[Show all top banners]

SSK

More by SSK
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ४ आनेकि छोरि -भाग १
[VIEWED 9587 TIMES]
SAVE! for ease of future access.
Posted on 08-25-20 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

द्वन्दकालमा काठमाडौँमा ४ आनेहरुको संख्या अत्यधिक बृदी भयो, कारण काठमाडौँ बाहिरको कम्जोर सान्ति सुरछ्या / उबेला पढेर लोकसेवामा नाम निकाल्ने अनि काठमाडौँमा ४ आना जग्गा जोडेर घर बनाउनेको केहि केहि थिए, तेस्पछि quatar , dubai malasiya korea वाला ४ आने लाहुरे हरुको बिगबिगी / ६० ६१ साल पछि काठमाडौँ बस्नै नसक्ने ठाउँ भयो / विकास जति सबै काठमाडौँ केन्द्रित थियो , येस्मा ४ आने लाई दोष दिने कुरा भएन, देश सबैको साझा हो, जसलाई जहाँ मन लाग्यो त्यो त्यहाँ बस्न सक्छ , तैपनि योजना बिनाको सहरीकरणले काठमाडौँ कुरुव बन्दै थियो /

हाम्रो तिर नि housing हो हल्का लहर चल्यो / पोखरा तिरका कालु नाम गरेका कुख्यात नम्बरी दलाल थिए / छिमेकिको केहि खाली जग्गा किनेर उनले १५ १६ ओटा घर बनाए / उनले बनाएका घरहरु राम्रा थिए, प्लांनिंगका साथ बनाएका घरहरु मेरो घर बाट 2०० मिटर जति भित्र थिए/ समस्या के थियो भन्दा कालुको housing मा जाने बाटो सानो थियो १६ फिटे , उनले उक्त बाटो २० फिटे बनाउने कोसिस नगरेका होइनन तर सकेनन / मुख्य चोकमा हाम्रा छिमेकि अलि सक्तिसाली कर्मचारी थिए, उनले बाटो नछोडी पछाडीकाले छोड्ने कुरो आएन / मेरो घर मुख्य सडक बाट ३ कित्ता भित्र थियो, व्यक्तिगत रुपमा मलाई पनि त्यो बाटो चौडा होस् भन्ने थियो / येसो गर्दा मेरो १ आना जग्गा त जान्थ्यो तर बाकी जग्गाको भाउ व्हात्तै आकासिन्थ्यो / यी मूला दोबाटोका छिमेकि जग्गा छोर्न अलि ल्यांग ल्यांग गर्ने, फेरी नाता नि पर्ने झगडा गर्न नि नमिल्ने /

कालुले सकेन, घरहरु बेचेर गयो अनि विभिन्न नया छिमेकि आए / घर किन्नेमा माओबादीका १ २ जना केंद्रिये स्तरका नेताहरु नि थिए भन्ने सुनियो / त्यो बेला भखरै द्वन्द सकिएर माओबादी सार्बजनिक भएका थिए / माओबादी हरुले घर डेरामा लिएको भनिए पनि घुमाउरो बाटो बाट आफैले किनेको भन्ने सबैको अनुमान थ्यो /

घरतिर माओबादीको फाटफुट उपस्थिति हुन थाल्यो / त्यो बेला सम्म मैले माओबादी देखको थियिन खाली सुनेको अनि पढेको मात्र / नया बस्ति बसे पछि टोलमा एक असाध्येइ राम्री केटिको चहल पहल सुरु हुन थाल्यो / उनि येति राम्री सलक्क परेकी थियिन कि आखामा राख्दा पनि नबिजाउने / मेरो त देख्न साथ one sided lop परि हाल्यो /

मैले स्कुल होस्टेल बसेर सकेको तेसैले +२ होस्टेल नबसी पढे / त्यो बेला मान्छे म handsome भए पनि क्यारेक्टर खत्तम थियो ,एक त नपढ्ने तेसमाथी गजेडी हरुको संगत / क्लासका राम्री राम्री केटिहरु बोल्न पनि अफ्टेरो मान्थे, तिनीहरु संग lop पर्ने त कुरै भएन / ३ वर्ष राम्री केटि संग lop नपरी बित्यो , आबस्येक्ता पूर्तिका लागि average एक केटि संग उठ बस थियो / आफ्नो character को दाग हटाउन SLC दिएको स्कुलमा +२ नगर्ने निर्णय गरे /

यता +२ मा नि खासै कोइ च्वाक संग जमी राखेको थिएन / जो जाठी हेर्यो पढाईमै ब्यस्त / माचिस, यहाँ ज्यान, रुप , height , style को केहि कदर नै छैन, जुन केटि हेर्यो खाली पढन्तेको पछि लागि रा छन् / न कुनै केटि लाई मेरो honda crf bike को वास्ता छ / म dirt bike को फ्यान , ३ वर्ष दाई को chinese vr चलाए पछि बल्ल बाऊ ले एउटा गतिलो bike किन्दिनु भाको /

बरु मेरो bike को दिवाना त केटाहरु पो हुन थाले / bike देखेर बोकाहरू पो पछि लाग्ने खतरा बढ्यो / एक दिन घर अगाडी bike सफा गरेर बसी राखेको थिए, उता बाट चट्ट कुकुर डोर्याउदै तिनै नया छिमेकि केटि आइन , एहोउ कति राम्री, हेरेको हेरे गर्न मन लाग्यो, हेर्दै बोलाऊ बोलाऊ जस्तो लाग्ने होउ, हल्का लजालु पारा ले पास भईन , एकछिन त उनले डोर्याको कुकुर भएर उनको घर अनि बेडरुम सम्मै पुग्न पाए नि हुन्थियो जस्तो लाग्यो /

उमेर, जात पात सबै मिल्थियो ( हेर्दा छेत्री बाहुनी थियिन ), येही केटि संग lop गर्नु पर्छ भने भावना मनमा पलायो / lop त गर्ने तर पैले बोल्ने कसोरी भन्ने समस्या श्रीजना भयो / तेतिकैमा एउटा पातकी idea आयो / उनको डागो कुकुर लाई मेरी "lovely " संग lop पार्ने / मेरो परिवार कुकुर को सोखिन, घर मा ३ टा कुकुर थिए / ति मध्ये 'lovely" नामक double coated Labrador retriever थियिन ( ऐले सोर्गिये भै सकिन ) lovely येति राम्री थियिन कि टोलभरिका आवारा कुकुर उनको पछि लाग्थे / उनि म संग बाहिर निस्के पछि सम्झनुस टोलमा सान्तिनो कुकुरको मेला लाग्थियो / अर्को एउटा सहयोगी भाई वा म बिना lovely लाई गेट बाहिर जाने अनुमति थिएन /आवारा कुकुरहरु बलात्कार गर्न तम्सि हाल्थे /

अर्को दिन साझा तिर उनि फेरी त्यो कुकुर लाई लिएर बाहिर निस्किन , उनि मेरो घर बाट पास भए पछि मैले lovely लाई निकाले / उनि फर्किने बाटो मेरो घर बाट पास हुन्थियो, तेती खेर भेट हुनु नै थियो / मेरी छम्मु आइपुगिन कुकुर डोर्याउदै/ lovely लाई देख्न साथ उनको single coated Shepard दिवाना भाई गयो / उनलाई तान्दै कुकुर मेरो नजिक आइपुग्यो / आउना साथ lovely को जता ततै चाट्न थाल्यो / कुकुरले गर्दा उनि र मेरो बोलचाल हुने बाताबरण बन्न थाल्यो / उनि येसो त्यो ध्वासे लाई सम्हाल्न खोजेको जस्तो गर्थिन, ध्वासे मेरो lovely को ज्यानमा फिदा भएर उफ्री रहेको थियो /

मैले मन नलागी नलागी त्यो ध्वासे लाई येसो सुम्सुमाएर " आहा कति राम्रो, नाम के हो भनेर सोधे " उनले खै के भनिन नाम ऐले सम्झिन्न , अनि तेसरी बोलचालको सुरुवात गरे / उनले मेरो lovely को खुब प्रसंसा गरिन , मेरो lovely चै प्रसंशा योग्य नै थियिन । अनि " नया आउनु भाको हो " आदि इत्यादी धेरै कुरा सोधे । उनले friendly तरिकाले प्रतिउत्तर दियिन / मुख्य कुरा चै अलिकति फ़मिलिएर हुनु थियो , बाकी कुरा चै मेरो रुप रंग अनि पेर्सोनालिटीले गरि हाल्थियो / बस्ताबमा बाऊ आमाको gene ले गर्दा होला उमेरमा ज्यादै राम्रो थिए / स्कुलमा मात्र हो गजेडी भनेर सबै केटि तर्किने , बाहिर ठिक ठाक थिए /

सम्बन्ध अलि सुध्रिदै गयो , चिन् जान बर्दै गयो सब मेरी lovely ले गरेर , lovely ले त्यो ध्वासेको मन capture गरेकी थियिन , समय एस्तो आयो कि मेरो घर तिर पास हुदा अब ध्वासे lovely लाई खोजेर घर भित्र पस्न खोज्थियो / मैले चाहेको नि तै हो , ध्वासेले गर्दा उनि मेरो घर सम्म छिर्न थालिन / घर नजिक gym थियो, उनको नया साथी थिएनन् , gym जोइन गर्न अनुरोध गरे, मानिन अनि संगै gym नि जना थालीम/ उनि जुम्बा गर्थिन म gym / ३ वर्ष पछि मनले खाको long टर्म जाने वाला केटि भेटेको थिए , यो भन्दा पहिलेकि real girl friend ले स्कुलमा मेरो गाजा पुराण थाहा पाए पछि ditch गरेकी थियिन / ऐलेकि लाई लिएर सान्तिनो सपनानै बुनि सकेको थिए /

मध्यान्तर पुग्नु पहिले कथामा twist आयो , एकदिन उनलाई माओबादीको गाडीमा मेरो घरअगिको बाटो बाट कतै हिडी रकेहो देखे/ त्यो समय माओबादीको गाडीको नम्बर प्लेट अलि फरक खालको थुन्थ्यो सबैले चिनी हाल्ने "०००क २१" येस्तै केहि हुने / ला ! थुक्क माओबादी ठ्यौके को छोरि परि कि के हो भन्ने तनाब भयो / हाम्रो परिवार सबै कट्टर राजाबादी, माओबादी लाई आतंककारी ठान्ने , सहोदर दाजु २ ४ ओटा भिडन्तमा सामिल भएर धेरै माओबादी लाई माथि पुर्याए सक्नु भाको थियो / मेरो हिमचिम कामरेडकि छोरिसंग भाको थाहा पाउनु भयो भने त मलाई गनतान्त्रिक सहिद बनाई दिनु हुन्छ भन्ने लग्यो /

म आफै लाई पनि यी माओबादी प्रति ज्यादै घृणा थियो। कस्तो माओबादीकि छोरि पनि मैले नचिनेको भन्ने भयो/अब चिन्नु नि कसोरी अनुहार हेर्दा सलेना गोमेज़ जस्ती थिई / मैले सुने अनुसार यी माओबादी र क्रिस्टियनमा लाग्ने प्राय उत्पिरित दलित, आदिबाशी र जनजाती मात्र हुन्थे , कोहि ठकुरी, छेत्री, बाहुन माओबादीमा लागेको खासै सुनेको थिएन / येही कारण ले मैले background चेक नगरी कामरेडकि छोरि लाई दिल दिन पुगे / पछि realize भयो, माओबादीका मिलिसियापो दलित जनजाती पीछाडिएको वर्ग, यिनका टाउके नेता त छेत्री बाहुन बाहेक कोहि छैनन् / तेस्लाई इम्प्रेस पार्ने बहानामा मेरो lovely को कोमल जवानी तेस्को ध्वसे कुकुरलाई धुस्नो पार्न दिइ सकेको थिए । अब उनि संगको दोस्ती the end गर्ने सोचमा पुगे , lovely लाई नि बाहिर निस्कन प्रतिबन्ध लगाए /
तर कामरेडकि छोरिको बनाओट नै एस्तो थियो, उनि घरको छेउ आइ पुगे पछि इग्नोर गर्न सकिन्न थियो / उनले "हाइ " भनेर मन्द मुस्काए पछि मेरो उनलाई इगनोर गर्ने भिस्म प्रतिज्ञा टुटथ्यो /

फेरी एक मनले सोचे, ह्य के दुस्मनी लि राख्नु, युद्दबिराम भैसक्यो माओबादी पनि त नेपाली हुन् / अब नेपाली नेपाली लडेर काम छैन, मिल्नु पर्छ / कामरेडकि छोरि र मेरो बिहे भयो भने त टोलमा उदाहरिनिये काम हुन्छ /फेरी दाईको माओबादी प्रतिको धारणा सम्झे, अनि लाग्यो उधाहरनिये काम चै होइन बरु घर निकाला चै हुन्छ /

दिनहरु बित्दै गए, नया छिमेकि संग अलि अलि चिन जान हुन थाल्यो /मेरो पनि उनि संगको सम्बन्ध अलि गाडा हुन थालेको थियो / त्यो नया बस्तिमा ३ जना माओबादी नेताले घर किनेका रैछन / बाटोमा अलि विवाद थियो / सरकार माओबादी र काँग्रेसको, ओडा देखि केन्द्र सम्म उनीहरुकै मान्छे / बाटो फराकिलो बनाऊ भन्ने उन्किहरुको तर्क जसमा हाम्रो पनि स्वीकृति जस्तै थियो , तर अगाडिको ३ ४ जना छिमेकिले जग्गाको छेतीपूर्ति मागी राखेका थिए /

कामरेडहरुले राजनैतिक दवाब दिन थाले / कैले YCL ल्याउने , कैले कुनै नेताको फोन आउने हुन थाल्यो / बाटो बनाउने जस्तो सामुदायिक कार्यमा राजनैतिक हस्तछेप राम्रो थिएन / एक दिन ओडाको मीटिंगमा बुवाले दाई र मलाई पठाउनु भयो , बिसए उही बाटोको विवाद / त्यहाँ हाम्रो खासै भूमिका थिएन खाली मीटिंगको कोरम पुर्याउने मात्र थियो / धेरै मान्छे थिए , मेरा सम्भाभित ससुरा पनि दल बल सहित आका थिए / दाईले नदेख्ने गरि सरुरा लाई " दर्सन " टकर्याए / जिन्दगिमा माओबादी लाई नमस्ते गरेको मेरो पहिलो घटना / मैले माओबादी भन्दा नि आफ्नो सम्भाभित ससुरो लाई आदर गरेको थिए / मान्छे माया प्रेममा ज्यान फाल्चन जाबो "दर्सन " के होर भन्ने लाग्यो / बाटोको बिसाए लाई लिएर उनीहरुले अलि बढीनै पेलि रकेह थिए / माओबादीहरुले जति पेल्न खोजेनी व्यक्तिगत जग्गा बाटोमा जबर्जस्ति परिणत गर्ने कानुनी ब्येबस्था थिएन , जग्गाधनीको मन्जुरी बिना केहि नहुने भयो / मलाई चै बाटो ठुलो भयो भने आफ्नो जग्गाको भाउ बढ्ने र ससुराली को नि बाटो ठुलो हुने भएकोले राम्रै लागि रहेको थियो ।

नया छिमेकोहरु जसोरी नि बाटो बढाउनु पर्छ भनेर हाम्रा केहि रैथाने लाई निरन्तर दवाब दिई रकेह थिए / येतिकैमा मेरा आफ्नै दाईले कहानीमा अर्को twist ल्याए / जादु जुरुक्क उठेर " यी ४ आने मु** हरु हाम्लाई हेप्ने , टपरा जत्रो जग्गामा घर बनका छन् , पाखेहरु लाई २० फिटे बाटो चाहिने / २० फिटे बाटो चिहिने हो भने आफ्नै गाऊ जाने तेतै विकास गर्ने ,साला हाम्रो टोल मा आएर कराउने होइन / " हलमा अचानक सनाटा छायो । दाई फेरी जंगे " जाने होभने कानुनी बाटो जाने नत्र २ ३ जना को लास ढल्न सक्छ /"

"हेरौ त अर्काको जग्गामा कुन्चाईले जबर्जस्ति गर्दो रैछ /" म त अक्क न बक्क भए / बस्ताबमा हाम्ले त्यहाँ बोल्नु पर्ने जरुरत नै थिएन , बाऊले नि केहि नबोल्नु भनेर पठाका थिए / कामरेडले दाई लाई पुलुक्क हेरे, सायद चिनी सकेका थिए दाई को हुन् भनेर / दाई येसोरी hyperactive हुनुको कारण चै उनको माओबादी हरुप्रतिको घृणानै थियो / उनले बाटोको बिसाएमा बोल्नु भन्दा नि कामरेडहरु संगको प्रतिसोत पोख्न खोजेका थिए /

दाई जस्तो संकी मान्छे लाई उक्त मीटिंगमा लानु गल्ति थियो / मेरै अगाडी मेरा सम्भाभित ससुराको ठुलो आपमन गरे , मैले केहि बोल्न सकिन / ह्यात्तरी उनको र मेरो बीचमा येत्रो ठुलो सामाजिक खाडल थियो, दाईले त्यो खाडल अझ बिसाल बनाई दिए / मेरो परिवार बाट त यो सम्बन्ध असिकृत नै थियो अब कामरेड बुढाले नि छोरि नदिने पक्का थियो / मुला दाईको यो "४ अने " "टपरे" सब्द सुन्दा मलाई त कस्तो चस्स भाको थियो, बिचरा ति नया आका ४ आने छिमेकि हरु लाई कस्तो भयो होला भन्ने लाग्यो /

त्यो दिन कुरो मिलेन तेतिकै हिडियो, दिन फेरी बित्दै गए , कामरेडकि छोरि लाई भुलाउन सकिएन, मस्तिस्कको अंतरदोंदले सम्बन्ध अगाडी पनि खासै बडाउन सकिएन / छिमेकि परिन देख भेट भै राख्ने , पाको बेला उसको कुकुरले मेरी lovely लाई चाट चुट, छाम छुम सबै गर्थियो , आफु त्यो गर्ने मानसिक आवस्थामा पुग्न सकेको थियिन / के गर्ने गर्ने , एक कदम अगाडी फेरी अर्को कदम पछाडी येस्तै रितले सम्बन्ध बढ्न थाले / कामरेडकि छोरि लाई भुल्न लाखौ कोसिस गरे, तर भगवानले माल नै एस्तो तगडा बनाएर पठाएका थिए कि नजरअन्दाज गर्नै नसकिने /

केहि समय पछि कहानीमा अर्को twist आयो / ऐले सम्मका twist मा भुकम्पका साना तिन परकम्पन गइ राखेका थिए , ऐले चै ज्यादै ठुलो भुकम्प नै गयो / कहानी लामो छ बाकी भाग २ मा.......

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters