[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Humor Refresh page to view new replies
 अमेरिकन चन्द्रमाको आदिबासी भएको अमेरिका द्वरा दाबी
[VIEWED 15331 TIMES]
SAVE! for ease of future access.
Posted on 12-15-14 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अमेरिकन चन्द्रमाको आदिबासी भएको अमेरिका द्वरा दाबी 

अमेरिकि संसद ले बहुमत द्वारा एक प्रस्ताब् पारीत गरी आफु हरु चन्द्रमा को आदिबासि भएको दाबी गरेको छ। उक्त प्रस्ताब् मा के पनि भनिएको छ भने अब जुन देश को मान्छे चन्द्रमा मा गएपनी इमिग्रेन्ट मात्र हुने र तिनिहरुले अमेरिकि भिसा  लिन पर्ने भनिएको छ। अमेरिकि  सरकारले सयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा एक पत्र  पठाइ सुरक्षा परिषदमा तेसै प्रकार को प्रस्ताब् पारीत गर्न पनि भनेको छ्। अमेरिकि सरकारले पठएको पत्र मा के पनि भनिएको छ यदि सुरक्षा परिषदले त्यस्तो प्रस्ताब् पारीत गरेन भने संयुक्त राष्ट्र संघको आगामी वार्षिक  बजेट मा अमेरिकाले दिने अनुदान मा ५०% कटौती गरिने छ्

अमेरिकन  लाई चन्द्रमा को आदिबासी  मान्ने पर्ने दुइटा प्रमुख कारण दिएको छ

आदिवासी जनजातिको सम्बन्धमा सन् १९८९ मा भएको पहिलो अन्तर्राष्टिय सन्धी आइ एल ओ १६९ को धारा १ को उपधारा १ र २ का अनुसार आदिवासी जनजातिको परिभाषा यस्तो छ .

अरु समुहहरुले त्यस ठाउँमा अतिक्रमण गर्नुभन्दा वा वर्तमान राज्यको सिमा बन्नुभन्दा पहिलेदेखि बसोवास गरिरहेका समुदाय आदिवासी हुन् । जो, आफ्नै सामाजिक, आर्थिक, साँस्कृतिक र राजनैतिक संस्थाहरुद्धारा परिचालित छ्न् ।

सयुक्त राष्ट्रसंघको निम्न प्रतिबेदन अनुसार पनि आफु हरु चन्द्रमाको आदिबासी भएको दाबी गरिएको छ्

सारमा आदिवासी ती हुन्, जसको ऐतिहासिक निरन्तरताको कडी छ जो अतिक्रमण पूर्व वा उपनिवेश हुनु पूर्व त्यो क्षेत्र वा भूमिको विकास भएको थियो र आज जसले आफूलाई भिन्न समुदायको रुपमा दावा गर्छ र जो आफ्नै साँस्कृतिक, सामाजिक एवं कानूनी प्रक्रियाद्धारा चलेका छन् ।

अमेरिकिहरु साठिको दसक मै चन्द्रमा मा पुगे पनि हाल मात्र किन यस्तो दाबी गरिएको? भन्ने सि एन एन को प्रश्न मा अमेरिकि राष्ट्रपतीले भने

साठिको दसक र हाल को अवस्थामा निकै परिवर्तन अाइसकेको, साठिको दसक तिर को आदीबासी भन्ने नछुत्टियेको, अमेरिका बाहेक अरु देश चन्द्रमा मा पुग्ने नसकेको तर अहिले  संयुक्त राष्ट्रसंघ र आइ एल ओ ले आदीबासी  कस्लाई भन्ने भनेर छुट्याइ सकेको र संसार भर आदिबासिको अधिकार सुनिस्चित गर्न आन्दोलन चलिरहेको, चाइना पनि केही बर्षमा चन्द्रमा मा पुग्ने हुनाले चन्द्रमा मा अमेरिकि अधिकार स्थापित गर्न यसो गर्न परेको  र चन्द्रमाको आदिबासि भएको नाताले एस्तो गर्न परेको भने. 

चाइना चन्द्रमा मा गये अमेरिकाले के गर्छ?  सि एन एन कै अर्को प्रस्नं मा अमेरिकि राष्ट्रपतीले भने चाइना लाई अमेरिकाको अनुमती नलीइ चन्द्रमा मा  जाने अधिकार छैन। अमेरिकाको अनुमति बिना चाइनिज त्यहा गयेमा तेस्लाई अमेरिकि सुरक्षामा आक्रमण भएको ठान्ने पनि उन्ले बताय। साथै हाल अमेरिका सँग अंतरिक्छ्यमा पुग्न सक्ने मिसाइल भ्एको र अनुमती बिना चाइनिजहरु चन्द्रमा जान खोजे मिसाइल प्रयोग गरि चाइनिज यान नस्ट गरिने पनि राष्ट्रपतीले भने .  

यस्तो कार्येको प्रेरणा चाँही कहाँ बाट प्राप्त भयो? भन्ने प्रस्नंको जबाफमा अमेरिकि राष्ट्रपतीले भन्न भयो.

नेपाली इमिग्रेन्ट बाट अमेरिकि प्रशासनले यस्तो प्रेरणा पाएको भनी नेपाली इमिग्रेन्ट हरुको मुक्तकन्ठले प्रसन्सा  गर्न भयो। आफु इमिग्रेन्ट भये पनी इमिग्रेन्ट दिबस मनाउनु को सट्टा आदिबासी दिबस मनाएर चन्द्रमा मा अमेरिकाको आदिबासि अधिकार स्थापित गर्न घक्घचएको भनेर नेपाली इमिग्रेन्ट हरुको तरिफ गर्नभयो  अमेरिकामा रहेका सयोउँ नेपाली इमिग्रेन्ट संगठन हरुले आदिबासि दिबस मनाएको देखेर अमेरिकि आदिबासि रेड ईण्डियन हरु पनि नेपाली इमिग्रेन्ट हरु प्रती निकै भाबुक भएको पनि अमेरिकि राष्ट्रपतीले भने.

अमेरिकन आदिबासी हरुले एक बिग्याप्ति निकाल्दै भनेका छन यूरोप बाट आएका हरुले  आफ्नै दिवस मनाउने गरेको, भारत बाट आयेका हरुले आफ्नो दिवस मनाउने गरेको तर नेपाल बाट आयेका धेरैले  आदिबासी दिवस मनाएको  हुनाले उनिहरु लाई ह्रिदये देखी नै धन्यवाद  दिएको भनेका छन            

येसै बिच अमेरिकाको रेड ईण्डियन हरुको सबै भन्दा ठुलो ट्राइब चिरोकीले आफु इमिग्रेन्ट भये पनि आदिबासि दिबस मनाएर नेपाली संगठन हरुले अमेरिकि आदिबासी हरुको सम्मान गरेकोमा धन्यवाद ब्यक्त गरेक छन। उन्ले बढी भन्दा बढी नेपाली अमेरिकामा इमिग्रेसन दिन पनि एक बक्तब्य मार्फत अमेरिकि सरकार लाई अनुरोध गरेका छन.

तर अमेरिकि आदिबसी हरु को अर्को ट्राइब  अपाचेले भने नेपाली संगठन हरुले  आदिबासी दिबस मनाएको घटना लाई भने सन्कास्पद भनेको छ। आदिबासि  अपाचे का चिफले भने अहिले आदिबासि दिबस मनाएर कालन्तरमा आफु लाई अमेरिका को आदिबासी भनेर दाबा गर्ने शड्एन्त्र हुने सक्ने बताये उन्का अनुसार इमिग्रेन्ट हरुको येस्तो गतिबिधी बाट अमेरिकि आदिबासी हरु टादै रहनु पर्ने बिचार  ब्यक्त  गरे.

त्यस्तो संका गर्ने आधार के छ भनेर प्रस्नं गर्दा उन्ले भने कतिपय नेपाली आदिबासि भनिने हरुको अमेरिकि आदिबासी हरु सँग अनुहार मिल्ने तर्क अघी सारे

क्र म श


 
Posted on 12-15-14 10:39 AM     [Snapshot: 24]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good one. Liked.
 
Posted on 12-15-14 10:39 AM     [Snapshot: 24]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good one. Liked.
 
Posted on 12-15-14 12:41 PM     [Snapshot: 168]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Is it supposed to be sajha onion article ?
 
Posted on 12-15-14 2:09 PM     [Snapshot: 276]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rename [Sajha Onion] [-----]
 
Posted on 12-15-14 3:23 PM     [Snapshot: 313]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मानब इतिहास मा साएद सेक्स्पीयर प्रथम वियोगान्त नाटक लेखे, रोमियो जुलियेट , तेस्पछि अरु कसैले वियोगान्त नाटक लेख्ने नहुने ? लेख्यो भने सेक्स्पीयर हुन्छ ?

वियोगान्त नाटक को मूल कुरा एकै हुन्छ केटा केटि बीच प्रेम बस्छ कुनै कारण ले मिलन हुन सक्दैन सबै मा तेही हुने हो कारण फरक फरक हुन्छन तेत्ति हो .

कसैले हिन्दु धर्म को समर्थन मा लेख्यो भने अरुले लेख्ने नहुने, अब समर्थन गर्ने ले राम्रो राम्रो कुरा खोजेर लेक्छा नै . एकजना ले बाहेक अर्को ले लेख्ने नहुने ?

एकजना ले लेट नाइत शो चलायो भने अरुले लेट नैएत शो चलाउन नहुने , चलाउने सबै लै एउतै मान्छे भन्न मिल्छ
सबै मा पोलिटिकल सताएर हाने को हुन्छ

साझा ले चाट चलायो भने अरुले चलाउन नहुने, चलाउने जति सबै साझा हुन्छन ?

सी एन एन ले २४ घन्टे समाचार चलायो,अरुले चलाउने नहुने,चलायो भने सबै सी एन एन हुन्छन ? नेपाल मा हस्ये ब्यङ्ग एकजना ले नै सुरु गरेको होला अब अरु ले हास्य ब्यङ्ग गर्न नै नहुने ?

यदी एक जनाले मात्र एक प्रकार को लेख लेख्न पाउने हो भने संसार मा कति लेखक होलान ?

अब मलाई नेपाली राजनीति मा एउटा ब्यङ्ग गर्न मन लाग्यो साझा मा राजनीतिक ब्यङ्ग अरुले ले नै लेक्छ, मैले लेखना हुन्न भनेर मैले मेरो विचार मारेर बस्ने ?

एक जना ले कांग्रेस पार्टी लाइ गाली गरेर लेख्यो, विकास गरेन, काम गरेन भनेर, अब आरुले कांग्रेस ले काम गरेन भनेर कुरालेख्न नहुने ? गाली गर्ने त सबै ले हो गाली भने को गाली ई हो .

अहिले नेपाल मा को पहिला आएको हो, र को आदिबासी हो अथवा होइन भन्ने बहस चलि रछ तेस्लाई ब्यङ्ग हान्न अमेरिका चन्द्रमा मा पहिला पुगेको हुनाले अमेरिका आदिबासी हुन्छ भन्ने तर्क गरेर लेखेको हो. त्यो तर्क गरेर साझा मा पहिले कसैले लेख लेखे को छ ? तेसरी लेखि सकेको भए पो भन्न मिल्छ, एउतै बिसाए मा फरक बेक्तिको फरक विचार हुदैन ? तार्किक रुप मा फरक विचार राख्न नपाउने ? भैरब अर्याल , राम कुमार पाण्डे , केशब पिडाली को हस्यॆ ब्यङ्ग पढे सबै थाह हुन्छ

 
Posted on 12-15-14 3:29 PM     [Snapshot: 346]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nice thinking teso bhaye. Ek patak ta ma sochna badhya bhako thiye, may be bhanera. Gud luck
 
Posted on 12-16-14 4:29 AM     [Snapshot: 640]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Source? Yedi chhaina bhani it definitely is Sajha Onion Publications pfft!
 
Posted on 12-16-14 8:29 AM     [Snapshot: 699]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I almost believed it to be a real article, probably misguided or made up stuff, but a serious article nonetheless. That was until I read about Nepal and Indian tribes. People actually thought it might be a serious piece even after reading on its entirety?
Again, good humor piece.
 
Posted on 12-16-14 10:51 AM     [Snapshot: 749]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रुसी राष्ट्रपतीले अमेरिका द्वारा चन्द्रमा मा आदिबासि हक दाबी गरेर शितयुध्ह निम्त्याको आरोप लगाएका छन।

नेपाली बाट प्रेरणा पाएको रे नि भनेर प्रश्न गर्दा, बुद्ध पनि नेपालमै जन्मेका थिए, नेपाली बुद्ध बाट प्रेरणा लिनु को सट्टा झगडालु नेपाली हरु बाट प्रेरणा लिएकोले अमेरिका पनि केही बर्ष पछी नेपाल जस्तै हुने रुसी राष्ट्रपतीले दाबी गर्न भयो.

येसै बिच रुसी संसद डुमाले अन्तरिक्षमा रसिएन पहिल पुगेको हुनाले रसिएन हरु लाई  अन्तरिक्षको आदिबासी  मान्ने प्रस्ताब पारीत गरेको छ। राष्ट्रपतीले आफुकहा आउने बित्तिकै उक्त प्रस्ताबमा सहि गरेर अन्तरिक्षमा रुसको आदिबासी अधिकार काएम गर्ने बताउन भएको छ.

रुसको यस्तो दाबीले यो बिबादमा नाटकीए मोड थपेको छ। रुसी संसद डुमाले चन्द्रमा अमेरिकाको आदिबासि अधिकार स्थापित भएपनी अन्तरिक्ष भएर अमेरिका लाई चन्द्रमा मा जान नदिने भनेको छ। अमेरिका जुन बाटो प्रयोग गरेर चन्द्रमा जान्छ जावोस तर चन्द्रमा मा जान अन्तरिक्षको प्रयोग गर्न नदिने भनेको छ। रुसी संसदमा पारीत  भएको प्रस्ताब् अनुसार अब देखी अन्तरिक्ष रुस र यस्का मित्र देसको प्रयोग को लागि मात्र खुल्ला रहने छ्.

यसै बिच रुसले क्रिस्मसको बेला शान्ता क्लाउस प्रयोग नगर्न अमेरिका लाई भनेको छ, नर्थ पोल रुसको भएको र शान्ता क्लाउस नर्थ पोलको बसिन्दा भएकोले रसिअन  नागरिक भएको पनि रुसले जनाएको छ। रसिअन  नागरिक नभै क्रिस्मस  मनाउन नसक्ने हरुले चन्द्रमाको आदिबासी भएको दाबि गर्नु हास्यास्पद भएको पनि रुस ले जनाएको छ्  

दुइ ठुला महाशक्ती चन्द्रमा र अन्तरिक्ष को आदिबासि भएको  दाबा गर्दै शितयुध्ह सुरु गरेकोले यस्तो स्थितीमा भारतको भूमिका के हुने भनेर "र" को बैठक डाकेको भन्ने भारतीय मिडिआले जनाएका छन। "र" ले चाँही हिन्दू धर्म सबै भन्दा पुरानो धर्म भएको र "स्वर्ग" र "नर्क " को धारणा हिन्दू धर्म बाट अरु  धर्मले सापट लिएको हुनाले भारतीयहरु लाई  स्वर्ग र नर्कको आदिबासि घोषणा गर्नु पर्ने सुझाब दिएको बताइयेको छ.

भारतीय प्रधानमन्त्रीले पनि "र' को सुझाब मान्दै भारतीय संसद बाट भारतीय हरु स्वर्ग र नर्कको आदिबासि भएको र अब देखी भारतीय बाहेक अन्ये देशकाले स्वर्ग र नर्क जान परे भारत बाट आनिबार्ये भिसा लिन पर्ने निएम पारीत गराउन हुने भएको छ.

तर उक्त प्रस्ताब् बारे भारतीय संसदमा नेपाली मुलका संसद बाट केही प्रस्नं राखिने पनि भारतीय मिडियाले जनाएका छन। नेपाली लाई स्वर्ग र नर्कमा जान भारतीय भिसा लिन पर्ने कि नपर्ने भन्ने प्रश्न ति संसदले उठाउने भएका छन। भारतीय प्रधानमन्त्री नेपाली लाई बिना भिसा स्वर्ग र नर्क जाने दिने पक्षमा भयता पनि "र" भने मौका को फाईदा उठाउने पक्षमा भएको आजको कान्तिपुरमा छापिएको छ।

कान्तिपुरका अनुसार "र" को सुझाब मान्दै भारतीये प्रधानमन्त्रीले एउटा बिशेष दुत नेपाल पठाएका छन। ति बिशेष दुतले भारतले नेपाली लाई बिना भिसा स्वर्ग र नर्क जहाँ जान चाहे पनि बिना भिसा जान दिने तर तेस्को बदलामा नेपालले पनी भारत लाई केही सहयोग गर्न पर्ने भन्ने प्रस्ताब् राख्ने छन। नेपाल स्थित भारतबिदका अनुसार भारतको प्रस्ताब्मा नेपालले भारत लाई सबै नदिनाला बाट बिना झंझट बिजुली निकल्न दिने भन्ने छ.

बिभिन्न दल हरु सँग यस बारे प्रतिकृया माग्न जादा बिना भिसा  स्वर्ग जान पाइने भएपछी नदिनाला  "बाल" मतलब भनेर जबाफ दिएको थाहा भयेको छ.

नेपाल प्रहरी लाई अग्यात श्रोत बाट प्राप्त सुचनामा चाँही भन्न बेला स्वर्ग पनि बिना भिसा जान पाईन्छ भनेर नेपाल लाई फकाउने तर पठाउने  बेला नर्कमा मात्र पठाउने भन्ने "र" को  ग्र्यान्ड ड्जाइन रहेको छ्

भिसा नलिकन स्वर्ग वा नर्क जाने अन्य यान लाई भने भारतले भर्खरै बनाउन थालेको अग्नी मिसाइल हानेर झार्ने  पनि भारतीय बिदेस मन्त्रलयको प्रबक्ताले खुलस्त गरे. 


 
Posted on 12-17-14 9:29 AM     [Snapshot: 893]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


येसै बिच यस्तो असजिलो परिस्थितीमा चाइनाको भूमिका के हुने र कस्तो निती अपनाउने भन्ने बारे चाइनाको कमुनिस्ट्  पार्टीको आपत्कालिन  बैठक बसिरहेको छ।

उक्त बैठकमा चाइनिज राष्ट्रपतीले चन्द्रमा, अन्तरिछ्य, स्वर्ग, नर्कको आदिबासी को भन्ने अनाबस्यक प्रश्नमा अल्मलिनु  सट्टा निर्वाणको बाटो लीन पर्ने बतायेका छन। नेपालमा जन्मेको बुद्धको उपदेशको पालन गर्दै चाइनाले मानब जातिको निर्वाणको बाटो रोज्न पर्ने भनेका छन। नेपालले हाल सम्म बुद्धका उपदेशहरु को पेटेन्ट गरी नसकेको हुँदा चाइनाले नेपाल लाई बुद्धका  उपदेश पेटेन्ट गर्न अर्थिक र प्राबिधिक सहयोग गर्ने गरी एक बिशेष दुत नेपालमा तुरुन्तै पठाउने भएको छ.

पत्रपत्रीकामा एस्तो छपिये पछी नेपालमा राजनीतिक दल हरुमा तिब्र धुर्बिकरण भएको छ। बाइस दलको  गठबन्धनका  प्रबक्ता "बाइसे" ले भारत  सँग नेपालको परम्परागत  सम्बन्ध रहेको हुनाले भारतको फ्री मा स्वर्ग जान पाउने प्रस्ताब स्विकार्न पर्ने भनेका छन भने चैबिस दलको गठबन्धनका  प्रबक्ता "चौबिसे" ले भने बिदेसी भुमीमा आधारित स्वर्ग नर्क भन्दा नेपाली बुद्धले प्रतिपदित गरेको निर्बाणनै बढी  राष्ट्रबादी  हुने भएकोले चाइनाको प्रस्ताब  मान्न पर्ने भनेका छन।

कुन प्रस्ताब मान्ने भन्ने सहमतिको लागि धेरै मिटिङ बसेता पनि बाइसे र चौबिसे बिच कुनै सहमति  हुन नसकेको बरु बाइसे र चौबिसेले एक अर्का लाई समाप्त पार्न सशस्त्र आन्दोलन सुरु गर्ने घोषणा गरेका  छन.

जापानले भने बाइसे र चौबिसे हरु एक अर्काको बिरुध्ह को ससश्त्र आन्दोलनमा समाप्त हुने सम्भाबना रहेको भन्दै संयुक्त राष्ट्र संघमा नेपाली लाई एक सम्रक्षित जाती घोषणा गर्न प्रस्ताब् पेस गरेको छ         


The end

             


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters