[Show all top banners]

fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 खोज
[VIEWED 14604 TIMES]
SAVE! for ease of future access.
Posted on 06-18-13 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 


 "कति लेख्छौ मेरो कथा !" उसको प्रश्नमा सन्तुष्टी थियो वा आश्चर्य मैले छुट्याउन सकिन।

"लेख्दिन भन्छु, सपना देख्छु, कलम आँफै चल्छन् के गरौँ म ?"मैले विवशता देखाएँ

"तिम्रो कथाले पोल्छ मलाई,मेरो आफ्नो पनि त जीवन छ!" उ थोरै स्वार्थी वनी

"खुशी लाग्यो, मेरो कथाले तिमीलाई अझै असर त छोड्दो रहेछ नि त!" मैले आफ्नो दुख लुकाएँ।

"कथा त मेरो नै हो नी, तिमी त फगत शव्द बुन्छौ!" उसले मेरो कलमको सिमाना देखाई

"त्यो शव्दमा  माया भेट्छौ कि भेट्दैनौ त ?"

"शव्द आँफै निदाएका हराएका हुन्छन् मैले के भेट्टाउनु र?"

"शव्दको आँखा सुन्निएको पनि देख्छ्यौ? शव्द रसाएको पनि देख्छौ? किन शव्द निदाएको वेला हराएको वेला मात्र शव्दलाई हेर्छौ तिमी?" मैले उसलाई आरोप लगाएँ

"मैले हेरेको बेला निदाएको वा मैले निदाएको वेला हेरेको ?"

"के फरक छ र?"

"धेरै फरक छ, तिम्रो दोष वा मेरो दोष पत्ता लगाउने!"

"मायामा दोष खोज्छ्यौ, अनि मलाई दोषी भन्छ्यौ!"

"हो त माया दोषी नै हुन्छ त !" उसले निष्कर्ष निकाली

"म पत्याउँदिन!" मलाई विश्वास लागेन, मैले ढाँट्नु जरुरी पनि ठानिन

"तिमीले पत्याएपछि मात्र सत्य सत्य हुन्छ र ?" उसले मलाई कटाक्ष गरी।

"कम्तीमा मेरो लागि, मेरो विश्व त मेरै वरीपरि छ नि !"

"स्वार्थी !"

"कुरा तिम्रो कथाको थियो मेरो स्वार्थको हैन !" मैले फेरि कथामै कथालाई फर्काएँ

"तिमीले ममा देखेको कथा, कति पढौँ म आफुलाई तिम्रो आँखावाट?"

"जहिले सम्म तिमीले आफुलाई वुझ्न सक्दिनौँ!"

"आँफैलाई वुझ्न पनि मलाई तिम्रो आँखा चाहिन्छ र ?"

"हेरीराख,फरक तिमी भेट्टिइनछौ भने अनि भन्नु !"

उ मेरो आँट देखेर छक्क परी।

"तिम्रो आँखा दोषी छ , मलाई सँधै राम्री देख्छ!" उसले सुस्तरी भनी

"शायद !"

"उ सँग किन छैनन् तिम्रा आँखा ?" उसले गुनासो पोखी।

"किनकी यो मेरो आँखा हो नि त !"

"एउटै आँखा दुई जनाको हुन सक्दैन र ?"

"यो तिम्रो इच्छा हो, प्रश्न हैन!"

"मलाई कहिले काहिँ उ अन्धा जस्तो लाग्छ!"

"तिमीले आफुलाई लुकाएको पनि त हुनसक्छ!"

"म खुल्ने तिम्रो अघि मात्रै पनि त हुनसक्छ!"

"उसलाई तिम्रो लत लागिसकेको छैन ! तिम्रो मात चढेको छैन !नत्र दोवाटोमै म जस्तो अलपत्र भेटिन्थ्यो !"म खिस्स हाँसे।

"म विनाश चाहन्न,म त माया चाहन्छु !"

"ठिक हो ,कोहि किन वरवाद होस्?"

"तर तिमी त त्यसैलाई माया भन्छौ!"

"तिमी हरायौ, मैले त तिमीलाई भेट्टाउन मात्र खोजेको हुँ, उ पनि खोज्दै छ, आजकल कता छ्यौ? सुधालाई सन्चो विसन्चो के छ ? सोधेको छ भन्देउ है!!!"

समाप्त


 
Posted on 06-18-13 1:09 PM     [Snapshot: 74]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 फुच्चे साथि , 

तपाईंको खोज दोहोराएर पढे....कता कता छद्द भाव लुकेको जस्तो....अनि अनाकृत मायालाइ उस्ले शब्द बनाएर उसलाई बुझाउन खोजेजस्तो ...... हरेक पंग्ति ले भारि अनि बोझिलो मन पोख्न खोजे जस्तै.... 
 
छोटै भए नि पढे ...राम्रो लग्यो ..
 
-थाने

 
Posted on 06-18-13 3:36 PM     [Snapshot: 123]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 यो कथा येति राम्रो लग्यो कि मेरो लिमिटेड देवनागरी लेखन प्रयोग गर्न बाध्य तुल्यायो. 
 
यो कथाको शिर्षक सिन्की हुनु पर्छ. मुलामा तेल र मसला मिसाएर खांदी खांदी कोच्छ नि, हो तेस्तो|
घटकमा, पिडा, साहित्य, भाव-मर्म खांदी खांदी कोचिएको छ| तेसैले छोटो/मिठो अनि पिरो छ|
 
धेरै राम्रो लग्यो, अरु पनि अचार बनाउनु पर्यो. 

 
Posted on 06-19-13 1:34 PM     [Snapshot: 244]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 अत्ति  उत्तम. छोटो मिठो 
 

 
Posted on 06-19-13 2:24 PM     [Snapshot: 262]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह फुच्चे ब्रो वाह 
धेरै वर्ष पछि एसो बाटो बिराएर आएको, फुच्चेको कथा देखेर टिकट काट्न मन लागि हाल्यो. अति उत्कृस्ट रचना सधै झैँ. आहा
 
Last edited: 19-Jun-13 02:27 PM

 
Posted on 06-20-13 1:42 AM     [Snapshot: 340]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उ सँग किन छैनन् तिम्रा आँखा ?" उसले गुनासो पोखी। "किनकी यो मेरो आँखा हो नि त !" "एउटै आँखा दुई जनाको हुन सक्दैन र ?" "यो तिम्रो इच्छा हो, प्रश्न हैन!" "मलाई कहिले काहिँ उ अन्धा जस्तो लाग्छ!" "तिमीले आफुलाई लुकाएको पनि त हुनसक्छ!" "म खुल्ने तिम्रो अघि मात्रै पनि त हुनसक्छ!" आहा! कति मिठो संबाद! यतिले मात्रै पुगेन, यहिलाइ अलि धेरै ब्रिस्तित रुपमा लेखेर अर्को कथा बोलाउनु पर्‍यो फुच्चे!
 
Posted on 06-20-13 5:48 AM     [Snapshot: 381]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 <<< "एउटै आँखा दुई जनाको हुन सक्दैन र ?" >>> धेरै दिन भाको थियो प्रभो को कथा नपढेको ... देर आए दुरुस्त आए भनेको जस्तै भयो ... नहराउनु न हौ यस्तरी ... 
 

 
Posted on 06-20-13 11:48 AM     [Snapshot: 429]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 थाने- Thank you very much, कथा भित्रको सुक्ष्मता नियाल्दिनुभएको मा, यसपाली छोटै लेख्न मन लाग्यो।अलि लामो अर्को कथा मा है ?
Kiddo- I am glad that u liked the सिंकि of the story :) 
adventurer- thank you very much
Soyam- टिकट फ्री छ , साझा त छिर्दै गर्नु पर्छ नि त ;)
Akinchan-Will try my best to be bit more frequent, तर साझाले हराउने नै भनेर चिनेको छ फुच्चेलाई, आफ्नो वानी चटक्क माया मार्न पनि गाह्रो ;)
sahili- thanks again for inspiration "आजकल कता छ्यौ? सुधालाई सन्चो विसन्चो के छ ? सोधेको छ भन्देउ है!!!"
Thanks for all the readers, and kiddo once again I loved the term " सिंकी" :)


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters