[Show all top banners]

rownyc

More by rownyc
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 NRN PORTUGAL
[VIEWED 3506 TIMES]
SAVE! for ease of future access.
Posted on 08-16-15 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एनआरएन पोर्चुगलको भावी कार्य समितिका सम्पुर्ण पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन । एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद(आईसीसी ) सदस्यमा रमेश कुमार गुरुङ र राष्ट्रिय समन्वय समितिमा भीम के सी कमल अध्यक्ष र सोम फुरी शेर्पा महासचिवमा रहने गरी एक निर्विरोध कार्य समिति चयन भएको जानकारी निर्वाचन समितिले गराएको छ ।

कार्य समितिको अन्य पदाधिकारीहरुमा तीन उपाध्यक्षमा क्रमश: राजन शेरचन, सुनिल संगम श्रेष्ठ, शम्भु गौतम , दुई सचिवमा ध्रुवप्रसाद सापकोटा, कृष्ण कंडेल र कोषाध्यक्षमा रुपक श्रेष्ठ निर्वाचित भएका छन। त्यसै गरी आईसीसी युवा र महिला प्रतिनिधिमा प्रितम बहादुर गुरुङ र जयकला राई चयन भएका छन भने सदस्यहरुमा राजेन्द्र अधिकारी, मुक्तिनारायण श्रेष्ठ, धर्मराज अधिकारी, मनिराज सापकोटा, प्रजापति शर्मा, दौलतमान अधिकारी, प्रलाद कंडेल, कोमलनाथ नेपाल, भगवती भण्डारी सुवेदी, झोरमान तामाङ्ग, गीता राना तामाङ्ग, आङनुरी शेर्पा, गुमान सिंह कार्की, श्यामप्रसाद ढकाल र रामहरि घिमिरे निर्वाचित भएका छन । स्मरण रहोस विधान अनुसार कार्यसमितिले बढीमा कार्यसमिति सदस्यको एक चौथाई सदस्यहरु पछि मनोनित गर्न सक्नेछ ।

महाधिवेशनको दौरानमा सबैको साझा एनआरएन बनाउन लामो कसरतका क्रममा प्रवासी नेपाली मञ्च, पोर्चुगल सहमतिमा पनि नआएको र निर्वाचन प्रक्रियाबाट पनि बाहिरिए पश्चात अन्य बाँकी सबै पक्षहरुलाई समेटेर नयाँ कार्य समिति चयन भएको जानकारी सबै जसो वार्ता प्रक्रियामा सहभागी एक प्रतिनिधिले नेपाली वेभलाई बताए।

त्यसै गरी प्रवासी नेपाली मञ्चले एक प्रेश विज्ञप्ति जारी गरी उम्मेदवारी दिन तोकिएको समय भन्दा अगाडि निर्वाचन समितिले एनआरएन कार्यालय बन्द गरेको लगायत कार्यालय भित्र निर्वाचन समितिको संयोजक, सहसंयोजक कै अगाडि एक समुहले उम्मेदवारहरुको मनोनयन फाराम, वारेसनामा/ मञ्जुरीनामा फाराम खोस्ने, फ्याँके जस्ता बलमिच्याँई कार्य भएको भन्दै मञ्चले यो निर्वाचन प्रक्रिया प्रति घोर निन्दा प्रकट गर्दै प्रक्रियाबाट बाहिरिएको घोषणा गरेको छ।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters