[Show all top banners]

_____

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 पूर्वपरराष्ट्रमन्त्री पाण्डेको प्रश्नः हार्दिक पटेललाई भारतले किन थुनेको ?
[VIEWED 2657 TIMES]
SAVE! for ease of future access.
Posted on 11-06-15 1:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
OnlineKhabar.com

पूर्वपरराष्ट्रमन्त्री पाण्डेको प्रश्नः हार्दिक पटेललाई भारतले किन थुनेको ?
२०७२ कार्तिक २० गते १२:०५ मा प्रकाशित

२० कात्तिक, काठमाडौं । सुशील कोइराला नेतृत्वको अघिल्लो सरकार भारतीय नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण नगरेको भनेर आलोचित भयो । अहिले सत्ताको नेतृत्व गरेको पार्टी एमालेका नेता महेन्द्रबहादुर पाण्डे कोइराला सरकारका परराष्ट्रमन्त्री थिए ।

mahendra-pandeyआफ्नो कार्यकालमा नभएको काम अहिलेको सरकारले गर्न खोजेकोमा खुशी छन् पाण्डे । अनलाइनखबरसितको कुराकानीमा पूर्वमन्त्री पाण्डेले भने, ‘त्यतिबेला पनि अन्तर्राष्ट्रियकरण गर्ने कुरा नभएको होइन । तर, परिस्थिति परिपक्व नभएको भनेर धैर्य गरेका हौं । अहिले यसका लागि वाध्यात्मक अवस्था आइसकेको छ ।’

जेनेभामा बुधबार आयोजित राष्ट्रसंघीय मानवअधिकार परिषदको वैठकमा पहिलोपटक नाकाबन्दीका विषयमा नेपालले व्यवस्थित तरिकाले कुरा उठाएको थियो । तर, भारतको नाम नलिइकन । पूर्वमन्त्री पाण्डे देशको नाम नलिए पनि भारतविरुद्ध लक्ष्यित छ भनेरै विश्वसमुदायले बुझ्ने बताउँछन् ।

‘कुटनीतिमा ठाडो भाषामै प्रस्तुत हुनुपर्छ भन्ने छैन,’ उनले भने, ‘परराष्ट्रमन्त्रीले भारतको नाम नलिँदा अरुले बुझेनन् होला भन्ठान्नु हुँदैन ।’
‘कुटनीति भनेको विषकुम्भम पयोमुखम् हो । यसको अर्थ हो, भाँडोको मुखमा अमृत देखाइएको छ, तर, भित्र विषैविष छ । कुटनीतिमा पनि मुखमा अमृत नै राखेर बोल्नुपर्ने हुन्छ । नरम भाषामा कडा कुरा राख्नु कुटनीतिको सफलता हो ।’

उनले परराष्ट्रमन्त्री छँदा आफूले पनि भारतसित नरम भाषामा कडिकडाउ कुरा राख्ने गरेको जिकिर गरे । ‘न्यूयोर्कमा भारतीय विदेशमन्त्रीसित अन्तिमपटक भेट हुँदा खुलस्त ढंगले कुरा भएको हो, त्यतिबेला मैले भारतीय विदेशमन्त्रीसित भनेको थिएँ, हाम्रो बोर्डरसम्म गाडी पठाइदिनुस, त्यहाँबाट सुरक्षा दिएर ल्याउने जिम्मा हाम्रो भयो,’ पाण्डे भन्छन्, ‘अहिलेका परराष्ट्रमन्त्री भारत भ्रमणमा जाँदा पनि त्यही कुरा राख्नु भयो । तर, उनीहरु एउटै सुगा रटाइ गरिरहेका छन्, सीमा अवरोधले गर्दा गाडी पठाउन सकिएन भनेर ।’

भारतको सिफारिस किन ?

जेनेभा बैठकमा भारतले नेपालको आन्तरिक राजनीतिका सम्वन्धमा चार बुँदे सिफारिस दिएकोप्रति पूर्वमन्त्री पाण्डेले कडा आपत्ति जनाए । ‘हाम्रो आन्तरिक विषयमा उसले किन सिफारिस गर्ने ?’ उनले प्रश्न गरे, ‘नेपाललाई सिफारिस गर्ने अधिकार उसलाई कहाँबाट प्राप्त भएको हो ? उसले भनेका कुरा नमानेको भनेर नाकाबन्दी गर्ने अधिकार उसलाई कसले दियो ?’

पाण्डेले नेपालमाथि आफ्नो सिफारिस लाद्न खोज्ने भारतलाई परराष्ट्रमन्त्री थापाले सही जवाफ दिएको धारणा राखे । ‘उहाँले भन्नुभएको छ कि नेपालले आफ्नो संविधान आफैंले जारी गर्ने अधिकार राख्छ र त्यसमा अरुको हस्तक्षेप आवश्यक छैन । यो सही जवाफ हो ।’

आफैंलाई फर्केर हेर

नेपाललाई मानवअधिकारको विषयमा अर्ती उपदेश दिने भारतले आफैंलाई फर्केर हेर्नुपर्ने पूर्वपरराष्ट्रमन्त्री पाण्डेको सुझाव छ । भारतमा आरक्षणको विषयलाई लिएर आन्दोलरत युवा हार्दिक पटेलमाथि सरकारले गरेको व्यवहारमाथि उनले प्रश्न उठाए ।

hardik-patel‘आफ्नो अधिकारका लागि संघर्ष गरिरहेका हार्दिक पटेललाई भारतले किन जेल हालेको ? एउटा समुदायले आफ्नो अधिकारका लागि संघर्ष गर्दा किन दमन गरेको ?’ पाण्डे सोध्छन्, ‘लामो समयदेखि नेपालीभाषीहरुले माग्दै आएको गोर्खाल्याण्ड राज्य किन दिँदैन भारत ? यसमा हामीले दवाब दियौं भने उसले के भन्छ ?’

भारतको पटेल समुदायलाई शिक्षा र सरकारी रोजगारीमा आरक्षण दिनुपर्ने माग राख्दै जारी आन्दोलनका अगुवा हुन् हार्दिक पटेल । उनको नेतृत्वको आन्दोलनमाथि भारतीय प्रहरीले कठोर दमन गर्दै आएको छ । हाल प्रहरी हिरासतमा रहेका २२ वषिर्य हार्दिकमाथि राज्यद्रोहको आरोपमा मुद्दा चलाइएको छ ।

भारतको जयजयकार गर्ने त ?

भारतीय राजदूतले नेपाली पत्रकार जम्मा गरेर नेपालमा भारतविरोधी भावना भड्किएको भन्दै चिन्ता व्यक्त गर्नु हास्यास्पद भएको पूर्वमन्त्री पाण्डेले बताए । उनी भन्छन्, ‘जुन भारतका कारण आज बालबालिकाले विद्यालय जान पाएका छैनन्, गृहणीले चूल्हो बाल्न पाएका छैनन्, बिरामीले औषधी पाएका छैनन्, त्यही भारतको सारा नेपालीले जयजयकार गर्दै हिँड्छन् भन्ने लागेको छ उनलाई ?’

पूर्वमन्त्री पाण्डेले नाकाबन्दी भन्ने कि नभन्ने विषयमा नअल्झिन सरकारलाई सुझाव दिए । ‘हाम्रो पारवहन अधिकार कुण्ठित गरिएको छ, नाकाहरु ठप्प गरिएका छन् । यसलाई नाकाबन्दी भन्ने कि नभन्ने भन्ने सरकारको छनोटको कुरा हो । मिडियाले पनि यसैलाई इस्यू बनाउनु आवश्यक छैन ।’

भारतले खास समुदायका नेपालीहरुलाई नेपालकै विरुद्धमा दुरुपयोग गरिरहेको पाण्डेले आरोप लगाए । नेपालमा आएर प्रहरीमाथि ढुंगा हान्दा गोली लागेका व्यक्तिलाई निर्दोष करार दिएर उनल दुनियाँलाई मूर्ख बनाउन खोजेको टिप्पणी गरे ।

प्रधानमन्त्रीको चेतावनी स्वभाविक

नेपाल र भारतीय प्रधानमन्त्री बीचको तीन दिनअघिको वार्तालाई लिएर भारतीय मिडियामा तरंग उत्पन्न भयो । भारतीय मिडियाले नेपाली प्रधानमन्त्रीबाट आफ्नो आन्तरिक मामलामा दख्खल नदिन चेतावनी आएको भन्दै समाचार प्रकाशित गरे । पाण्डेलाई सोधियो, ‘भारतीय प्रधानमन्त्रीलाई चेतावनी दिनु हाम्रा प्रधानमन्त्रीको साहस हो कि दुस्साहस ?’

उनले जवाफ दिए, ‘उहाँहरुबीच यथार्थ कुरा के भएको हो भन्ने उहाँहरु दुई जनालाई मात्रै थाहा हुने कुरा हो । तर मलाई लाग्छ, अहिलेको परिस्थितिमा हाम्रा प्रधानमन्त्रीले त्यति बोल्ने हक राख्नु हुन्छ । यो ठूलो साहस वा दुस्साहसको कुरा होइन । स्वभाविक कुरा हो ।’

 1841  36
 1

- See more at: http://www.onlinekhabar.com/2015/11/346966/#sthash.K9OzfqIT.dpuf

Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO

IN ORDER TO POST!

Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Tps decision coming or not nov 18
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Funny when Nepalis talk about Epstein and injustice
NOV 18th TPS DAY
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
Work Permit
H1B
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters