[Show all top banners]

pagalpremi
Replies to this thread:

More by pagalpremi
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मैले देखेको बाबुराम को कार्एक्रम
[VIEWED 12252 TIMES]
SAVE! for ease of future access.
Posted on 09-24-11 9:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हल्लाई हल्ला को भर मा चल्छ हाम्रो देस भनेर मैले कैले हो एउत पत्रीका मा पढेको थिए, हिजो बाबुराम को कार्एक्रम मा के भयो यहाँ प्रतक्ष दर्सी त कोइ छैन खाली यो यहाँ एस्तो लेखेको छ भन्दै बस सब जना ।
पत्रीका कैले पनि निप्क्ष्य हुन्न भन्ने उत्क्ती त सब लाई थाहा नै होला , माओवादी समर्थक पत्रीका ले हिजो को कर्एक्रम मा ४ जन ले झन्डा देखाए भन्ला अनी कांग्रेस , एमाले समर्थक ले न्यू योर्क बसी नेपाली समाज भनेर सब लाई एस्मा मिसाउला । तर तथ्य त तेही हो जुन त्यहाँ बस्ने ले आफ्नै आँखा ले देखेको थिए। म हिजो त्यहाँ सहभागी थिए अनी मैले के देखे म बिस्तार् मा भन्छु । म जे देखे तेइ भन्छु मलाई थप्नु ने छैन भको कुरा मा घटाऊनु नि छैन ।
कार्एक्रम न्यू योर्क को समय अनुसार ७ बजे सुरु हुने भने पनि प्रधान मन्त्री को धिलाई को कारण ले ७४५ तिर मात्र सुरु भको थो । सदै जाम हुने न्यू योर्क मा बाट हरु मा टाईम मा पुग्छु भनेर हिंड्नु कल्पना मात्रा हुन जान्छ भन्ने मलाई लाग्छ । झन Queens बाट Manhattan र Manhattan बाट Queens छिर्दा त युद्ध लडे जस्तो हुन्छ । तेस कारण मा प्रधान मन्त्री को ढिलाई मा नेपाली पारा भन्दा पनि Queens को जाम लाई नै दोस दिन्छु । आउने बित्तिकै मिसन नेपाल का कुन्नी को महानु भाब ले प्रधान मन्त्री लाई नै बोल्न आग्रह गरे।
मिसन नेपाल ले आफ्नो ईमेल मा प्रधान मन्त्री सँग बोलेर प्रश्न सोध्न नपाईने तर लेखेर सोध्न पर्ने भने पनि त्यहाँ ब्यापक बिरोध पछी प्रश्न सोध्न दिने निर्णय भएछ । एउती राम्री केटी को को प्रधान मन्त्री लाई प्रश्न सोध्ने भन्दै टेबल टेबल मा गएर नाम तिप्दै थिन । पछी १६-१७ जन को नाम आएछ भन्ने थाहा भयो । हरेक मान्छे लाई ३ मिनेट को समय दिएको रहेछ बोल्न।
सुरु मै प्रधान मन्त्री ले ढिला हुन को लागि माफि मागे अनी एस्तो जाम हुन्छ भन्ने थाहा भको भए म चाडै निस्कन थे पनि भने । तेस्को लग्भग २ मिनेट पछी नै केही ब्यक्ती कालो झन्डा बोकेर "कालो झन्डा देखाउन पर्छ" भन्न थाले , न नारा थियो न केइ माग नै केबल झन्डा मात्रा देखाये अनी प्रधान मन्त्री ले तपाईं ले देखाउनु भयो मैले हेरे , प्रजातान्त्रिक मुलुक मा सब ले आफ्नो आफ्नो तरिका बाट बिचार राख्न पाउन पर्छ भन्ने कुरा भन्दा त्यहाँ धेरै ले हाँस्दै ताली बजाये । अनी त्यहाँ सहभागी अरु मान्छे ले ति झन्डा देखाउने हरु लाई कराएर साम्य पारे , पत्रीका मा भने जस्तो request गरेर हैन , सब ले कराएर । त्यो बिरोध लग्भग एक मिनट पनि टिकेन , मैले हतर मा फोटो खिच्न खोज्दा फोटो पनि हल्लिएर राम्रो आएन । तेस पछी प्रधान मन्त्री को भाषान सुरु , अब उन्ले के के भने भनेर म अैले यहाँ माओवादी को चम्चा भनेर कहलाउन चाहन्न ।
तेस पछी मिसन नेपाल का मान्छे ले अरु लाई बोल्न समय दिने भने । तर त्यहाँ चै पक्का नेपाली पन झल्कियो । ३ मिनट भनेको मा अगिल्ला ३-४ जन बक्ता ले १०-१२ मिनेट सम्म समय लगाये । तेस पछी फेरी बिरोध भयो । अनी फेरी पछाडि बाट कराउन थाले। एउत कुन्नी कहाँ का शेर्पा दाजु ले त १५ मिन भन्दा बढी समय लगाए , उन्को बिरुद्ध पछाडि बाट हुत्तिङ सुरु मात्रा के भको थो उन्का साथी हरु ले "ओइ को हो त्यो कराउने " भन्दै औंला उथाउन थाले । एम्ममा हैन अमेरिका बसेको भन्चन ,सुट लगाका छन , आफु ले आफु लाई मै हुँ भन्चन अनी बेहोरा चै किन तीन पैसे ?? प्रधान मन्त्री भएको प्रोग्राम मा नेपाली को ताल देखेर बेकर मा गएछु भन्ने मलाई भान पर्‍यो । ३ मिनट भनेको ३ मिनट हो भन्ने कस्तो समय को खयाल नभएको ? एक अलीक भलाद्मी जस्ता देखिने अगाडि बसेका मान्छे ले anchor सँग माइक लिएर "हेर्नुस् ३ मिनट भन्दा बढी समय नलिनुस् , प्रधान मन्त्री को मात्र हैन हामी सब लाई हतार छ" नि भने ।
ए बाबा प्रधान मन्त्री लाई प्रश्न सोध्न गको रे, प्रधान मन्त्री भको म बधाई , सब को नाम लिएर स्वागत छ , हम्ले धेरै आस गरेको छौ जस्ता एक दम सामान्य कुरामै सब अल्झिए । तेस्ले गर्द बोल्ने समय नि बद्यो अनी सब जना तात्न थाले । पछी कसैले कुरो के निकालो भने , हामी ले बोली आएको सदै सुनेकै हो बरु प्रधान मन्त्री लाई नै धेरै बोल्न दिने कि भनेर भन्ने कुर निकल्दा पछाडि लिस्ट मा नाम भएका हरु ले अरु ले बोल्न पाउने हम्ले किन नपाउने भनेर उफ्रिये , तेस्मा एउटा कुनै सस्था का साथी हरु चै उठेर त त म म मै लाग्नु भो, त्यो धेखेर आँफै सँग लाज लाग्यो । किन आएछु भनेर । औंला थदाउदै प्र म को अगाडि त्यसरी कुरा गर्नु खै मलाई चै पतक्कै मन परेन , त्यो असभ्यताको पर कास्ठा नाग्छ भन्ने मलाई लाग्छ । चाहे मेरो गाउ को घर खर्लाप्प खाने मेरो ठुलो बुवा लाई नि औपचारिकता मा शिर झुकाएर धोद्ग्न मलाई मेरो सस्क्रिती र समाज ले सिकाये झै मलाई लाग्छ ।
सब ले प्रधान मन्त्री को कुरा सुन्ने भने पछी पैले सब जन प्रश्न सोध्नुस् अनी म जवाफ दिन्छु भन्न लगये । तेस पछी आउने वक्ता ले चै समय को खयाल राखे । एउती भर्खर १८ लागेकी जस्ती केटी ले आधा ईंग्लिश आधा नेपाली मा प्रधान मन्त्री लाई बधाई दिदा हसो को फोहोरा नै छुतेको थो । एउता हाम्रा लामा दाजु ले चै दुइता मात्रा खाता लगेर , प्र म र नारायण काजी लाई मात्रा लगाइदिदा , तल छेउ मा बसेक महिला हरु हिसिला लाई किन नलाइदेको भन्दै थे।
सब को कुर सुन्दै प्र म , कापी मा टोपोट गर्दै थे , हिसिला चै हाइ माथि हाइ गर्दै थिन । पछी प्रम ले भाषान दिएर लग्भग सब प्रश्न को उत्तर दिये । प्रम सँगइ ३ जना बिदेसी बडी गार्द पनि थिए , हिसिला मन्च बाट उठेर , कतै (शायद सोउचालय) गएर आउँदा मन्च को अगाडि बाट जान लाग्द एउत ले हात तानेर पछाडि को बाटो बाट पठाएको द्रिस्य हेर्न लाएक थो ।
सिदा रुप मा भन्न पर्दा त्यहाँ पत्रीका मा आएको जस्तो केइ बिरोध भएको थिएन । ३-४ जन ले झन्डा देखाये तेत्ती हो । अनी त्यो जन जाती सँग ले पनि प्र म को बिरोध गरेको हैन प्र म को लागि आँफै कार्एक्रम गर्न खोज्दा मिसन नेपाल ले नदिएर मिसन नेपाल को बिरोध भएको हो ।
मैले यहाँ भनेका कुर हरु जस्तो देखे तेस्ताइ भने , म सँग केही फोटा हरु नि छन मौका मिले धेखाउल । कार्एक्रम पछी प्र म एक छिन पनि त्यहाँ नबसी निस्के ।
आज बिहान को बिरोध कार्एक्रम चै के भो मलाई थाहा छैन, म गइेन । हिजो राती ढाका क्लब को पार्टी ले बिहान उथ्न सकिएन , तर बिरोध गर्न जाने हरु लाई हिजो तेइ कार्एक्रम मा भेत्दा मैले तपाईं हरु को त्यो कार्ये को चै म घोर बिरोध गर्छु भनेको थे ।
म साझा मा फर्केर आउन्न भनेर बसेको थे , तर यता को समाचार उता को समाचार भन्ने सुनेर म एक प्रतक्ष दर्सी भएको ले आएको मात्र हुँ ।
साझा मा इती श्री ।

 
Posted on 09-24-11 11:00 PM     [Snapshot: 74]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब वैयेत लग्यो मलाई त तपाई को बयान!! सायद मित्र तो प्रोग्राम मा संलग्न नै थिएन वा निदावूनो भयो क्यार!! म बुडी कन्या संग बेस्त भए पनि मंच मा आधा ध्यान थियो क्यार!!  बास्तबमा "शेर्पा" बक्ता एक जना मात्र हुनुहुन्थ्यो! वोहाले खादा लगाएर २ मिनेट मात्र वा कम समयमा "लोद्शेदिंग" को बारे सवाल गर्नु भएको थियो.१५ मिनट होइन ७ मिनट गफ  फाक्नु हुने साथी मुस्तांग बाट हुनुहुन्थ्यो क्यारे ! प्रोग्राम ढिलो भएता पनि सुरुका मित्र सोमेथिंग सोमेथिंग राई र सिटौला जी ले 11 मिनेट समए खानु भयो भने बिचमा जन्गेर बोल्ने एउटा मोटे (सूट मा ) लामिछाने ओर सोमेथिंग मित्र ले काफी समय पचाए को देखिन्थ्यो!  समय लाई ओर्गनैज़े गर्न नसक्नु मिसन को गल्ति प्रस्ट देखिन्थ्यो! बास्तबमा काम छोडी छोडी बाबुराम जी को कुरा सुन्न आको ठाउमा कैयो बक्ता हरुले लोकल कुरा र वोही अर्का पूर्व बक्ता ले सुनाएको वाक्क लाग्दो कुरा दोहोराई सुनाएर सम्पूर्ण कार्येक्रम लाई गेडा जस्तो बनाई १५,१६ मिनट पचाएको  को प्रस्ट देखिन्त्यो!! अति भए पछी धेरै जना ले ३ मिनट मा सक्नु पर्ने भन्दै बक्ता हरुलाई " गाली खाने कि ताली " भनि भनेको पनि  सुनिन्थ्यो! तेस्पछी प्राय बक्ता ले ३ मिनट भित्र मंताब्ये राखी ताली खाएको  देखिन्थ्यो!!

"पागलप्रेमी " मित्र ले  कुनै पनि प्रोग्राम मा गए पछी सम्पूर्ण धय्न केन्द्रित गरि द्देटैल लेख्दा  बक्ता को हो, के भनिराथ्यो  र टोपीक के थ्यो भन्ने कुरामा गिह्र-कार्य गर्नु पर्ने हाम्लाई लाग्या हम!!)))


 
Posted on 09-24-11 11:31 PM     [Snapshot: 170]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Since  your party won’t allow it, why don’t you admit Pagalpremi ji that, as Dev Gurung has clearly stated, Baburam is Nepal’s Lendup Dorjee: rides a Mustang for Golchas, but keeps a Scorpio, stolen from somonelse, for himself and Hisimaru at home. On these Contradictions/perfections, that traitor/terrorist is what he is/stands for. By the way why don’t you just admit that you disagree because you have been to told to do so by the wrong faction of the scumbag Maoist party.


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters