[Show all top banners]

Sajha Info
Replies to this thread:

More by Sajha Info
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

samaeBajii
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 *Sajha Consolidated Nepali News Wednesday, December 15, 2010
[VIEWED 8896 TIMES]
SAVE! for ease of future access.
Posted on 12-15-10 7:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-15-10 7:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो पो र'छ सुजाताको ज्वाइँको अवैध धन्दा



प्रहरीलाई राम्रोसँग थाहा छ, एउटा मान्छेले करोडौँ रकम अवैध तवरले विदेश लगिरहेको छ। त्यसलाई पक्राउ गर्दा र कानुनी कारबाही गर्दा देश जनताको भलो हुन्छ। तर सँगै प्रहरीसँग आफ्नो समस्या पनि छ, अपराधको लहरो तान्दा त्यसबाट गर्जने पहरोको।

पूर्व युवराज पारसको हवाई फायरकान्डका सूत्रधार, अर्थात् उनीसँग चितवनको सौराहामा भनाभन गर्ने सुजाताका ज्वाइँ रुबेल चौधरी अहिले प्रहरीका लागि मात्र हैन देशको सञ्चार उद्योगका लागि पनि एक जना घाँडो व्यक्ति रहेछन। यसको प्रमाण खोज्न कि त तीन महिनापहिले ललितपुरको खुमलटारबाट पक्राउ परेका तीन बंगलादेशी नागरिक जो हाल केन्द्रीय कारागरमा बन्दी छन्, उनको बयान हेर्नुपर्छ कि पर्वत खानीगाउँ ३ घर भई काठमाडौँमा पढ्न बसेका विष्णुप्रसाद तिवारीको पीडा बुझ्न सक्नुपर्छ। काठमाडौँ प्रहरीका इन्सपेक्टर कुमुद ढुंगेलको सादा पोशाकवाला टोलीले तीन महिना पहिले खुमलटारबाट दूरसञ्चार प्रविधिको दुरुपयोग गरी अर्बौँ रकम नोक्सानी गर्ने गिरोहका व्यक्तिलाई पाँच करोड बराबरको कल बाइपास उपकरणसहित पक्राउ गरेको थियो।

ती बंगलादेशी नागरिकले पक्राउ लगत्तै आफूहरु रुबेलबाबुको मान्छे भनी चिनाएका छन्। तर रुबेलबाबुको नाम न उनीहरुको कुनै बयानमा कसैले लेख्‍ने हिम्मत गरेको छ, न कुनै मिसिल मै। कल बाइपास अर्थात् भीओआइपी जसलाई अंग्रेजीमा भ्वाइस ओभर इन्टरनेट प्रोटोकल भनिन्छ,  यो सञ्जालको अन्तर्कथा भने बेग्लै छ।

नेपाल प्रहरीको नक्सालस्थित हेडक्वार्टरभित्र अपराध अनुसन्धान ब्युरो सीआईबी नामको टोली यस्ता अपराधको अनुसन्धानमा निकै पोख्त मानिएको छ। प्रविधिको दुरुपयोग गरी हुने अपराधबारे अनुसन्धानको जिम्मेवारी पाएका छन् इन्सपेक्टर गौतम केसीले।

यो टोलीले भीओआइपीसम्बनधी अपराधबारे गहिरिएर अनुसन्धान गर्‍यो। तर निश्कर्ष यस्तो निस्कियो कि हाकिमहरु तैँ चुप मै चुपको अवस्थामा पुगे। भीओआइपी रहेको स्थानबारे बुझ्नका लागि नेपाल टेलिकमसँग एउटा बेग्लै प्रविधि छ। तर पहुँचवाला नै यस्तोमा लाग्नाले टेलिकम त्यस्तो प्रविधिमार्फत् अपराध अनुसन्धानमा लागेको छैन वा त्यो कामका लागि प्रहरीलाई टेलिकमले सहयोग गरेको छैन। यसपछि प्रहरीको सीआइबी टोलीले इन्टरनेटबाटै बुझ्न सकिने उपाय निकाल्यो। तीन महिना पहिलेसम्म मन्डिखाटारमा भीओआइपी सञ्चालनमा रहेको बकाइदा देखिएको थियो। मन्डिखाटारमा रुबेल बाबुकी सासु सुजाता कै घर वा आसपासमा त्यस्तो देखिएको प्रहरी स्रोतले जनाएको छ।

तर, खुमलटारमा छापा हानेसँगै त्यहाँको भीओआइपी पनि गायब छ। केही साता पहिलेसम्म त्यही प्रविधिबाट जाँच्दा उपराष्ट्रपति परमानन्द झाको घर आसपास भीओआइपी प्रयोग भएको प्रहरी स्रोत बताउँछ। घटनाक्रमले पनि रुबेल चौधरीको संलग्नलाई अस्वीकार गर्दैन। तर शक्ति हुनेले सकुन्जेल लुट्न पाइने देश न हो यो, कसैको केही लाग्दैन। अहिले यो पिरलोमा परेका छन् हनुमानढोकास्थित अपराध महाशाखाका प्रहरी।

पर्वतको खानीगाउँ ३ घर भई काठमाडौँमा अध्ययनरत विष्णुप्रसाद तिवारीले आफूलाई सँधैजसो ज्यान मार्ने धम्की आइरहेको उजुरी दिएका छन्।

दोषी फलानो हो भन्ने आधारमा प्रहरीसँग छ, तर अहिले मण्डिखाटार निर्मल निवासभन्दा शक्तिशाली र डरलाग्दो छ प्रहरीका निम्ति।


http://www.mysansar.com/archives/2010/12/id/15621


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Tps decision coming or not nov 18
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Funny when Nepalis talk about Epstein and injustice
NOV 18th TPS DAY
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
Work Permit
H1B
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters