[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दीपक विष्ट र आयषा शाक्य जस्तो 'डि्रम' जोडी पाउने छैन ।
[VIEWED 12638 TIMES]
SAVE! for ease of future access.
Posted on 03-07-11 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



दीपक र आयषा वैवाहिक बन्धनमा

हिमेशरत्न वज्राचार्य 
 

काठमाडौं, फाल्गुन २३ - नेपाली खेलकुदले दीपक विष्ट र आयषा शाक्य जस्तो 'डि्रम' जोडी पाउने छैन ।  दुवै तेक्वान्दो खेलाडी हुन् । दीपक नेपाली खेलकुदकै सर्वाधिक सफल खेलाडी हुन् । आयषा पनि सफल महिला खेलाडीतर्फ अग्रणी प्रतिनिधि पात्र हुन् । यिनै दुई खेलाडी आइतबार वैवाहिक बन्धनमा बाँधिएका छन् ।

धेरैका लागि यो स्तब्धपूर्ण समाचार हुनेछ, केहीका लागि भने अपेक्षित । तर यसले नेपाली खेलकुदमा असाध्यै 'ग्ल्यामर' थप्ने काम भने गरेको छ, यस्तो स्वप्न जोडी चिताउन मात्र सकिन्छ । दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितिसकेकी आयषाको अबको लक्ष्य ओलम्पिक छनोट हो ।

अब उनले नजिकबाट दीपकका सहयोगी हात पाउनेछिन् । 'अन्ततः हाम्रो माया सफल भएको छ, त्यसैले खुसी छौं,' दुवैले एकै स्वरमा भने, 'नेपाली खेलकुदमा हामी आदर्श जोडीका रूपमा स्थापित हुन चाहन्छौं । हामी दुवैको खेल यात्रा विवाहपछि टुंगिने छैन, बरु अझ झाँगिनेछ ।'

लामो समयदेखि दीपकको विवाहलाई लिएर विभिन्न अड्कल काटिएका थिए किनभने उनी 'मोस्ट एलिजेबल ब्याचलर' थिए । तर उनकी पाँच वर्षभन्दा बढी पुरानी प्रेमिका आयषा हुन् भन्ने नजिकका केही साथीले मात्र थाहा पाए । 'एक-अर्काको सम्मानमा हामीले यो सम्बन्ध गोप्य राख्यौं,' दुवैको भनाइ थियो ।

उनीहरूको सुमधुर प्रेम सम्बन्धले वैवाहिक बन्धनसम्म पुग्न बाधा अड्चन बेहोर्न बाध्य भने रह्यो । 'आयषालाई लिएर मेरो घरमा पनि सुरुमा समस्या नभएको होइन, तर मैले त्यसलाई सुल्झाएँ । परिवारका सबै सदस्य खुसी छन्,' दीपकले भने । आयषाले भने आपmनो परिवारलाई सम्झाउन सकेकी छैनन् ।

'मैले दीपकसँगको सम्बन्धलाई लिएर घरमा बताएकी थिएँ, तर बुबा-आमा मान्नुभएन । त्यसैले परिवारको अनुपस्थितिमै विवाह गरेकी हुँ,' आयषाले भनिन्, 'म उहाँहरूकै प्यारी छोरी हुँ, उहाँहरूलाई धेरै माया र सम्मान गर्छुं । उहाँहरूलाई चोट पुगेकामा क्षमा माग्छु ।'

उनी दीपकसँगै आपmनो माइतीघरमा र्फकने पखाईमा छिन् । 'उहाँहरूले हामी दुईलाई चाँडै घरमा बोलाउने विश्वास छ,' उनले थपिन्, 'मेरो खेलजीवन यहाँसम्म पुग्नुमा बुबा-आमा र परिवारकै देन हो ।' फरक संस्कृति र परिवेशमा हुर्के पनि त्यसैका आधारमा एक-अर्कालाई सम्मान गर्ने उनीहरूले बताए ।

'आयषालाई जीवनमा दिन सक्ने सबै खुसी दिनेछु । हाम्रो परिवारमा उनको उपस्थिति छोरी जस्तै हुनेछ,' दीपकले भने, 'हामी दुवैलाई आयषाको परिवारले चाँडै स्वीकार्ने विश्वास छ । हामी आदर्श जोडी हुन चाहन्छौं, कसैलाई हामीप्रति गुनासो हुने छैन ।'

http://www.ekantipur.com/np/2067/11/23/full-story/326063.html



 
Posted on 03-07-11 12:04 PM     [Snapshot: 21]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

My kid is never messing with their soon-to-be kid.
 
Posted on 03-07-11 12:21 PM     [Snapshot: 78]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I think I now understood what "Deeram" jodi means.
 
Posted on 03-07-11 1:00 PM     [Snapshot: 156]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Since Dipak is a national legend, it is stupid of Ayasha's parents to oppose this marriage. Paisa matrai sabai thok haina..
 
Posted on 03-07-11 3:30 PM     [Snapshot: 368]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Where is Chana_tarkari ??
 
Posted on 03-07-11 5:23 PM     [Snapshot: 486]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Congratulations to both of them :)
 
Posted on 03-07-11 5:50 PM     [Snapshot: 529]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Now this is what is called a Kickass jodi.
Congratulations !

 
Posted on 03-07-11 6:54 PM     [Snapshot: 614]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो दीपक बिष्ट अति नै मुख छाड्छ है . हाम्रो सकूल मा २ / ४ महिना काम गरेको थियो . अलि पनि सोमत नभाको मान्छे बिद्धयार्थी लाइ सारै नराम्रो संग कुट थियो  
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters