[Show all top banners]

sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पूर्व गृहमन्त्री कमल थापा गिरफ्तार
[VIEWED 7917 TIMES]
SAVE! for ease of future access.
Posted on 05-12-06 7:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पूर्व गृहमन्त्री कमल थापा गिरफ्तार (Breaking News)
पूर्व गृहमन्त्री कमल थापा शुक्रबार गिरफ्तार भएका छन्। उनलाई ९० दिनको थुनुवा पूर्जी दिइएको छ।

जनआन्दोलन दमनसम्बन्धी छानबिन आयोगले उनलाई गिरफ्तार गर्न सिफारिस गरेको हो।

थापालाई प्रहरी तालिम केन्द्र महाराजगञ्ज चलान गरिएको छ।
 
Posted on 05-12-06 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शाही सरकारका पाँच मन्त्री र दुई सल्लाहकार गिरफ्तार, तुलसी गिरीको व्यापक खोजी (Breaking News)


पूर्व गृहमन्त्री कमल थापा सहित चार पूर्व मन्त्रीहरुलाई सुरक्षाकर्मीले शुक्रबार गिरफ्तार गरेका छन्। पूर्व सूचना तथा सञ्चारराज्यमन्त्री श्रीश सम्शेर राणा र परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे, टंक ढकाल र निक्ष सम्शेर जबरा रहेका छन्। यसैगरी समाचार स्रोतहरुका अनुसार राजाका वरिष्ठ सल्लाहकार एवं पूर्व सैनिक जनरलहरु सच्तित सम्शेर जबरा र भरतकेशर सिंहलाई पनि गिरफ्तार गरिएको छ।

राजाको निरंकुश शासन कालका मन्त्रिपरिषदका उपाध्यक्ष तुलसी गिरीलाई पनि पक्राउ पुर्जी काटिएको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यलयले ढकाल, थापा, राणा र पाण्डेका नाममा पक्राउ पूर्जी थमाएको छ। तीनै पूर्व मन्त्रीहरुलाई ९० दिने पक्राउ पुर्जी थमाइएको छ। पक्राउ पूर्जीमा पूर्वमन्त्रीहरुले समाजमा शान्ति सुव्यवस्थामा खलल पुग्ने कार्य गरेको अभियोग लगाइएको छ।

पूर्व मन्त्री गिरफ्तारीका सम्बन्धमा अर्थमन्त्री डा. रामशरण महतले शान्ति सुरक्षाको स्थिति हेरेर सरकारले कारवाही अघि बढाउन सक्ने बताउनुभयो। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक कक्षबाट बाहिर निस्कँदै गर्दा महतले सञ्चारकर्मीसँग भन्नुभयो, 'जनआन्दोलनमा भएको दमनको छानवीन गर्न गठित आयोगले गरेको सिफारिशलाई सरकारले कार्यान्यवन गर्छ।'


गिरफ्तार पूर्व मन्त्रीहरुलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा राखिएको छ।

दलहरुको विरुद्ध कडा अभिव्यक्ति दिने पूर्व स्थानीय विकास मन्त्री ढकालकै पालामा गत माघ २६ गते नगरपालिकाको निर्वाचान गराएर राजाको शासन प्रजातान्त्रिक छ भन्ने झुठो प्रचार गराउन लागिपरेका थिए। तर कूल २१ प्रतिशत मतदान भएको सो निर्वाचानलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट मान्यता प्रदान गरिएको थिएन।

शाही मन्त्रिमण्डलका वरिष्ठ मन्त्रीहरु रहेका तीनै जनाले राजाको निरंकुशतन्त्र टिकाउन आ आफ्ना ठाउँबाट गैरन्यायिक कार्यहरु गरेका थिए। सञ्चार राज्यमन्त्री राणाकै अग्रसरतामा संविधान विरोधी सञ्चार अध्यादेश जारी भएको थियो। उहाँकै कार्यकालमा कान्तिपुर एफएम र रेडियो सगरमाथाका रेडियो सामग्री तत्कालीन सरकारले लुटेको थियो।

कमल थापाको निर्देशनमा सुरक्षाकर्मीहरुले प्रहार गरेको गोली लागि चैत २४ देखि चलेको जनआन्दोलनमा २१ को मृत्यु भएको थियो भने ६ हजारभन्दा बढी सख्त घाइते भएका थिए। जनहत्याको रुपमा नागरिक समाजले थापामाथि युद्धअपराधीको अभियोग लगाउनु पर्ने आवाज उठाउँदै आएको थियो।
 
Posted on 05-12-06 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तीन सुरक्षा प्रमुखहरु निलम्बित, प्रधानसेनापतिका बारेमा संवैधानिक परिषदले निर्णय लिने


जनआन्दोलन दबाउन गठित उच्चस्तरीय न्यायिक आयोगको सिफारिशमा तीन सुरक्षा अंगका प्रमुखलाई निलम्बन गरिएको छ। निलम्बनमा सशस्त्रका सहवीर थापा, जनपथका श्यामभक्त थापा र राष्ट्रिय अनुसन्धान विभागका देवीराम शर्मा रहेका छन्। प्रधानसेनापतिलाई भने संवैधानिक परिषदको सिफारिशमा कारवाही अघि बढाइने स्रोतहरुले बताएका छन्।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो। आयोगले चारै सुरक्षा प्रमुहरुलाई निलम्बन गर्नका लागि सिफारिश गरेको ६ घण्टा नबित्दै सरकारले उक्त निर्णय लिएको छ।

सुरक्षा प्रमुखहरुलाई निलब्न गरिएको सम्बनधमा शुक्रबार साँझ मन्त्रिपरिषदको बैठकबाट बाहिर निस्कँदै गर्दा अर्थमन्त्री रामशरण महतले सञ्चारकर्मीसँग यो निर्णय संसदलाई मात्र जानकारी गराउने बताउनुभयो।

छोरी विवाहका लागि भारतबाट जन्ती आएको बेला सरकारले प्रधानसेनापति थापालाई पदबाट निलम्बन गरेको छ। थापाको छोरीको विवाहका लागि अहिले भारतबाट आएका दुलाहा सहितका जन्तीहरु काठमाडौंमै छन्
 
Posted on 05-12-06 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकदम राम्रो! अति राम्रो!!

अब यिनीहरुलाई कम्तिमा ५ बर्ष जाक्नु पर्छ जेलमा। अनि बल्ल यिनी कुकूरहरुले चटपटाउन छाडनेछन। तुल्सी गिरी भाग्न नपाओस्।


 
Posted on 05-12-06 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

AAjiwan karawas pani kam hunchha yi chorharulai ta. teti dherai manchhe marne ra ghaite banaune kam gareka chhan. Dhukuti saki saki.
 
Posted on 05-12-06 5:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chor kamale ..................



dukha payo mangale ...

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters