huippa
More by huippa
What people are reading
Subscribers
Please log in to subscribe to huippa's postings.
:: Subscribe
|
खाद्य दिवस र भोकविरुद्ध लामो सङ्घर्ष
|
[VIEWED 10083
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
huippa.
Please log in to subscribe to huippa's postings.
Posted on 10-16-18 3:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
 आज विश्व खाद्य दिवस । हाम्रो काम नै हाम्रो भविष्य हो भन्ने मूल नाराका साथ संसारभर आज अक्टोबर १६ मा विश्व खाद्य दिवस मनाइँदै छ । सन् १९४५ अक्टोबर १६ मा संयुक्त राष्ट्र सङ्घअन्तर्गत खाद्य तथा कृषि सङ्गठन (एएफओ) स्थापना भएको थियो । सोही दिनको स्मरण गर्दै सन् १९७९ नोभेम्बरमा सम्पन्न एएफओको महासभाले हरेक वर्षको अक्टोबर १६ लाई विश्व खाद्य दिवस मनाउने निर्णय गरेको थियो । त्यही सालदेखि नै विश्व खाद्य दिवस मनाउन थालिएको हो । आगामी सन् २०३० भित्र संसारबाट भोकमरी अन्त्य गर्न सम्भव छ भन्ने विश्व खाद्य तथा कृषि सङ्गठनको नाराबाट नै संसारमा अझै पनि भोकमरीको समस्या रहेको प्रमाण हो । संयुक्त राष्ट्र सङ्घको तथ्याड्ढअनुसार सन् २०१७ मा खानै नपाएका मानिसको सङ्ख्या संसारमा ८२ करोड १० लाख छन् । सन् २०१६ को तथ्याड्ढसँग तुलना गर्दा संसारमा भोकमरीको सङ्ख्या अझ बढिरहेको छ । त्यो साल संसारमा भोकमरीले पिरोलिएका मानिसको सङ्ख्या ८० करोड ४० लाख थियो । अफ्रिका महादेश संसारमा सबभन्दा बढी भोकमरी भएको क्षेत्र मानिएको छ । अफ्रिकाको कूल जनसङ्ख्याको झण्डै २१ प्रतिशत मानिस अहिले पनि भोकमरीसँग जुझिरहेका छन् । गरिबी, युद्ध, मरुभूमीकरण, उन्नत बीउबिजनको अभाव, कृषिमा निरर्भरता कम हुँदै जानुले संसारमा भोकमरीको समस्या अझ गहिरो बनाइरहेको छ । संसारमा अझ पनि पेट भरि खान मुस्किल जनताको हुनुले धनी र गरीबबीचको खाडल अझ फराकिलो बन्दै गएको देखाइरहेको छ । ठूला सहरका ठूला होटल र धनीमानीका घर, रेस्टुराँबाट दैनिक करोडौं जनतालाई पुग्ने खाना फालिने गरेको छ । अर्कोतिर पुग्दो पौष्टिक तफ्वको अभावमा मर्ने मानिसको सङ्ख्या पनि बढिरहेको छ । युद्ध वा राजनीतिक द्वन्द्व नै आजको समयमा मानिसलाई गरीब बनाउने सबैभन्दा पहिलो माध्यम बनिरहेको छ । युद्धले मानिसको जीउज्यानमात्र लिने होइन, बरु बाँचेका मानिसको जीवनलाई पनि मर्न न बाँच्नको दोसाँधमा पु¥याइदिने गरेको छ । अनि त्यस्ता राजनीतिक द्वन्द्व वा युद्धको मूल कारण भनेको संसारका धनी मानिएका देशहरूका शक्तिकेन्द्र हुन् । विद्वान माक्र्सवादी लेखक समिर अमिनको शब्दमा विश्व व्यवस्थाको ‘कोर’ मा रहेका देश नै त्यस्ता राजनीतिक समस्याका मूल कारण हुन् । ‘पेरिफेरी’ (परिधि) मा रहेका देशहरूसँग प्राकृतिक स्रोत, साधन र मानवीय जनशक्तिको प्रचुरता भएर पनि किन उनीहरू भोकै छन् ? यसको प्रस्ट जवाफ भनेको ‘कोर’ मा रहेका देशहरूले ती ‘पेरिफेरी’ का देशलाई अनेकन युद्ध र द्वन्द्वमा फसाएर उनीहरूसँग भएका प्राकृतिक स्रोत साधन र मानवीय जनशक्ति हडपिरहेको छ । सन् २००८ देखि सुरू भएको आर्थिक सड्ढटसँगै युरोपको अर्थतन्त्रमा आएको शिथिलताको घेराबाट मुक्त हुन आज युरोपलाई धेरै सस्तो ज्यामीको खाँचो परेको छ । त्यही खाँचो पूरा गर्न संसारका विभिन्न ठाउँमा युद्ध र राजनीतिक द्वन्द्व सल्काइरहेको विश्लेषणलाई गलत मान्न सकिन्न । यसबाट प्रस्ट हुने कुरा भनेको संसारमा भोकमरीको लागि मूलतः विकसित भनिएको जी–८ देशहरू नै दोषी छन् । उपनिवेशवादकालीन युगमा उनीहरूले प्रत्यक्ष उपनिवेशमाथि जसरी जनताको पसिना निचोर्ने काम गरिरहेको थियो, आज त्यो फरक तरिकाबाट चालू नै छ । त्यसैको वरपरको असर हो–संसारको भोकमरी । विश्व खाद्य दिवस मनाउने सिलसिलामा सन् २०३० सम्ममा भोकमरी अन्त्य गर्न सम्भव छ भनी नारा लगाए पनि त्यसलाई सम्भव बनाउने–नबनाउने जिम्मेवारी भने जी–८ का देशहरूको व्यवहारमा भरपर्दछ । तर बाघ जति भोकाए पनि घाँस खाँदैन भनेजस्तै जी–८ का देशहरूका अहिलेका शासक वर्गले कुनै पनि हालतमा संसारमाथि आफ्नो अत्याचार छोड्नेछैन । त्यसकारण भोकविरुद्धको सङ्घर्ष अझ पनि धेरै लामो सङ्घर्ष हुनेछ । नेपालको सन्दर्भमा भौगोलिक विकटता, राजनीतिक पक्षपात र गरिबी नै भोकको मूल कारण हो । संविधानमा खाद्य सुरक्षालाई मौलिक हकअन्तर्गत राखिए पनि खासमा अझै पनि देशका धेरै ठाउँमा जनताले मनग्य पौष्टिक खाद्य खान पाइरहेका छैनन् ।
|
| |
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| NRN card pros and cons? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| 2020 : Why No Trump ! |
| नेपाली वालमार्ट चोर |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| Funny when Nepalis talk about Epstein and injustice |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| अब के हाेला त? |
| EAD Filing |
| BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS |
| NOV 18th TPS DAY |
| ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE |
| H1B |
| नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार |
| Sukulgunda 2.0 / www.sukulgunda.com |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|