[Show all top banners]
Back to: Kurakani General Refresh page to view new replies
 Nagarkot
[VIEWED 6352 TIMES]
SAVE! for ease of future access.
Posted on 12-15-05 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नगरकोट हत्याकाण्ड रहस्यमय रहेको दावी

काठमाडौं १५ डिसेम्बर । भक्तपुरस्थित नगरकोटको कालिदेवी मन्दिरमा आयोजित जात्रामा सहभागि स्थानीयबासीमाथि सैनिकका एक जवानले अन्धाधुन्ध गोली प्रहार गर्दा पन्ध्र र्सवसाधारण र हत्याकाण्डका नायक स्वयमको ज्यान गएको छ भने त्यसलाई स्वतन्त्र समाचार सेवाले रहस्यमय हत्याकाण्डको संज्ञा दिएको छ ।
सो हत्याकाण्डपछि सो समाचार सेवाले गरेको रिपोटिङ्गमा नगरकोटमा रहेको शिक्षालयमा कार्यरत सैनिक जवान बाशुदेव थापाले मेलामा अन्धाधुन्ध गोली प्रहार गर्दा घटनास्थलम ११ जना र उपचारको क्रममा चार र्सवसाधारण र थापा स्वयमको मृत्यु भएको हो भनेको छ ।
हत्याकाण्डमा परी १९ जना स्थानियवासी गम्भिर घाइते भएका छन् भने हत्याकाण्डका मुख्य दोषि भनिएका थापाको रहस्यमय मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच वर्षा बालक दिपक तामाङ्ग र ११ वर्षा धमाइ लामा समेत ४० वर्षा भगवान तामाङ्ख, आइते तामाङ्ग, रामलाल नगरकोटी, ३० वर्षा सुजन श्रेष्ठ, २५ वर्षा का रामप्रसाद पन्थ र निरु तामाङ्ग, २० वर्षा माया तामाङ्ग, काले तामाङ्ग र नानु नगरकोटी रहेका छन् । उपचार्रार्थ मृत्यु भएका चार जनाको नाम खुल्न सकेको छैन ।
घटनास्थलको अनुगमनमा सहभागि सिविनका अध्यक्ष गौरी प्रधानका अनुसार मृतकहरुको छाती र टाउकोमा गोली प्रहार गरिएको छ । मेलामा सहभागि स्थानीयबासीको भनाई उद्धृत गर्दै प्रधानले मृतक सैनिक थापाका साथै सादा पोशाकमा १० जना भन्दा बढी सेनाका जवान आएर गोलि प्रहार गरिएको बताए ।
घटनास्थल पर्ूण्ात रगताम्य रहे पनि सेनाका जवानहरुले नै माटो बालुवाले रगत छोप्ने काम गरेका थिए । घटनास्थलमा खसेका सयौं संख्याका गोलीका खोकाहरु सेनाका जवानहरुलेनै लगेको स्थानीयवासीलाई उद्धृत गर्दै प्रधानले जानकारी दिए ।
स्थलगत भ्रमणको क्रममा एउटा गोलीको खोका भने फेला परेको छ । सो गोलीको नम्बर बुलेट ७.७२ एमएफएस ९२१ रहेको छ । मेलामा सहभागि स्थानीय महिलालाई थापालेे अभ्रद ब्यबहार गरेपछि बुधवार बेलुका १० बजेको समयमा स्थानीय युवाहरु र थापाबीच सामान्य मुड््भेड भएको थियो । सो मुढभेड भएको आधा घण्टाम हतियारसहित आएका अन्य सेनाका जवानहरुले हाम्रो साथीहरुलाइ पिट्ने को हो भन्दै अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।
घटनासंगै सो काण्डमा मुछिएका जवानको मृत्युले सो काण्ड अझै रहस्यमय बनेको छ । सेनाले आमनरंसंहार पछि थापाले गोली हानेर आत्महत्या गरेको बताए पनि उनको पनि हत्या भएको हुनसक्ने अनुगमन समितिका अर्का सदस्य सुवोध प्याकुरेलले बताए । स्थानीयवासीले दिएको जानकारी अनुसार, थापालाइ एक अग्ला कदका ब्यक्तिले पेस्तोलबाट गोली प्रहार गरेका थिए । लासको प्रकृति हर्ेदा थापाको छातीमा गोली लागेको देखिएको प्याकुरेलले बताए ।
बुधबार बेलुका ११ः ३० मा घट्ना भएपनि सेनाले बिहीबार बिहान मात्र मृतकको लास ओसार्ने तथा घटनास्थल आफ्नो कब्जामा लिने काम गरेको थियो । अनुगमन समितिका अनुसार, सेनाले लास ओर्सार्न गाउँलेलाई नै प्रयोग गरेको थियो ।
Rest down

 
Posted on 12-15-05 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्याकुरेलले घटनाको प्रारम्भिक अनुसन्धानबाट सेनाको हतियार ब्यवस्थापनको लापरवाहीबाट सो हत्याकाण्ड भएको देखिएको बताए । सामान्य झडपको आधा घण्टापछि हतियारसहित फर्किएर हत्याकाण्ड मच्चिदा पनि सेनाले केही गर्न नसक्नुमा सेनाको लापरवाही रहेको प्रष्ट भएको उनले बताए । प्याकुरेलले घट्नास्थलमै भने राजदरबार हत्याकाण्ड पछि सेना हतियार ब्यवस्थापनमा सचेत हुन्छ की भनेको त समस्या झन् बिकराल रहेछ ।
सेनाले मृतकहरुको लास भक्तपुरको क्यान्सर अस्पतालमा राखेको छ । भने घाइतेहरुको छउनी स्थित विरेन्द्र प्रहरी अस्पताल र महाराजगञ्जको शिक्षण अस्पतालमा उपचार्रार्थ भर्ना गरिएको छ । मृतकका आफन्तलाइ समेत लास दिइएको छैन भने घाइतेहरुसँग मानव अधिकारकर्मीसँग भेट दिईएको छैन ।
भक्तपुर तनावग्रस्त
सेनाले मृतकको लास आफन्तलाई नदिएको विरोधमा स्थानीयवासीले गरेको बिरोधका कारण भक्तपुर क्षेत्र दिनभर तनावग्रस्त रहृयो । हत्या शंकास्पद रहेको र त्यसमा शिक्षालयमा रहेका अन्य सैनिक जवानहरु पनि संलग्न रहेको बताउँदै स्थानीयवासीहरुले सडकमा टायर बालेर यातायात बरुद्ध गरेका थिए । आफन्तको लास लिन अस्पताल पुगेकाहरुलाई प्रहरीले र्दुब्यहार गरेपछि स्थिति तनाव ग्रस्त बनेको थियो ।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters