[Show all top banners]

Padante Khate muraj
Replies to this thread:

More by Padante Khate muraj
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 जम्माजम्मी कारण यति मात्र हो।
[VIEWED 9343 TIMES]
SAVE! for ease of future access.
Posted on 06-15-11 6:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बर्बाद! बंगलादेशमा देशको नाम राख्‍ने केटाहरुलाई नेपाल पो फर्काउने रे


शुक्रबार बंगलादेशको साइन्स एन्ड टेक्नोलोजी युनिभर्सिटीमा ग्याङफाइट गरेर देशको नाम राख्‍ने केटाहरुको बारेमा समाचारहरु त सुन्नुभएकै होला। दुःखको कुरा, ती उपद्र्याहा केटाहरुलाई त नेपाल फर्काउन पो दबाब बढ्दै रहेछ। घटनामा घाइते भएका विद्यार्थीहरुका अभिभावकहरुले ती आक्रमणकारी केटाहरुलाई युनिभर्सिटीबाट रेस्टिकेट गरी नेपाल फर्काउन परराष्ट्र मन्त्रालयमा दबाब दिँदैछन्।

लौ बर्बाद हुने भएन त अब! त्यसै त मुन्द्रेसुन्द्रे, वाइसीएल, युथ फोर्स, तरुण दलका गुन्डाहरुबाट आतंकित छ नेपाल। अब विदेशमा समेत नडराई पुरुषार्थ देखाउनेहरु स्वदेशमा आउने भएसि कतिको ढाड चिलाउने होला, कतिको नाक भाँच्चिने होला, कतिको हातखुट्टा सोझिने होला !


शुक्रबार राति भएको नेपालीमाथि नेपालीको आक्रमणमा कूल १५ जना विद्यार्थी घाइते भएका थिए। ती घाइते विद्यार्थीका अभिभावकहरुले हिजो परराष्ट्र सचिव मदन भट्टराईलाई भेटी उपद्र्याहा केटाहरुलाई नेपाल फर्काएर आफ्ना छोराछोरीको सुरक्षा गर्न दबाब दिएका थिए।

कलेजले उनीहरुलाई रेस्टिकेट गरे नि उनीहरु बंगलादेश मै रहेसम्म आफ्ना छोराछोरीको ज्यानमा खतरा हुने उनीहरुले तर्क गरेका थिए। हाम्रा सन्तान पढ्न गएका, त्यहाँ ज्यानमाराहरुको डरले लुकेर बस्नुपर्‍यो भने के पढ्छन् उनीहरुले भनी अभिभावकहरुले प्रश्न राखेका थिए।

ती अभिभावकहरुले आक्रमणमा संलग्न भनी आफ्ना छोराछोरीहरुले दिएको नाम परराष्ट्र सचिवलाई बुझाएका छन्। उनीहरुले दिएको सूचिमा अस्ति शुक्रबार आक्रमण गर्नेहरु भनी यी विद्यार्थीहरुको नाम रहेको छ-

  • राजेन्द्र ढुंगाना
  • शम्भु सेन तुम्बाफो
  • रत्‍न शाही
  • दिनेशराज दहित
  • राजु शेरचन
  • सुसाबिन राई
  • दुर्गा गुरुङ
  • घनश्याम राई

के उनीहरुलाई नेपाल फर्काइन्छ त ? परराष्ट्र सचिव मदन भट्टराईका अनुसार बंगलादेशस्थित नेपाली दूतावासलाई घटनाबारे बुझ्न र आवश्यक कारबाही गर्न निर्देशन दिइसकिएको छ। दूतावासका अधिकारीहरुले घटनास्थलमा नै गई अनुसन्धान गर्ने र त्यसको प्रतिवेदन परराष्ट्र मन्त्रालयमा पठाउनेछ। त्यही प्रतिवेदनका आधारमा यहाँबाट थप कारबाही अघि बढाउनेछ।

शुक्रबार भएको आक्रमणमा संलग्न कोही पनि अझै पक्राउ परेका छैनन्। बंगलादेशको चित्तगावंस्थित युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी। विज्ञान र प्रविधिमा उच्च शिक्षा हासिल गर्न गएका केटाहरुमध्ये हतियारधारी नेपाली विद्यार्थीहरुको एक समूहले आक्रमण गर्दा सिकिस्त घाइते भएका तीन मध्ये दुई जना डिस्चार्ज भइसकेका छन्। पेटमा छुरा हानेर कोठा भित्र थुनिएका दीपक गिरी अनि टाउकोमा गम्भीर चोट परेका जगलाल जैसवाल डिस्चार्ज भएका हन्। तीन तलामाथिबाट फ्याँकिएका सैलुजानन्द भुरेलको भने अझै अस्पतालमा उपचार भइरहेको छ।

यत्रो कान्ड मच्चिनुको पछाडि कारण भने सामान्य थियो। कलेज एसाइन्मेन्ट बुझाउने क्रममा राजु शेरचन नामका एक विद्यार्थीले लाइन मिचेर अगाडि पुगेका रहेछन्। त्यस क्रममा ओमप्रकाश पण्डितसँग भनाभन भएछ। जम्माजम्मी कारण यति मात्र हो।

अब ती केटाहरुलाई नेपाल फर्काइएको विरोधमा विमानस्थलदेखि नै उपद्रो सुरु गर्लान् भन्ने पो डर भो त हौ हामीलाई त।
 
Posted on 06-15-11 7:54 AM     [Snapshot: 42]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mula harulai kalo moso dalera bangladesh nikala garnu parne . Gadhe haru lai bau aama ko paisa badi bhako .

 
Posted on 06-15-11 7:09 PM     [Snapshot: 430]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kutnu nai thiyo ta rubel chaudhari lai gara goru chutya jhai chutnu parchha ni.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
H1B
When will Nepali women be equal?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
Sukulgunda 2.0 / www.sukulgunda.com
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters