[Show all top banners]

shahi baba
Replies to this thread:

More by shahi baba
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

UnsungEpic

shahi baba
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपालीहरुको जीवनशैली अति नै देखाउनुपर्ने (शोअप) खालको हुन्छ
[VIEWED 9845 TIMES]
SAVE! for ease of future access.
Posted on 09-26-14 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

योगेश आदी

ygshdngl@yahoo.com


काठमाडौं र दिल्ली दुबै शहर पुगेका व्यक्तिहरुले सायद विचार गरेको हुनुपर्छ– काठमाडौंको सडकमा रातोबत्ती बल्दा अगाडिको पङ्त्तिमा पल्सरदेखि बुलेटसम्मका महँगा–महँगा भारतीय मोटरसाइकलहरु असरल्ती देखिन्छन् । तर, भारतको बम्बईको सडकमा रातोबत्ती बल्दा सबैभन्दा अगाडि स्कूटर र सस्तो भारतीय मोटरसाइकलहरु देखिन्छन् । त्यसो त भारतले महँगा मोटरसाइकल नेपाललाई लक्षित गरी उत्पादन गरिएको हुन्छ भन्दा फरक पर्दैन । अर्को शब्दमा भन्नुपर्दा नेपाल भारतको लागि बिलासिताको सामान विक्री गर्ने बजार बनेको छ । भारतीयहरुले खरिद गर्न नसकेरै हो या नेपालीहरुको आर्थिक अवस्था मजबुत भएको कारणले तस्वीर यस्तो बन्न गएको हो ? संसारकै सबैभन्दा बढी जनसंख्या भएको प्रजातान्त्रिक देश र संसारकै सबैभन्दा लामो संविधान भएको देश भारत हो भनेर भारतीयहरु गर्व गर्दछन् । यता हामी अन्यौलग्रस्त बनेर आजसम्म संविधानको समेत टुंगो लाग्न नसकेको अवस्थामा छौं । संसारकै तेस्रो शक्ति बन्ने रफ्तारमा रहेको भारतीयहरु र संक्रमणकालबाट मुक्ति पाउने उत्कण्ठ पालेर बसेका नेपालीका जीवनस्तरमा भने किन अनौठौ किसिमको बेमेल देखिन्छ ? उत्तर सबैलाई विदितै छ– हामी देखासिकी र बिलासितामा विश्वास गर्छौं, आजलाई महत्व दिन्छौं उनीहरु भोलिका लागि ।

मैले न्यूयोर्कमा दिनहुँजसो कयौं भारतीय, बंगाली र नेपाली देख्ने गर्दछु । शिरदेखि पाउँसम्म नियाल्दा भारतीयहरु नेपालीहरुले काम गर्न राखेका मान्छेजस्तो देखिन्छन् । वास्तवमा अधिकांश नेपालीहरु तिनै भारतीयकोमा काम गरिराखेका हुन्छन् । १० जना भारतीयहरुको हातमा हेर्यो भने मुस्किलले १ जनाको हातमा महँगो मोबाइल सेट हुन्छ । १० जना नेपालीहरुको हातमा हेर्यो भने मुस्किलले १ जनाको हातमा आइफोन हुँदैन । अझ बंगालीहरुको त कुरै छोडौं अमेरिकामा घर किनिसकेका बंगालीहरुसमेत अझै बंगलादेशबाटै कपडा मगाउँछन् । मैले महँगो फोन बोक्ने कुनै पनि बंगाली सायदै देखेको छु । वास्तवमा सबैको जीवनस्तर उस्तै भए तापनि नेपालीहरुको जीवनशैली अति नै देखाउनुपर्ने (शोअप) खालको हुन्छ । हामी हुर्केको संस्कार नै यस्तै हो या हामीले संस्कार नै भुलेका हौं ? निरुत्तरित छु । न्यूयोर्कको लिंकन सेन्टरमा फेसन विक चल्छ, धरानमा हलचल चल्दछ । भारतमा नयाँ फिल्म रिलिज हुन्छ, जयनेपालमा बाटैसम्म लाइन हुन्छ । न्यूयोर्कमा आईफोन लञ्च हुन्छ, नेपालबाट लाखौं तिर्छु भनेर फोन आउँछ । कस्तो देश होला हाम्रो ? एक पाटोमा आङ ढाक्ने खाकी छैन, जिब्रो रसाउने नुन छैन, तर अर्को पाटोमा फोब्र्सको बिलिनायरको सूचीमा नेपालीकै नाम पनि अट्न सक्छ ।

यसपालि नेपाल जाँदा मैले देखेको नेपालका गाउँहरुले मलाई झस्क्यायो । मैले देखेको गाउँ मात्रै त्यस्तो थियो या सबै गाउँहरु त्यस्तै भएको छ । त्योबारेमा भने म अनभिज्ञ छु । मैले ३ वर्षअघि देखेको गाउँघरका गतिविधिजस्तो बिल्कुलै थिएन । राजधानीसँगै जाडिएको नुवाकोट जिल्ला सुगम मानिए तापनि नुवाकोटसँगै सीमा जोडिएको रसुवा जिल्ला भने अझै दुर्गममा वर्गीकृत छ । म रसुवा जिल्लाको मैलुङ भन्ने गाउँमा जाँदा देखेका दृश्य यस्तो थियो– ‘रातो माटोले पोतेको, खिया परेको जस्ताले छाएको, छेवैमा गोठ भएको घरको पिंढीमा भने २२० सीसीको पल्सर मोटरसाइकल थियो । जति गाउँ घुम्यो उति धेरै पल्सरहरु देखिन थाल्यो । चिया खाने पसलमा मैले सोधें– ‘यस्तो महँगो महँगो देखिने मोटरसाइकलहरु कसको हो ?’ स्वस्फूर्त जबाफ आयो– ‘यहीँका गाउँलेहरुको हो ।’ मनमनै कुरा खेलाएँ– ‘कहाँबाट आयो होला यो गाउँलेहरुसँग यत्रो पैसा ?’ दुईथरीका पैसाको स्रोत जुटेको रहेछ । पहिलो सडक बिस्तार गर्दा प्राप्त गरेको मुआब्जा । दोस्रो चिलिमे हाइड्रोपावर कम्पनीको शेयर रहेछ । यसरी आर्जित रकमलाई जिन्स पेन्ट, जुत्ता र मोटरसाइकलमा बेस्सरी खर्चेको देखेर भने पुनः नेपालीहरुको फजुल जीवनशैली मनन गरें । जीवनस्तर यानेकि शिक्षा, रोजगार र पहुँच उस्तै रहेछ, तर बाँच्ने तरिका यानेकि जीवनशैली मात्रै फरक भएको रहेछ ।

वास्तवमा चिलिमेको शेयरले गाउँलेलाई यसरी धनार्जन गराएछन् । पब्लिक इस्यूको समयमा रसुवाका जन्मेदेखिका सबै जनसंख्याले शेयर प्राप्त गर्ने प्रावधान रहेछ, शेयर बाँडफाड हँदा प्रतिव्यक्तिको भागमा ४० कित्ता १०० रुपैयाँ दरको शेयर परेछ । जति जना परिवार संख्या छ त्यति जनाले ४० कित्ताको दरमा शेयर प्राप्त गरेछन् । एक जनाको भागमा परेको ४० कित्ता शेयर ५ वर्षमा पटक–पटक बोनस शेयर र राइट शेयर गर्दै ११० कित्ता बन्न पुगेछ, त्यसमाथि रु. १०० दरको शेयर रु. २६०० भएछ । यस हिसाबले रु. ४,००० र लगाउँदा ५ वर्षमा २ लाख ८६ हजार बन्न पुगेछ । हरेक घरमा कम्तीमा ३ देखि ५ जना परिवार संख्या रहेछ । यसले एउटा विकृति पनि जन्माएछ । उमेर पुगेका कतिपय छोरा–छोरीले घरका बाउआमालाई शेयरको काम छ भन्दै शेयर बिक्री फाराममा हस्ताक्षर गराउँदै पल्सर चढ्दा रहेछन् । जीवनस्तर बढोत्तरी नगरी जीवनशैली मात्रै परिवर्तन गरेर समाज परिवर्तन हुँदैन, देश समृद्ध बन्दैन । गाउँ–गाउँमा देखिएको देखासिकी प्रवृत्तिले हामी र हाम्रो समाज कता जाँदैछ, सहजै अनुमान लगाउन सकिन्छ ।

http://vishwanews.com/MenuPages/content/details.aspx?cat=20&news_id=4485&t=%E0%A4%9C%E0%A5%80%E0%A4%B5%E0%A4%A8%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A4%B0+%E0%A4%B0+%E0%A4%9C%E0%A5%80%E0%A4%B5%E0%A4%A8%E0%A4%B6%E0%A5%88%E0%A4%B2%E0%A5%80


 
Posted on 09-26-14 10:05 AM     [Snapshot: 94]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Regarding the last paragraph: This bring the villager's purchasing power up and not only city dweller are rich but the villagers got some importunity to close the gap of have and have not.

It may be an examples to other villagers.

Definitely: Nepal is an dumping sites of India. We have closed many industries and no new industries are coming, government rules and regulation , lack of proper manpower and mostly and foremost the UNIONISM. 

You live your life once, if you have money enjoy it.
 

Last edited: 28-Sep-14 08:54 AM
Last edited: 28-Sep-14 08:55 AM

 
Posted on 09-26-14 8:53 PM     [Snapshot: 499]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

what u mean by show off? it's good that we live to our standards, we ain't cheap like those Indians and Bengalis
 
Posted on 09-27-14 2:33 AM     [Snapshot: 636]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It's not show off! It's, in fact, just lack of knowledge! If they were aware of what they still have to achieve or what they still can achieve with this opportunity, they wouldn't be a spendthrift. He who sees his aim with eyes, doesn't go far enough!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters