[Show all top banners]

AnandNepal

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Jaysmi

AnandNepal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 तपाइले सुन्नु भएको थिएन होला ... देवी सरस्वतीको कथा यस्तो छ
[VIEWED 7780 TIMES]
SAVE! for ease of future access.
Posted on 02-05-22 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(पढ्न अल्छि लाग्नेले लाष्टमा भएको भिडियो हेरे पनि हुन्छ - भिडियो मा यहिँ पोष्ट गरेको कथा वाचन गरिएको छ)

ब्रम्हाजीले भगवान विष्णुसंग सल्लाह गरेर सम्पूर्ण पृथ्वी र प्रकृतिको सृष्टि गरेका थिए। ब्रम्हाले सृटि त गरे तर, पृथ्वी सबैले देखे पनि प्रकृतिलाइ भने कसैले पनि देखेन।

"हे ब्रम्हादेव, पृथ्वी ग देखियो । तर, पृथ्वी संगै निर्माण गरेकी सुन्दरी प्रकृति त देखिएन।"

ब्रम्हाले भने, "प्रकृति एकदमै मायावी, अनौठो सुन्दरी हुन। देख्न सक्नेको लागि उनी सर्बत्र छिन। देख्न नसक्नेको लागि उनी कहीँ पनि छैनन। मायावी प्रकृति एकदमै बहुरुपिया, चन्चल र चलायमान छिन। जो कोहीलाइ पनि सजिलै मोहित पार्न सक्ने, सजिलै मोहनी लगाउन सक्ने अदभुत क्षमताकी धनी प्रकृतिले सृष्टि, स्थिति र सम्हारका सबै काममा सहयोग गर्छिन।"

ब्रम्हाले प्रकृतिलाइ बसन्त ऋतु बनाएर पृथ्विमा पठाइ दिए। जता ततै हरियाली भयो, फूलहरु फुल्न थाले, वातावरण नै मनमोहक भयो। भमराहरु उड्न थाले, पुतलीहरु रमाउन थाले। यो सबै रमाइलो दृष्य देखेर सबै प्रफुल्लित भए। तर, पनि त्यो सुन्दरता को श्रोत रहेकी सुन्दरी प्रकृतिलाई भने कसैले पनि देखेनन। त्यसपछि ब्रम्हाले पृथ्विमा प्रकृतिलाइ गृष्म ऋतु बनाएर पठाए, अनि बर्षा ऋतु बनाएर पठाइदिए। अनि शरद ऋतु बनेर आउँदा सर्बत्र खुशीयाली छायो। दशै तिहार मनाउन थाले। अनि शिशि र हेमन्त ऋतु आएपछि फेरी बसन्त ऋतु आयो।

दुइ राक्षसहरु शुम्भ निशुम्भले प्रकृति देखेनन, तेसैले उनीहरुले बसन्त ऋतुमा फुलहरु टिपेर फाल्न थाले, रुख बिरुवाका नयाँ नयाँ पालुवामा झुसिल्किरा सल्काएर ख्वाइदिन लागे, बर्षामा जुका र लुतो जस्ता रोग लाग्ने कीँटाणुहरु फैलाइदिन थाले, गर्मीमा झन गर्मि बनाउन सर्बत्र जंगलमा आगो लगाइदिन थाले, जाडोमा त पानीलाइ चिस्याएर बस्नै नसक्ने गरेर कठ्यांग्रिने बनाइदिए। ब्रम्हाले शुम्भ र निशुम्भलाइ यस्तो बदमासी गरेर दुख नदिन अनुरोध गरे। तर, उनीहरुले भने, :"हे देव, हामीलाइ प्रकृतिको महमोहक स्वरुप दर्शन गराइदिनु होस अनि हामी यस्तो उपद्रो गर्दैनौ।"

ब्रम्हाले भने, "प्रकृतिको आँफ्नो स्वरुप हुँदैन उनी त गहना जस्ती हुन, कसैले लगाएपछि मात्रै लगाउनेको स्वरुपमा मिलेर गहनाले स्वरुपमा निखारता ल्याउँछ। तेसैले प्रकृतिको स्वरुप कसैले देखाएर देखिने होइन, आँफैले अनुभव गर्नु पर्छ।"

दानवहरु नै परे, ब्रम्हाको ठुलो ठुलो कुरा उनीहरुले के बुझ्थे। उनीहरु प्रकृतिको हेर्न मिल्ने स्वरुपको दर्शन पाउन अति नै लालायित थिए। तेसैले ब्रम्हाजीले एउटा उपाय गर्ने निर्णय गरे र उनले भने, "हे शुम्भ हे निशुम्भ, म तिमीहरुलाइ प्रकृतिको दर्शन गराइ दिन्छु ल हेर। "

त्यसपछि ब्रम्हाले एक अति नै सुन्दर देवीको निर्माण गरे - चारहात भएकी सुर्यको तेज झैण तेजस्वी वर्ण भएकी, सबैतिर उज्यालो फैलाउने, कतै अंधकार हुन नदिने, हातमा पुष्तक र मालाबोकेकी, संगीत सुनाउने वीणा बोकेकी देवी।

ति देवीको मनमोहक स्वरुप देखेर ति दुइ दानवहरु मख्ख पर्दै हेरेको हेर्यै गरेर मोहनी लागेको जस्तो भएर ब्रम्हालाइ सोधे, "यिनै हुन त प्रकृति?"

ब्रम्हाले भने, "यि त सरस्वती हुन, यिनले नै प्रकृतिको स्वरुप देख्न नसक्नेलाइ ज्ञान दिएर देख्न सक्ने बनाइदिन सक्छिन, जो ज्ञान ग्रहण गर्न अस्वीकार गर्छन तिनीहरुको यिन सम्हार पनि गर्छिन। तेसैले हे असुरहरु शुम्भ र निशुम्भ देवी सरस्वती तिमीहरुकी काल हुन।"

जव सरवस्तीले बीणा बजाएर झंकार निकालीन शुम्भ र निशुम्भको कानको जालीनै फुट्ला जस्तो गरेर उनीहरु तिलमिलाए। तर यही बीणाको आवाजले सम्पुर्ण प्राणी जगतले स्वर प्राप्त गरे, बोल्न जान्ने भए।

यो कुराको कुनै परवाह नभएको तर, सरस्वतीको रुपले मोहित भएका दैत्य शुम्भ र निशुम्भ केवल उनको मोहनी रुपको पछि मात्रै लागेका थिए। उनीहरुले आँफ्ना सेनापति धुभ्राक्ष लाइ ठुलो सेना सहित सरस्वतीको बीणा खोसेर त्यसलाइ फुटाएर उनलाइ अपहरण गरेर ल्याउन भनेर पठाए।

धुभ्राक्ष र सरस्वती बिच घमासान युद्ध भयो। जव धुभ्राक्ष को केही लागेन र देवी सरस्वतिको हातबाट मारियो त्यसपछि उनको बिरुद्ध लड्न चंड र मुंड आइपुगे, चण्ड र मुण्डको पनि केही नलागेपछि रक्तबीज लड़न आयो। रक्तवीज यस्तो राक्षस थियो जसको एक थोपा मात्रै रगत जमीनमा पर्यो भने उसको अर्को रुप त्यही थोपाबाट पैदा भएर लड्न थाल्थ्यो। यसरी त्यस राक्षस एक्लै एउटा भयंकर ठूलो सैन्यको बल बराबरको थियो। यति धेरै बलवान र मायावी रक्तवीज को पनि सरस्वतीको सामुन्ने केही लागेन - उसलाइ पनि देवीले मारिदिएपछि अंत्यमा शुम्भ निशुम्भ लडन आए र देवीको हातबाट परलोक गए। यस्तो शक्तिशाली देवी बाट ब्रम्हा अति नै प्रभावित भएर उनलाइ आँफ्नो सहायक बनाएर राखे।

यसरी ब्रम्हा र सरस्वती ब्रम्हालोकमा बसेर प्रजापतिहरुको निर्माण गरे। तिनै प्रजापतिहरु बाट नै सप्तऋषिको उत्पत्ति भयो। तिनै सप्तऋषिका सन्तान हामी हौँ भन्ने बिश्वास रहेको छ। यिनै सप्तऋषिको नामबाट गोत्र बन्ने र एउटै गोत्र भित्रका मानिशरु बिच नजिकको नाता हुने भएको हुनाले बिहेवारी नचल्ल्ने बताइन्छ।

“ॐ एं सरस्वत्यै नमः”

या कुन्देन्दु-तुषार-हार-धवला या शुभ्र-वस्त्रा-वृता।
या वीणा वर-दण्ड मण्डितकरा या श्वेतपद्मासना ॥
या ब्रह्मा-च्युत-शंकर-प्रभृति-भिर्देवैः सदा वन्दिता ।
सा माम् पातु सरस्वती भगवती निःशेष- जाड्यापहा ॥१।।

विद्याकी देवी भगवती सरस्वतीको पूजा गर्ने यो सस्कृत श्लोकको नेपाली अनुवाद यस्तो हुन्छ:
कुन्दको फूल, चन्द्रमा, हिऊँ र मोतीको हार जस्तो श्वेत(सेतो) वर्ण भएकीकी, श्वेत(सेतो) लुगा लगाउँने, हातमा वीणा-दण्ड बोकेकी अनि सेतै कमल माथि बसेकी - जसरी ब्रह्मा, विष्णु, शङ्कर, प्रभृति जस्ता देवताहरु सँधै पूजित हुन्छन तिनकै सम्पूर्ण जडतत्वले बनेकी र हाम्रो अज्ञानतालाई हटाउने आमा सरस्वती, हाम्रो रक्षा गर।

शुक्लां ब्रह्म-विचार-सार-परमाद्यां जगद्व्यापिनीं ।
वीणा-पुस्तक-धारिणीम-भयदां जाड्यांधकारपहाम् ।।
हस्ते स्फाटिकमालिकां विदधतीं पद्मासने संस्थितां ।
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम् ।।२।।

नेपाली अनुवाद:
शुक्ल(सेतो सफा)वर्ण वाली, सम्पूर्ण चराचर जगत्‌मा व्याप्त, आदिशक्ति, परब्रह्मको विषयमा गरिएको विचार एवं चिन्तनको सार रूप परम उत्कर्षको धारण गर्ने, सबै भयहरूबाट भयदान दिने, अज्ञानलाई अँध्यरोलाई मेटाउने, हातमा वीणा, पुस्तक र स्फटिकको माला धारण गर्ने र पद्मासनमा विराजमान्‌ बुद्धि प्रदान गर्ने, सर्वोच्च ऐश्वर्यले अलङ्कृत, भगवती शारदा (देवी सरस्वती)लाई म वन्दना(पुजा) गर्दछु ।

सरस्वती माया दृष्टा वीणा पुस्तक धारिणी।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे॥१।।
प्रथमं भारती नाम द्वितीयं च सरस्वती।
तृतीयं शारदा देवी चतुर्थं हंसवाहिनी॥२।।
पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा।
सप्तमं चैव कौमारी चा‌‌‍‍‍‌ऽष्टमं वरदायिनी॥३।।‌‍‌‌
नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारणी।
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी॥४।।
द्वादशैतानि नामानि त्रिसन्ध्यं यः पठेन् नरः।
जिह्वाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती॥५।।

https://youtu.be/MI-nAY7bGvs
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters