[Show all top banners]

mahoday

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 नेपाल पद यात्रा- व्यापक सहभागिता साथ सम्पन्न
[VIEWED 2490 TIMES]
SAVE! for ease of future access.
Posted on 04-15-13 7:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                        नेपाल पद यात्रा- व्यापक सहभागिता साथ सम्पन्न             

विजय थापा 

भर्जिनिया ,अमेरिका 

 अमेरिका ,अप्रिल १४ ,अर्थात् नेपाली नया बर्ष -२०७० को शुभ उपलक्ष्यमा वाशिंगटन डिसीको जेफर्सन स्मारकबाट सुरुवात गरिएको नेपाल पद यात्रामा व्यापक सहभागिता तथा उल्लेखनीय आर्थिक संकलन साथ सम्पन्न भएको छ l

यो नेपाल पैदलयात्रा एक संदेश मुलक अभियान हो l नेपाल प्रति मानबिय सेवा तथा समाज सेवा गर्ने अभिप्रायको साथ यस बर्ष वाशिंगटन डिसी क्षेत्रमा आयोजना गरिएको हो l आयोजक संस्था ,नेपालको युवा संस्थाका प्रमुख पुकार मल्लले पद यात्रा सुरु गर्नु अगाडी सार्बजनिक गर्दै पैतिश हजार डलर भन्दा ज्यादा (करिब तीस लाख नेपाली  रुपिया )संकलन भएको र ५०० जना भन्दा पदयात्रीहरु सहभागीको दर्ता भै सकेको जानकारी गराएका थिए lयो संस्था २००४ मा स्थापना भै करिब ५५ जनाबाट सुरुवात नेपालबाटै गरिएको संस्था हो भने कुरालाई काममा परिवर्तन गर्न यो संस्थाको जन्म भएको भनि बिगतमा बताएका थिए l

डिसीको लागि नेपाल पदयात्राका आयोजकहरु क्रमस गोर्खाली फ़ाउनडेसनका (प्रतिष्ठान) तथा प्रदिबद्द नेपाल (कमिटेड नेपाल ) हुन् भने यसमा धेरै गैर मुनाफा संस्थाहरु सहभागी भएका थिए l  कार्यक्रमको जानकारी सहित सहभागी हुने सबै गैर मुनाफा संस्थाहरुका प्रतिनिधिहरुले उदेश्य ,सहभागीता बारेमा जानकारी तथा रकम संकलन भएको जानकारी दिएका थिए l डिसी ,नेपाल पदयात्रा कार्यक्रमका प्रमुख तथा गोर्खा प्रतिस्ठानका अधक्ष्य निरज प्रसाद पलिखेले यो कार्यक्रम नमुनाको रुपमा प्रस्तुत गर्ने प्रतिबद्दता गरे अनुसार जन लहर आएकोमा हर्ष व्यक्त गरेका थिए भने प्रतिबद्द नेपालकी अधक्ष्य जोहना शाह पनि कार्यक्रम सफलता हासिल गरेकोमा गद गद थिईन l

यस अघि अमेरिकाका बोस्टन ,डलासमा ,न्युयोर्क आदिमा पनि सफलता पुर्वक संचालन गर्दै आर्थिक सहयोग संकलन गरि नेपालमा यस गैर मुनाफा संस्था द्वारा संचालित परियोजनालाई सहयोग पुर्याएको थियो l पैदल यात्रीहरुले करिब २ माइल यात्रा गरेका थिए l यसै कार्यक्रमसंग सहकार्य गर्दै आएको ग्लोब नेपाल फेस्ट नामक संस्थाले गत बर्ष डिसीमा आयोजना गरेको जस्तै यो बर्ष पनि नेपालको संस्कृति ,परम्परा झल्काउने ,भोजन उत्सव ,संगीत ,हस्तकला ,चित्रकला बिबिध प्रकारका कार्यक्रमको आयोजना गरि स्वदेशी तथा बिदेशीहरुलाई खुशी बनाउन सफल भएको छ l नेपाली दूताबासले पनि यहि अवसरमा नेपालमा पर्यटक भित्र्याउने र नेपाल पर्यटक बर्ष मनाउने हेतुले त्यहि आउने अतिथि बिदेशीहरुलाई नेपालबारे बिभिन्न सामग्री उपलब्ध गराएको थियो भने उक्त कार्यक्रममा महामहिम राजदूत डा शंकर प्रसाद शर्मा तथा अन्य दूतावासका व्यक्तित्वहरुको सहभागी रहेको थियो l

 नेपाल पद यात्रा बिहान २ घण्टा भित्र समापन भएको थियो भने ग्लोब फेस्ट उत्सब बिभिन्न कार्यक्रम गर्दै राती ९ बजे समाप्त भएको थियो lनेपालको गीत तथा संगीतको प्रबर्धन गर्न नेपाल तथा स्थानीय संगीत मण्डली (ब्याण्ड )हरु द्वारा भरपुर मनोरंजन गरिएको थियो l उक्त पद यात्रामा डिसी महानगर क्षेत्रवरी परिका अधिकांश समुदाय सदश्यहरुको उपस्थिति थियो lसमाज सेवी तथा अमेरिका नेपाल महिला संघकि पदाधिकारी भवानी शर्माले नेपालको लागि गरिएको यो अभियानले आफु उत्प्रेरित भएको जानकारी गराएकी थिईन l संचारकर्मी मुक्ति दवाडी तथा समाज सेवी प्रकाश नेपालले पनि हामी नेपाली भएकोले नेपालको लागि गर्नु पर्ने कर्तब्यमा कहिले चुक्ने छैनौ भन्दै पद यात्रामा सहभागी भएका थिए lनेपाल पद यात्रा सुरु गर्नु अगाडी नेपालका परम्परागत बाजाहरु बजाई पद यात्रा सुरु गरिएको थियो l

      

 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ए १ पनि पुगेनछ ?
maga got what they voted for
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
Why Oli must go for the UML to survive?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters