[Show all top banners]

Srijana 12
Replies to this thread:

More by Srijana 12
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 India is a place where Dead people Live
[VIEWED 12963 TIMES]
SAVE! for ease of future access.
Posted on 01-12-11 7:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पर्वतको बाच्छा गाविसमा जन्मेको हुँ । अहिले ३७ वर्षको भएँ । परिवारसहित पोखराको बैदाममा बस्दै आएको १५ वर्ष भयो । घरमा अहिले बाआमा, श्रीमती, एक छोरो र एक छोरी छन् । बुबा क्याप्टेन गोपाल श्रेष्ठ भारतीय सेनामै हुनुहुन्थ्यो, त्यसैले म बाल्यकालमा कहिले भारत र कहिले नेपालमा पढेँ । १३/१४ वर्षको हुँदा बाबासँगै भारत गएँ र सिलोङमै १० कक्षामा पढ्दै गर्दा सन् १९९४ मा त्यहीँबाट भारतीय सेनाको ७/८ जिआर पल्टनमा भर्ती भएँ । २२ वर्ष नोकरी गरेर पेन्सन आउनुपर्ने भए पनि त्यतिन्जेल पर्खन मन भएन । त्यसैले पि्रमेच्योर पेन्सन (अपरिपक्व निवृत्तिभरण) मा आउने निर्णय गरेँ र १७ वर्ष काम गरेको पल्टनबाट राजीनामा दिएँ ।

खासमा मैले विदेश जाने मनस्थिति बनाएको थिएँ, खाडी वा अन्त कतै । राजीनामा स्वीकृत पनि भयो । १७ वर्षे जागिरबाट बिदा भएर पेन्सनमा बस्न कागजपत्र मिलाएर म देश र्फकंदै थिएँ । त्यो दिन थियो- २ सेप्टेम्बर सन् २०१० । मौर्य एक्सप्रेसको रेलमा म ५ बजे राँचीबाट गोरखपुर आउँदै थिएँ । राति साढे ११ तिर होहल्लाले बिउँझेँ । पश्चिम-बंगालको चित्रनजंग जंगलमा ४०/४५ जनाको डाँकाले ट्रेन रोकेर लुटपाट गर्न लागेका रहेछन् । आधा घन्टा जतिपछि म बसेको डिब्बामा आइपुगे । मलाई तिनीहरूले 'पैसा दो, ल्यापटप दो, मोबाइल दो, जो कुछ है दे दो' -पैसा दे, ल्यापटप दे, मोबाइल दे, जे सामान छ सबै दे) भने । मैले 'किन दिने ?' भनी प्रतिप्रश्न गर्दा एउटा लुटेराले मेरो गालामा एक थप्पड हान्यो । मैले भनेँ- तुम ने फौजी पे हात उठाया, ये गलत किया (तैले फौजी मान्छेमाथि हात लगाइस्, यो ठीक होइन) । झोँक चल्यो, मैले उठेर दनादन दिन (पिट्न) थालेँ । ८/१० जना लुटेरालाई त बक्सिङ हानेरै ढलाएँ ।

त्यसको दुई मिनेट जतिपछि ३०/३५ जनाजति लुटेरा म बसेको डिब्बामा पसे । मलाई लाग्यो- बेकारमा हात हालिएछ, अब म खत्तम हुने भएँ । मलाई लुटेरा यति धेरै होलान् भन्ने लागेको पनि थिएन । हात त हालिहालियो, अब आइलागे जाइलाग्नुपर्छ भन्ने सोचेँ । पछि आएका लुटेराले फेरि मसँग भएको सामान मागे । त्यही वेला मैले पिटेर लडाएकामध्ये एकले 'ये फौजी है, लफडा कर सकता है, छोड दो (यो फौजी मान्छे रैछ, नमाग, यसले लफडा गर्न सक्छ) भन्यो । त्यसपछि 'इसको छोड दो' (यसलाई छोड) भन्दै उनीहरू गए ।

म ट्रेनको ४७ नम्बर सिटमा बसेको थिएँ । मलाई छाडे पनि लुटेराले अरूलाई चाहिँ लुटिरहेका थिए । म बसेको डिब्बाको ५१ नम्बर सिटमा १७/१८ वर्षकी जस्ती देखिने पन्जाबी केटी आफ्ना बाआमासँग थिइन् । दुई मिनेट जतिपछि लुटेराहरूले उनीहरूका सबै सामान लुटे । त्यसपछि ती केटीलाई जबर्जस्ती गर्न खोजे । उनलाई 'कपडा उतारो' (लुगा खोल) भने । युवतीले रुँदै 'हमारे पास जो था, दे दिया, अब ऐसा क्यों करते हो ? (हामीसँग भएको सबै दिइसक्यौँ, अब किन यसो गर्छौ ?) भनिन् । उनीहरूबीच दुई मिनेट जति भनाभन भयो । त्यतिन्जेल मैले केही बोलिनँ । त्यसपछि एक लुटेराले 'बक्बास मत करो' (बेकारको हल्ला नगर्) भन्दै केटीलाई समायो र उसको अगाडिको भागको कपडा च्यातिदियो । फिल्ममा जस्तो दुईजनाले खुट्टा र दुईजनाले हात समाते । कुरा बुझियो- केटीलाई उनीहरूले बलात्कार गर्न खोजे । ती केटी 'भैया मुझे बचाओ, बचाओ' (दाइ, मलाई बचाऊ-बचाऊ) भनेर रुन थालिन् । सुरुमा त म उनको कुनै भैया (भाइ वा दाइ) रैछ कि भनेर अकमक्क परेँ । पछि ती केटीले 'आर्मी भैया, मुझे बचाओ' (सैनिक दाइ, मलाई बचाऊ) भनिन् । मैले भारतीय सेनाको टिसर्ट लगाएको थिएँ । मैले बल्ल बुझेँ, उनले मसँग गुहार मागेकी हुन् । मेरो स्वाभिमान जाग्यो । आँखै अगाडि एउटी बहिनीको बलात्कार भएको त कसरी हेर्नु गाँठे ? हुन त ती केटीलाई मैले चिनेको पनि थिइनँ । ती मेरी बहिनी पनि थिइनन् । तर, ती कसैकी बहिनी र कसैकी छोरी त थिइन् नि ।

मैले झोलाबाट सीधै खुकुरी निकालेँ । केटीले गुहारेपछि लुटेराहरू पनि मप्रति सतर्क थिए र मलाई आक्रमण गर्न लागेका थिए । मैले लुटेरामध्येको एकलाई च्याप्प समातेँ र उनको घाँटीमा खुकुरी राखेँ । 'कोई आगे मत आना, नहीँ तो मार दुंगा' (कोही अगाडि नआऊ नत्र यसलाई मारिदिन्छु) भनेँ र उसलाई ढाल बनाएँ । केहीबेर त लुटेराहरू चुप लागे तर पछि 'उसको जो करेगा तु भी वही भुगतेगा' (उसलाई जे गर्छस्, तैँले पनि त्यही व्यहोर्छस्) भनेर धम्क्याए ।

मैले त्यसलाई अघि सारेँ र खुकुरी घुमाउँदै म पछि उभिएँ । त्यसो गर्दै अलि अघि बढेँ र बलात्कार गर्न लागेको ठाउँमा पुगेँ । एउटा लुटेरा केटीको कपडा तान्दै थियो, मैले त्यसको गर्धनमै खुकुरी हानेँ । त्यसपछि केटीको हात र खुट्टा तानिरहेकाहरू अघि आए । मैले अन्धाधुन्ध खुकुरी नचाएँ । मलाई कहाँ के भयो, केही थाहा थिएन । ती केटीलाई बचाउनेबाहेक मैले अरू केही सोचेको पनि थिइनँ । पछि पो थाहा पाएँ, बलात्कार गर्न खोज्नेमध्ये तीनजना मरेछन् र छ/सातजना घाइते भएछन् ।

मैले सोचेँ, अब हल्ला मच्चाउनुपर्छ र बाँकी लुटेरालाई डर देखाउनुपर्छ । मैले जथाभावी खुकुरी नचाएँ र अन्धाधुन्ध लात्ती हानेँ । अचानक केटी आएर 'भैया, आपने बुझे बचाया' (दाइ, तपाइर्ंले मलाई बचाउनुभयो) भनेपछि म झसङ्ग भएँ । त्यतिवेलासम्म म एक्लै लडेको थिएँ । डिब्बाका कसैले पनि मलाई सघाएनन् । लुटेराहरू साँच्चिकै डराएछन् । ती आफ्ना मरेका साथी र घाइते साथीलाई लिएर भागेछन् । लडाइँ बढीमा ४०-४५ मिनेट चल्यो होला । लुटेरा भागेपछि शान्ति छायो ।

केटीले मलाई 'आप सचमुच बहादुर आदमी हो' (तपाइ साँच्चै नै बहादुर पुरुष हुनुहुँदो रहेछ) भनेर प्रशंसा गरिन् । अहिलेसम्म रमिते भएका डिब्बाका अरू मान्छेले पनि मेरो हाईहाई गरे । त्यतिवेलासम्म ट्रेन जंगलमै थियो । त्यसको आधा घन्टा जतिपछि दुईजना आए, यात्रुजस्तो भएर । तिनले मलाई दाव (खुँडा) ले देब्रे नाडीमा हिर्काए अनि भागे । ती लुटेरा रहेछन् । मैले तिनीहरूलाई पछ्याउँदै थिएँ तर डिब्बामा भएका अरू यात्रुले रोके । मैले तिनीहरूलाई उतिवेलै झापड दिन खोजेको थिएँ तर दावको चोट खाइसकेको हात उठ्नै सकेन ।

२०/२५ मिनेटपछि बल्ल रेल चल्यो र एक, डेढ घन्टापछि चित्रनजंग स्टेसनमा आइपुग्यो । त्यहाँ यात्रुले चेन तानेर रेल रोके । त्यसपछि ती केटीले बाहिर निस्केर हंगामा मच्चाइन् । उनले मलाई उपचार र रेलवे क्षतिपूर्ति दिनुपर्छ भनेर चिच्याइन् । रेलका यात्रुले पनि त्यसमा सहमति जनाए । उनीहरूले साथ दिएका कारण मैले कानुनी झन्झट पनि भोग्न परेन । रेलवे पुलिसको गस्ती टोलीले घटनास्थलबाट दुई सय मोबाइल, १५/२० वटा सुनको सिक्री, सात लाख जति नगद र २० वटा ल्यापटप अनि ६/७ जना लुटेरा समातेछ । मैले पछि थाहा पाएँ ।

त्यही रेलवे अस्पतालमा मेरो प्राथमिक उपचार भयो र हातमा नर्मल प्लास्टर गरियो । त्यो रात म अस्पतालमै बसेँ । कताबाट हल्ला भएछ कुन्नि, राति तीन बजेतिर भारतीय टेलिभिजन र पत्रिकाका पत्रकार ओइरिए र मेरो अन्तर्वार्ता लिन थाले । म अस्पतालमै हुँदा मेरो कमान्ड अफिसरको फोन आयो । 'आप ने बहुत अच्छा किया, अच्छी टि्रटमेन्ट करना, मैं डाक्टर से बात करता हुँ' (तपाइले एकदमै राम्रो काम गर्नुभयो । राम्ररी उपचार गर्नुहोला । म डाक्टरसँग कुरा गर्छु) भन्नुभो । त्यही वेलादेखि मलाई एक अफिसर र ६ जना जवान सुरक्षाका लागि सेनाले खटायो भने रेलवेले दिएको सेनाले म बसेको अस्पताल पूरै घेरे । म बसेको बेडमा पनि एक अफिसर र ६ जना सुरक्षाका लागि खटाइए ।

डाक्टरले मेरो हातमा भएको घाउको चेकजाँच गरेपछि अप्रेसन गर्न नपर्ने बताए । म त्यस अस्पतालमा दुई दिन बसेँ । मेरो हातको हड्डी र नसा काटिएको थियो । त्यस अस्पतालमा नसाको डाक्टर नभएपछि त्यसको तीन दिनपछि एक अफिसर र ६ जवानसहित मलाई कमान्ड अस्पताल कलकत्तामा उपचारका लागि लगियो । अप्रेसनपछि म एक महिना त्यही अस्पतालमा बेड रेस्टका लागि बसेँ । म बसेको अस्पतालमा सोही राज्यका रेलमन्त्री आएर मलाई भेटेका थिए । मेरो सो बहादुरी काम देखेर भारतीय सेनाले मेरो राजीनामा फिर्ता लिई पुनः मलाई काममा बोलायो र उपचारपछि अक्टोबर ५ तारिखमा अफिसरले मलाई डेढ महिनाको घरबिदा दिई दुई गार्डसहित घर पठाए ।

७ तारिखमा म मेरो घर पोखरा आएँ र मसँग आएका दुई गार्डलाई भारत फर्काइदिएँ । नोभेम्बर १६ मा अफिसमा हाजिर हुनुपर्ने थियो । त्योभन्दा पहिले नोभेम्बर १० मा पल्टनबाटै दुईजना सुरक्षागार्ड मलाई लिन आए । म उनीहरूसँगै कोलकाताको कमान हस्पिटल गएँ र चेकजाँज गराउन १५ दिन त्यहीँ बसँे । त्यसपछि म पल्टनमा हाजिर हुन गएँ र १६ दिन पल्टनमा बसेँ । त्यहीवेला पल्टनमा सैनिक सम्मेलन गरी ५० हजार इनाम, चाँदीको खुकुरी, ब्लेजर, कोट र पाइन्ट मलाई उपहार दिइयो । पुस १ गते फेरि म एक महिनाको घरबिदा लिएर नेपाल आएँ । त्यो वेला पनि दुईजना गार्ड मेरा साथमै आएका थिए । अब म आउँदो शनिबार माघ १ गते पल्टनमा हाजिर हुन जाँदै छु । मलाई मेरो बहादुरी देखेर सेनाको हेडक्वार्टरमा तीनवटा बहादुरी मेडल शौर्य चक्र, बे्रेभरी अवार्ड, सर्वोत्तम जीवन रक्षा मेडलका लागि सिफारिस गरिएको छ । मैले २६ जनवरी वा १५ अगस्टमा यी पदक पाउने सम्भावना पनि छ ।
http://www.nayapatrika.com/newsportal/desh/20610.html

Last edited: 12-Jan-11 07:41 AM

 
Posted on 01-12-11 8:17 AM     [Snapshot: 33]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Interesting and great job!
Salute for Gorkhali soldier
 
Posted on 01-12-11 8:40 AM     [Snapshot: 64]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I guess we still have few brevity left on us. Daya haathle salaam garla, salaam gar!!

By the way the thread title is confusing.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters