[Show all top banners]

hundari
Replies to this thread:

More by hundari
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

hundari
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Pankaj Once again
[VIEWED 9705 TIMES]
SAVE! for ease of future access.
Posted on 12-01-09 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

it was published in dc nepal dot com yesterday...........


अमेरिकाको टेक्सास राज्यबाट चिट्ठाको रकम ठगी गरी फरार एक युवाको काठमाडौंमा नेपाल प्रहरीले खोजी थालेको छ । प्रहरीका अनुसार, रकम ठगी गर्ने डिल्लीबजार निवासी २५ वषर्ीय पंकज जोशी हुन् । प्रहरीले जोशीको खोजी गर्न उनको काठमाडांैस्थित घर, आवातजावत गर्ने सम्भावित स्थानमा निगरानी बढाएको छ ।

जोशीले ६७ वषर्ीय अमेरिकी महिला विलिजलाई परेको चिट्ठा झुक्याई ७ लाख ५० हजार अमेरिकी डलर -पाँच करोड पैंसट्ठी लाख) आफ्नो हात पारी बैंकमार्फत् नेपाल पठाएका थिए । पछि आफू पनि अमेरिकाबाट बाहिरिएका थिए । मेगा मिलियन्स, मेगा पिलर नामको चिट्ठाको विजेताले दस लाख डलर (सात करोड ५० लाख) पाउने गर्छन् ।

जोशी युनिभर्सिटी अफ टेक्सासमा पढ्दै लक्की फुड स्टोरमा विगत पाँच वर्षदेखि अफिस क्लर्क पदमा कार्यरत थिए । उनले स्टोरमा बसिरहेको बखत चिट्ठा पर्‍यो परेन भनी जाँच गर्न आएकी अमेरिकी महिलालाई जोशीले कप्म्युटरमा जाँच गर्दा प्रथम उपहार परेको देखेपछि उनलाई नपरेको जानकारी दिँदै चिट्ठा फुत्काउन सफल भएका थिए ।

अमेरिकी राजदूतावासले हालै अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय र राष्ट्र बंैंकलाई लिखित पत्राचार गरेपछि त्यससम्बन्धी अनुसन्धान हाल महानगरीय अपराध महाशाखा र राष्ट्र बैंकका अधिकारीहरूले गरिररहेका छन् । 'सम्बन्धित निकायबाट अनुसन्धानका लागि आग्रह भएपछि महानगरीय अपराध महाशाखालाई अनुसन्धान गर्न निर्देशन दिएका छौं, प्रहरी प्रधान कार्यालय, अपराध विभागका प्रमुख एआईजी प्रकाश कुँवरले कान्तिपुरलाई भने । 'अभियुक्तले अमेरिकाबाट नेपालमा पठाएका रकम कुन कुन बैंकमा राखेको छ ? भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।'

घटनाबारे विस्तृत विवरण पाएपछि अनुसन्धान महाशाखाले जोशीको आपmनै नाममा रहेको खाता र शंकास्पद अन्य आफन्तका खाताहरू रोक्का राख्न राष्ट्र बैंकलाई अनुरोध गरेको छ । प्रहरीको अनुरोधमा राष्ट्र बैंकले विभिन्न बैंकका झन्डै आधा दर्जन खाता रोक्का राखेको थाहा भएको

छ । अनुसन्धानमा संलग्न अधिकृतका अनुसार रोक्का राखेका अघिकांश खातामा आकस्मिक रूपमा ठूलो रकम जम्मा भएको देखिन्छ । जोशीकै नाममा भने उनकी दिदी काम गर्ने आईसीएफसी बैंकमा पनि ठूलो रकम जम्मा भएको देखिन्छ । 'अमेरिकाबाट भागेलगत्तै नेपालमा जोशी र उनको आफन्तको नाममा जम्मा भएका अधिकांश ठूला रकमको हामी खोजी गरिरहेका छौं,' महाशाखाबाट अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, 'केही रकम भेटिए पनि आधाभन्दा बढी रकम अझै फेला पर्न सकेको छैन ।' नेपालको बैंकमा जम्मा भएको रकम प्रहरीले अनुसन्धान थाल्नुअघि नै निकालेर अभियुक्त जोशीले केही स्थानमा जग्गा खरिद गरिसकेको हुनसक्ने आशंका प्रहरीको छ ।

राष्ट्र बैंक र प्रहरीका अधिकारीहरूले उपत्यका मातहतका तीनै जिल्लाका मालपोत कार्यालयलाई पत्राचार गरी पंकज जोशी र उनका आफन्तका नाममा केही समययता जग्गा खरिद भएनभएबारे हेर्न आग्रह पनि गरेको थाहा भएको छ । 

अभियुक्त जोशीलाई काठमाडौं प्रहरीले भेटाउन नसके केही दिनभित्रै उनका नाममा अमेरिकी सरकारले अन्तर्राष्ट्रिय प्रहरीको सन्जाल( इन्टरपोल) बाट 'रेड कर्नर नोटिस' जारी गर्ने भएको छ ।

इन्टरपोलको नोटिस जारी भएपछि फरार अभियुक्त जोशी नेपालमा नभए उनलाई जुनसुकै देशको प्रहरीले पक्राउ गरी अमेरिकी प्रहरीलाई बुझाउने छन् । जोशीलाई अमेरिकी प्रहरीले भेटाए त्यहाँको कानुनअनुसार बिगो फिर्ता गराई बीस वर्षसम्म जेल सजाय गर्न सक्छ । 

Last edited: 01-Dec-09 09:22 AM

 
Posted on 12-01-09 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

why are you posting this news again? this article smeels like bashi pauroti, post
some joke, insights or something else. 

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters