दलित हरुले चन्दा दिन सक्दैनन भनेर वास्ता नगरेको?

लहान, श्रावण २० -
सिरहाको लहान नगरपालिका-१ स्थित मटिअर्वामा तीन पुस्तादेखि बस्दै आएको घर
कथित उपल्लो जातिकाले भत्काईदिएपछि ६ घर दलित डोम समुदाय बिचल्लीमा परेका
छन् ।


प्रहरी संरक्षणमा घरभित्र छिर्न नदिई बाहिरै छेक्दै घर तोडफोड गरी कुटपीट
गर्दै सरसामान, लत्ता कपडा, नगद, गरगहनाहरु समेत लगेपछि दलित डोम परिवार
बिचल्लीमा परेका हुन् । भवानीपुरका सागरलाल चौधरीको नेतृत्वमा आएको समुहले
कुटपीट गरी घर भत्कादिएको पीडितले बताए ।


पीडितका अनुसार यसअघि वर्षौंदेखि बस्दै आएको थातवास हटाउन चौधरी परिवारले पटक पटक धम्की दिदै आएको थियो ।


'दुइ भाइ छोराहरुलाई पनि कालले लग्यो, पति पनि  छैनन्, यी लालाबालालाई
कहाँ लगेर राख्नु' घर भत्काईदिएपछि विचल्लीमा परेकी डोम वस्तीकी ६० वर्षीया
विधवा किसनी मरिक डोमले दुखेसो गरिन 'प्रहरी समेत आएर घर भत्काएपछि
न्यायका लागि कहा जाने ?'


विपतमा परेपछि वस्तीमा पुग्ने जो कोहीलाई पनि उनी आफ्ना नाति नातिनीहरुलाई
राखेर खुला आकाशमुनि किसनी 'त्यत्रो वर्ष बित्दासम्म कसैले केही भनेन,
अहिले जग्गाको मूल्य अकासिएपछि हामी निमुखामाथि घर भत्काएर अन्याय गर्‍यो
भनिरहेकी थिईन ।


लहानलाई दक्षिणका करिब आधा दर्जन गा.वि.स.हरुसँग जोड्ने सडकसँगै रहेको
साढे चार कठ्ठा ऐलानी जग्गामा बस्दै आएका ७ घर मध्ये एक घर परिवारलाई पहिला
नै घर भत्काएर यसरी नै विस्थापित गराइएको किसनीले बताइन् । बाँकी रहेका ६
घरकालाई पनि 'यो जग्गा नम्बरी हो, अर्के ठाउँमा जाओ' भन्ने गरेको उनको
दुःखेसो छ । उनका अनुसार राणाकालिन समयमै आफ्नो जिजु ससुराको पालामा लहानको
चन्द्रनारायण चौधरीका पुर्खाले त्यो जग्गा किसनीकी जिजु ससुरालाई दानबकस
दिएका थिए ।


किसनीका अनुसार अहिले उनलाई त्यो जग्गा चौधरी खलकका भान्जा भनिने
भवानीपुरका सागर चौधरीले आफूले पाएको भन्दै घर हटाउन पहिला देखिनै दवाव
दिइरहेको थियो ।   


वस्तीमा अहिले किसनीका नातीहरु संजय मरिक, शत्रुधन मरिक, अजय मरिक, विजय मरिक, नातिनी मिना मरिकसहित २० जनाको संख्या रहेको छ ।


कुटपिटबाट वस्तीका खटर मरिक, भुटन मरिक, संजय मरिक, मिना मरिक घाइते भएका
छन् । सयौं स्थानीय दलितहरुले घर भत्काइएकाहरुलाई पुनर्स्थापनाको विकल्प
नदिएसम्म सडकमै बास बस्ने भन्दै नाराबाजी गरेका थिए । यता वडा प्रहरी
कार्यालय लहानले घटनास्थलमा खटिएका प्रहरीहरुले कुनै लुटपाट र दुर्व्यवहार
नगरेको बरु अदालतको आदेश अनुसार जग्गा धनीको जग्गाबाट बस्ती खाली गराउन
सहयोग गरेको जनायो । दूवै पक्षलाई बोलाएर छलफल भइरहेको प्रहरीले जनाएको छ ।


लहान नगरलाई दक्षिणवर्ती करिब आधा दर्जनभन्दा बढी गा.वि.स.लाई जोड्ने
उत्तर दक्षिण सडकसँगै जोडिएको उक्त जग्गा अहिले लाखौं रुपैयाँ कट्ठाको दरले
बिक्री हुने भएपछि स्थानीय प्रहरी प्रशासनले भू-माफियाहरुको प्रभावमा परेर
सुकुम्वासीहरुको विचल्ली बनाएको आरोप पीडितको छ । यसैबिच सिरहास्थित एक
दर्जन अधिकारवादी संघ संस्थाहरुले बिहीबार विज्ञप्ती जारी गरि
सुकुम्वासीलाई बेघर बनाउन सघाउने स्थानीय प्रहरीको भूमिकाप्रति खेद व्यक्त
गर्दै पीडितहरुलाई क्षतिपूर्तिको माग गरेका छन् । 
source:http://www.ekantipur.com/np/2067/4/20/full-news/315754/

 
Posted on 08-05-10 5:11 PM     [Snapshot: 38]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Just one question? are they human still?.


 
Posted on 08-05-10 5:40 PM     [Snapshot: 79]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

May be the Maoists themselves  are involved, why they care it. They have a gang to find out loop holes and make the government officer corrupt and make money. My family has been victimized by Maoist.  The are not working for human services but for money and the power. 
 
Posted on 08-05-10 7:03 PM     [Snapshot: 149]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

माओबादी भन्या आफैं समस्या हो साथि , समस्याको समाधान होइन ।
 
Posted on 08-05-10 8:53 PM     [Snapshot: 213]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yesto kura ma maobadi ko Aakha janthiyo, jaba samma timiharu POWER ma aayeko thiyenan.


Aba ta Maobadi haruko Aakha tyesto kura ma jadaina.


 
Posted on 08-05-10 9:32 PM     [Snapshot: 261]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Rational: That was the sweet and solid answer. 
 
Posted on 08-06-10 11:25 AM     [Snapshot: 496]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks to all for comments. Main reason of this thread was to point out weakness of our system and weakness within us.Political parties are there not to rule us but to uplift the life of millions of Nepalese and guarantee the rule of law.We need to push them

 
Posted on 08-06-10 1:26 PM     [Snapshot: 567]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ मित्र पनि!!! माओवादीको आँखा यस्तोमा जान छोडेर कहाँ नचाहिने कुरो मा जान्छ हो???


 
Posted on 08-06-10 1:31 PM     [Snapshot: 574]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maoist r non human.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters