[Show all top banners]

sajha_addict

More by sajha_addict
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सत्य र भ्रम
[VIEWED 9144 TIMES]
SAVE! for ease of future access.
Posted on 02-28-10 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भीष्म उप्रेती

हामी कति सत्य बाँच्छौँ र कति भ्रम बाँच्छौँ जीवनमा ? अथवा हामीलाई बाँच्न कति सत्य र कति भ्रम चाहिन्छ ? म यिनै प्रश्नहरूको वरपिर िघुमिरहेको छु कति दिनदेखि । यसै प्रश्नको अल्झोमा अल्झन पुगेको छु र यो प्रश्न झन्झन् गहिरँिदै गएको देखेर झन्झन् अलमलिन थालेको छु । कहिलेकाहीँ त लाग्छ, म व्यर्थै यस्ता गहिरा र नचाहिँदा विषयहरूमा फसिरहेको छु । तर के गर्नु, यो फस्नु र निस्कनु आफूले चाहेर मात्र हुने विषय नभएपछि ।

जीवनमा एक ठाउँमा उभिएर एउटा सत्य स्वीकारेको तथ्य अलि पर पुगेर हेर्दा अर्कै देखिँदो रहेछ । अझ अलि पर गएर हेर्ने हो भने दृश्यको अर्कै पाटो देखिँदो रहेछ- झन् अर्को सत्य । यात्रामा हिँडेको यात्रुले हिँड्दाहिँड्दै दृश्यचित्र बदलिँदै गएर रोमाञ्चकता थपिएजस्तो जीवन पनि उमेरको प्रवाहमा बगेर जतिजति पर पुग्छ, त्यतित्यति नै सत्यको रूप, आकार र अर्थ बदलिँदो रहेछ । यात्रा अर्थपूर्ण लागेजस्तै जीवन पनि झन्झन् रोमाञ्चक र अर्थपूर्ण लाग्दै जाँदो रहेछ । यो लाग्नुचाहिँ जीवनमा लागूजस्तै रहेछ । यो लागिरहन्छ एकोहोरो र हामी भ्रमलाई सत्य र सत्यलाई भ्रम ठानेर त्यसैत्यसै मक्ख पररिहन्छौँ, रुन्छौँ, झगडा गर्छौं र दौडन्छौँ, रमाउँछौँ ।

यसरी सत्य र भ्रमका सम्बन्धका बारेमा गहिरनि थालेपछि कहाँनेर सत्य सकिन्छ र भ्रमको प्रारम्भ हुन्छ अथवा कतिबेला भ्रमको अन्त्य हुन्छ र सत्यको प्रकाश आलोकित हुन थाल्छ भनेर विचार गर्न थालेको छु । कहाँकहाँ सत्य र भ्रम दुवै सँगसँगै हिँड्छन् र कहाँ ती दुवै मिसिएर एकाकार हुन्छन् भनेर समेत सोच्न थालेको छु । यसरी जतिजति सोच्तो रहेछु, त्यतित्यति नै अलमलिएर भुमरीमा घुमिरहेको लागिरहेको छु । भ्रम र सत्यको बीचमा त्यस्तो स्पष्ट सीमारेखा देख्दिनँ । तर, हामी यात्रुहरू भने यात्रामा हिँडिरहँदा कहिले बीचबाट, कहिले अलि दायाँ ढल्कँदै र कहिले अलिअलि बायाँतिर पनि ढल्कँदै हिँड्छौँ क्यार !

जीवन अनुभवहरूको संग्रह हो भनेर मैले आजसम्म मानिआएको छु । अनगिन्ती विषयहरू छन् जीवनमा, जसलाई हामी जान्न चाहन्छौँ निरन्तर । अनगिन्ती कुराहरू छन् जीवनमा जसलाई हामी भोग्न चाहन्छौँ, कसैगरी र अनगिन्ती रङहरू छन् जीवनमा, जसमा हामी रङ्गीन चाहन्छौँ सधैँभरि। यही चाहनालाई मैले भोक पनि भनेको छु अर्को कुनै निबन्धमा । यसैले मान्छेलाई उफार्छ, थेचार्छ, दौडाउँछ र भगाउँछ । भाग्दाभाग्दै, उपि्र“mदाउपि्र“mदै, रमाउँदारमाउँदै र दुःखी हुँदाहुँदै जीवन त फेर िछोटिँदै जान्छ र सकिन्छ एकदिन । हामी त केही पनि पत्तै पाउँदा रहेनछौँ । मोह हाम्रा नजरहरूमा आएर कसरी बस्ने रहेछ भने हामी त केवल त्यसैलाई मात्र देख्ता रहेछौँ र जीवनभर िअरू केही नभनेर त्यसैको पछि मात्र लाग्दा रहेछौँ पुतलीहरू लालटिनको वरपिर िझुम्मिएजस्तो । तर, पाँच फुट जमिन र एक भारी दाउरा जीवनको अन्तिम सत्य भएको धेरैपल्ट देखेपछि बादल फाटेर नीलो आकाश देखेजस्तो हुन्छ कहिलेकाहीँ । त्यसबेलामा बडो गम्भीर र भावुक बन्न पुग्छु । त्यसैबेलामा मनले ज्ञान, विवेक र मस्ितष्कलाई बडो निरीह बनाइदिन्छ, त्यो अनुभव पनि गरेको छु । कतिपय यस्ता अवस्थाहरू पनि आउँदा रहेछन् जीवनमा, जतिबेला जीवनभर िकठोर परश्रिम, सीप र रुपियाँ खर्चेर आर्जेको ज्ञान र विवेक, मन र भावनासँग पराजित भइदिँदा रहेछन् । यस्तो बेलामा कुन बलियो हो जीवनमा अनि कुन कति सत्य हो भन्नेबारेमा अलमल उत्पन्न हुने रहेछ विद्वान् पण्डितहरूमाझमा पनि ।

एक वर्षअगाडिको कुरा हो, तीन वर्ष पुगेको मेरो छोरो जाडोको याममा हिटर तापेर बसिरहेको थियो । उसले एकाएक मलाई बोलायो, "बाबा !"

मैले ऊतिर ध्यान मोडेँ । उसले भन्यो, "तपाईं र आमा खाटबाट कहिल्यै पनि नखस्नूस् है !"

उसको कुराले मलाई स्तब्ध बनायो । म एकाएक चरम भावुकताले भरएिँ । उसले कति धेरै आशा र माया भरएिका नजरले मलाई हेररिहेको थियो । मैले पनि गला भरएिर आँसुले भिजेका आँखाले उसलाई हेरेँ ।

कुरा के थियो भने, २०६५ सालको साउनमा मेरी हजुरआमा बित्नुभयो । मैले तुरुन्त झापा जानुपर्ने भयो छोरालाई यहीँ छोडेर । घर जाने तयारी गर्दैगर्दा उसले सोध्यो, "झापाको घरमा किन जाने बाबा ?"

मैले सत्यलाई अलिकति जामा लगाइदिएर भनेँ, "मेरी हजुरआमा खाटबाट खसेर भगवान्को घर जानुभयो ।"

"तपाईंकी हजुरआमा कि मेरी हजुरआमा ?" उसले फेर िसोध्यो ।

"तिम्री होइन, मेरी हजुरआमा," मैले भनेँ ।

"डाक्टरकामा लानू न त !" उसले एकदम निर्दोष पाराले भन्यो ।

"डाक्टरकामा लानु पर्दैन बा, अब भगवान्कैमा बस्नुहुन्छ," मैले भनेँ । उसले बुझेन । त्यसैले सोध्यो, "कहिले आउनुहुन्छ त ?"

"अब कहिल्यै आउनुहुन्न छोरा," यति बोली सक्दा मेरो गला भरयिो । मैले अरू बोल्न सकिनँ । उसलाई काखमा राखेर सुम्सुम्याएँ । ऊ गम्भीर भएर कतै हराएजस्तो देखियो । बस्, कुरा यति नै हो । उसले सोच्यो होला, उसका बाबुआमा पनि खाटबाट खसे भने भगवान्को घर जानेछन् । उसलाई छाडेर, फेर िकहिल्यै र्फकने छैनन् । ममताको सागर कसरी उर्लेर भरएिको होला उसको छातीमा यतिबेला, विछोडको रत्तिmतापूर्ण त्रासले कति डराएको होला ऊ, कति निस्सासियो होला कल्पनैमा पनि । र, यसरी उमेरभन्दा कति हो कति ठूलो कुरा गर्‍यो उसले ।

छोरो जवाफको प्रतीक्षामै रहेकाले उसलाई विश्वस्त पार्न सुम्सुम्याउँदै भनेँ, "हुन्छ बाबु, हामी कहिल्यै पनि खाटबाट लड्दैनौँ ।"

यसपछि अवोध छोरो त ढुक्क भयो तर मेरो मनभित्र भने ठूलो आँधी-तुफान उठ्यो । मैले माथिमाथि उक्लँदै गरेको आफ्नो उमेर र एकदिन जानैपर्ने बाध्यता पनि सम्भे“m । गला अवरुद्ध भयो । भावनाले थिचिएर बसिरहेँ धेरैबेर त्यत्तिकै । यस्तो अवस्थामा विचार र दर्शनहरू आपै“mआपै“m पराजित हुँदा रहेछन् र भावना र संवेदनाहरू विजेता भएर माथिमाथि उठ्ता रहेछन् । भावना र संवेदना भन्ने कुरा मानिसले आप“mैसँग लिएर आएको हुन्छ तर विचार, ज्ञान र दर्शन भने मानिसले प्रयत्नले, मिहिनेतले र प्रतिभासमेतको प्रयोगले प्राप्त गरेको विषय भयो । त्यसैले बाहिरबाट प्राप्त गरेका र थोपरएिका यस्ता ज्ञान, दर्शन र विचारहरूलाई हामीभित्रै रहेका र प्राकृतिक रूपले नै हासिल गरेका संवेदना र भावनाजस्ता हार्दिक पक्षले सजिलै पराजित गरििदँदा रहेछन् । मान्छे उमेरले वृद्ध पनि हुन्छ र एकदिन उमेर पुगेपछि जान्छ भन्ने स्वाभाविक सत्यलाई हामीले नबुझेको कहाँ हौँ र ! तर, जब पर्छ आफूलाई, त्यसबेला त्यो ज्ञान र विचार भन्ने कुरा त कहाँ जाँदो रहेछ कहाँ, आफूलाई साथ दिने त तिनै संवेदना, भावना र भावुकता मात्रै रहेछन् । ती जब आफूभित्रैबाट उम्लेर र बढेर आउँछन्, ती यसरी आउँदा रहेछन्, जसरी मध्य बर्खामा अविरल वषर्ापछि नदीमा बाढी आउँछ र त्यसले दायाँबायाँको सम्पूर्ण वस्तुहरूलाई सोहोरेर बगाएर लैजान्छ । बाहिरबाट ल्याइएको, टाँसिएको र थोपरएिको कुराले आफू सज्जित, सुन्दर र विद्वत् लागे पनि ती पूर्ण सत्यका स्वरूप होइन रहेछन् । ती त आंशिक सत्य मिसिएका भ्रमहरू रहेछन् । त्यसैले ती आँसुसँगै, संवेदना र भावनासँगै बगेर जाँदा रहेछन् । मान्छे भन्नु पनि वास्तवमा यिनै भावना, संवेदना नै रहेछ भन्ने पनि लाग्न थालेको छ, अचेल ।

यसरी भावना उडेर कहाँकहाँ पुग्छ । म भने भ्रमैभ्रमले भरएिको जीवनको नांगो सत्यले डामिएर दुख्छु । तर, फेर िपनि समय त रोकिँदैन । समय भनेको सत्य पनि हो सायद । समय गतिवान हुँदा सपनाले अङ्कुराउने ठाउँ पाउने रहेछ । सत्यजस्तै लाग्ने, भइहाल्छ, बनिहाल्छ र पुगिहाल्छजस्तो मीठो लाग्ने र केही उपलब्धि प्राप्त भइहालेमा त्यही नै सधैँलाई होजस्तो पनि लाग्ने भ्रमको मीठो इन्द्रेणी पनि सँगसँगै आइहाल्दो रहेछ । यही 'मीठो'मा हामी फेर िबरालिँदा रहेछौँ र भ्रमित भइहाल्दा रहेछौँ ।

शरीरको परविर्तनलाई कतिपय सन्दर्भहरूमा मनले स्वाभाविक स्वीकार्दैन रहेछ । आहानै छ नि, 'आँखा लोभी मन पापी !' उमेरले नेटो काटिसक्दा पनि मन भने १८/२० वर्षकै भइरहन चाहन्छ । यस्ता अनेकौँ विरोधाभासहरू छन् जीवनमा । सभ्यता र संस्कृतिका स्थापत्यहरूका बीचमा, सामाजिक साँधसिमानाका बीचमा, उमेरको निरन्तर उकालो चढाइको बीचमा पनि आँखा लोभी मन पापी भइन्जेलसम्म यो विरोधाभासको भण्डार झन्झन् बढ्दै र भरँिदै जाँदो हो । त्यसैले जीवनलाई अनुभवहरूजस्तै विरोधाभासहरूको पनि संग्रह हो भन्न मन लाग्छ कतिकति बेलामा ।

सम्झन्छु, सत्य त एकदम जर्जर, एकदम सुक्खा र एकदम कठोर हुन्छ, भयाक्रान्त गराउने । त्यसैले मान्छेहरूले सत्य तीतो हुन्छ भनेका होलान् । मान्छेहरू त्यसैले सत्यसँग भाग्न चाहने होलान् । तर, भ्रमसँग त अनेकौँ रूपरङहरू हुन्छन् । त्यसैले त्यसलाई इन्द्रेणी भनेँ । भ्रमसँग अनेकौँ नाटकीयताहरू र अनेकौँ मोहनी आकर्षणहरू हुन्छन् । ती गुलिया हुन्छन्, ती हरयिा, नीला, राता, पहेँला, गुलाबी, बैजनी र अरूअरू पनि हुन्छन् । वास्तवमा तिनैले हामीलाई सत्यले थिचिरहेको बेलामा पनि बाँच्ने कला सिकाउँदा रहेछन् र नाङ्गो र कठोर सत्यको गह्रौँ बोझलाई समेत हलुका बनाइदिँदा रहेछन् । हामीसँग 'माया'हरू छन् । त्यसैले हामी हिँड्दाहिँड्दै पनि, जाँदाजाँदै पनि, बन्दाबन्दै पनि र भत्कँदाभत्कँदै पनि रमाइरहेका हुन्छौँ । थकाइ र गुनासाहरूका बीचमा पनि धेरै त सन्तुष्ट नै हुन्छौँ । कहिलेकाहीँ मनमा कुरा खेल्छ, जीवनमा भ्रम नभइदिएको भए जीवन कस्तो हुन्थ्यो होला । जीवन जीवन रहन्थ्यो होला र ! आज हामीले भन्ने गरेको जीवनमा त अनेकौँ कमला र बग्ने तरल कुराहरू पनि छन् ।

सत्य एक्लो रहेछ, नितान्त एक्लो । सत्य एक्लो भएर नै कहालीलाग्दो पनि भएको होला । एक्लो भएर नै कठोर र कुरूप पनि भएको होला । यस दुनियाँमा एक्लो आउनु पहिलो सत्य र एक्लो जानुचाहिँ अन्तिम सत्य रहेछ । यसबीचमा अनेकौँ रंगीन भ्रमहरूसँग अनेकौँ किसिमले खेल्दा रहेछौँ, अनेकौँ किसिमले जम्काभेट गर्दा रहेछौँ र तिनलाई अनेकौँ किसिमले भोग्दा पनि रहेछौँ । जितेको अथवा हारेको भ्रम पनि यसैबीचमा पाल्दा रहेछौँ, पाएको र गुमाएको भ्रम पनि यसैबीचमा बोक्दा रहेछौँ । र, भ्रम भने कहिल्यै पनि सत्य जसरी एक्लो बस्दो रहेनछ । कहिले साथी-संगातीका रूपमा, कहिले कायाप्रेमका रूपमा, कहिले घृणा र दुश्मनीका रूपमा तर त्यो जहिले पनि एक्लो नभईकनै आइरहँदो रहेछ । भ्रम त घामको वरपिर िछायाँ दगुररिहेको जस्तो सत्यको वरपिर िघुमिरहँदो रहेछ हामी मान्छेलाई थाहै नदिईकन । हामी भने त्यही बाहिरी रङहरूको चमकदमकलाई हेरेर सत्य भेटेको भानमा पररिहँदा रहेछौँ धेरैजसो समय त । यसरी हामी हिँडिरहँदा रहेछौँ आफ्नै उमेरमाथि टेकेर र बाटोजस्तो हाम्रो उमेर हामी जति हिँड्छौँ जीवन, त्यति नै छाटिँदै जाँदो रहेछ । यिनै भ्रमहरूको ताल, सुर र धुनमा हामी आयुभर िनाचिरहँदा रहेछौँ ।

म एउटा दर्शन सम्झन्छु, 'सत्य भित्र सारमा हुन्छ र भ्रम भनेको सत्यको बाहिरी आवरण मात्र हो ।' यस भनाइलाई गम खाएर विचार गर्दा पनि के लाग्छ भने सत्य एकदम नांगो हुँदा होइन तर केही आवरणले छोपिँदा सुन्दर र अझ सर्वश्रेष्ठ हुन्छ । हामी जीवनलाई सुन्दर बनाउन चाहन्छौँ र सर्वश्रेष्ठ तरकिाले बाँच्न चाहन्छौँ । यसप्रकार जीवनमा सत्य र भ्रम दुवै आवश्यक हुँदा रहेछन् हामीलाई । त्यसै भएर नै होला, जीवन सत्य र भ्रमको बीचबीचैबाट हिँडेको धेरै भोगिएको पनि । यी दुवै मात्रात्मक हिसाबले कति चाहिन्छ जीवनमा भन्नुभन्दा पनि दुवै आवश्यक छन् र दुवैलाई छुँदै जीवन हिँडेको राम्रो हुने रहेछ भन्ने निष्कर्षको नजिक आइपुगेको छु यसबेला । यो निष्कर्षको नजिकै आइपुगेका बेलामा हामी जीवनमा कति सत्य बाँच्छौँ र कति भ्रम बाँच्छौँ भनेर सोचिरहनुको प्रयोजन पनि समाप्त भएको अनुभव गररिहेको छु र यी दुवैलाई हृदय खोलेर स्वागत गररिहेको छु । यसरी दुवैलाई एकैसाथ स्वागत गर्न स्वागतद्वारमा उभिएपछि यस प्रश्नको बोझ पनि आफूबाट ओर्लेर हलुका भएको छु र जीवनको सौन्दर्यले झनै धेरै घेरएिर जीवनमय भएको छु ।

Resource: Nepal patrika

Last edited: 28-Feb-10 11:01 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters