[Show all top banners]

Raam Raam
Replies to this thread:

More by Raam Raam
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 सुन साइलीऽऽ, निधारमा नाम्लो बरियो, ट्रम्पको सनकमा परियो ..
[VIEWED 11929 TIMES]
SAVE! for ease of future access.
Posted on 02-17-17 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन साइलीऽऽ, निधारमा नाम्लो बरियो, ट्रम्पको सनकमा परियो .. Charlie (12thari) February 17, 2017 नमस्कार सरहरु, म्याडेमहरु, नसर नम्याडेमहरु, ह्यानहरु, त्यानहरु, फलानाहरु, ढिस्कानाहरु ..! खासमा मलाइ नमस्कार दाजुभाइ तथा दिदीबहिनीहरु भनेर सम्बोधन गर्न मन लागेको थियो तर त्यसरी गरिने सम्बोधनले सबैलाई लपेट्न सकिँदैन भन्ने महसुस भएकोले यो लम्बेतान सम्बोधन गर्न मने बाध्य भएको छु। खासमा १२थरी शुरु हुदाँको बखत एउटाले मात्र नलेखेर सबैले योगदान गर्ने, एउटाको मात्र ट्रेडमार्क भाषामा नलेखेर सबैको मिसाएर कुन लेख कसले लेखेको हो गेस नै गर्न नमिल्ने बनाउने भन्ने सहमति भाको थ्यो । तर तेस्ता छुसी सहमति । कसले कति मेलो खन्या छ भन्ने कुरो त “अथर” हेरेर हजुरहरु जस्ता अजासु पाठकहरुले थाहा नपाउने कुरै भएन । यो चार्ली बहुलाउन त बहुलाएन, किन आफ्नो डम्फु बजाउँछ भनेर सोच्नु भो होला हैन ? के गर्नु नेपाली परियो…. पाएको ठाममा हल्का मपाइँ नगरी खाको पच्दैन हेर्नुस् । खैर !!! केही समय पहिले ट्रम्प हिलारी र भुँइफुट्टा नेपाली भनेर हामीले वा मैले जस्ले लेखे पनि यहाँ छापिसकेका छौँ। हिलारीको पक्षमा पाखुरा सुर्केर लागेका नेपालीको हालत त रुझेको बिरालो जस्तो भाको तथ्य घाम झैं छर्लङ्ग छँदैछ । कसैलाई नलाको राजनीति नेपालीलाई लाग्ने हेर्नुस न । उहि क्या त…. केहि थान नेपाली र अमेरिकी-नेपाली पत्रकारहरुले चुनाव अघि नै ‘आगामी राष्ट्रपति हिलारी बस्ने घर’ भनेर ह्राइटहाउस अघि फोटो खिचाएर तहल्का मच्चाएको बिर्सनु भो ? त्यो फोटो हालेको एक साता नबित्दै हो कि क्या हो हिलारीको के के भो भन्ने त जगजाहेरै छ। भनेसी बुझ्नु भो भो नि…. नेपालीको जातले कतिसम्म पनौती लगाउन सक्ने रहेछन भनेर। अब तिनै पत्रकारहरु ट्रम्पलाई हटाउन मरिहत्ते गरेर लागेको देख्दा अर्को कार्यकाल नि ट्रम्पले नै लैजान्छन् कि जास्तो लाग्ने के 😂 एकादेशमा नेपालमा जन्मेर/हुर्केका तर ऐले आएर ‘ताक परे अमेरिकन नत्र नेपाली’ को मति कस्तो छ भनेर मैले यहाँ भनिरहनु पर्दैन होला। अमेरिकन पासपोर्ट बोकेर नेपाल जान्छन् अनि नेपालको आन्तरिक उडानको बेला चैं फ्याट्ट धैंसीएको नेपाली नागरिकता झिक्छन् । बुझ्नेले बुझेर खित्का छोडेर हाँसिसक्नु भयो होला, नबुझ्नेले हैन के भन्या छ भन्नुहोला। विदेशमा उँड्दा अमेरिकन पासपोर्ट भएसी सरसरी जता नि जान पाइन्छ। भिषा सिषाको उति साह्रो झन्झट हुँदैन, त्यसैले नेपालको इमिग्रेसन नकटुन्जेल अमेरिकी पासपोर्ट देखाउँछन्। तर नेपालको आन्तरिक उडानमा विदेशी पासपोर्टवालाले डलरमा टिकेस किन्न पर्छ । नीरको ड्रममा डुबेर म बिशेष हुँ भनेर दावी गरे पनि अरुले हुँइया गर्दा स्याल चुप लाएर कसरी बस्न सक्छ र ? हो तेस्तै चुतिया हो के यो नेपालीको जात । हो, यस्तै खाले चुतिया नेपालीलाई ट्रम्पले के गर्दै छ र कसरी असर गर्छ भनेर सानो चर्चा गर्न चाहन्छु। ट्रम्पले चुनावताका जोडतोडले उठाएको कुरा हो – आप्रवासी कानुनलाई बलियो बनाउँछु, अनि अमेरिकालाई पुन: दामी बनाउँछु भन्ने। सरसर्ती हेर्दा अमेरिकाको लागि त राम्रै कुरा हो नि । अब हरुवा गोरुका छेरुवा दाउ भने जस्तै जसले जे जे बहाना बनाए पनि तेत्रा अमेरिकी जनताले यत्तिकै थोडी पत्याए होलान्, थोडी जिताए होलान् ? उपबुज्रुक नेपाली भासिएका बुद्धिजीवी र घन्टेहरुले छाती पिटी पिटी ट्रम्पको बिरोध गर्या देखेर पो म बिलखबन्दमा पर्छु । दुधको दुध, पानीको पानी शैलीमा भन्ने हो भने – यदि कुनै नेपाली पुरापुर कानुनको पालना गरेर अमेरिका बसेको छ, अमेरिकी आप्रवासी कानुनको नाजायज फाइदा उठाएको छैन अनि अमेरिकी सरकारको आँखामा छारो हालेर उस्ले दिने सहुलियत लिएको छैन भने ती तिल्मिलाउन पर्ने कुनै कारण छैन। र, पनि नेपालीहरु तिल्मिलाएका छन्। किन होला त भनेर भन्न पर्छ जस्तो लाग्दैन। डराएका छन्, त्यो पनि किन भनेर भन्न पर्छ जस्तो लाग्दैन। १२थरी पढ्ने पाठक लुरेलाङ्ग्रे लरोतरो खाले पाठक हैनन्। म ठोकुवा गरेर भन्न सक्छु, यहाँ आएर हाम्रा कुरा पढ्न पाठकले आँ गर्दा अलङ्कार बुझ्छन् अनि आगो खाएर अङ्गार ओकल्छन्। त्यो मानेमा १२थरीको टिप्पणीकार हुन पाउनु आफैंमा गौरवको कुरा हो । मलाइ सन्तुष्टि मिलेको छ। टिप्पणीकार भएसि केही टिप्पणी त गर्नैपरो। त्यसैले आउनुस् ट्रम्पले किन हाबाकाबा खेलाएको छ भन्नेबारे चर्चा गरौं। रिपब्लिकनले ल्याउन लागेको नयाँ ईमिग्रेसन कानुनले लक्ष्य साँधेका केहि बुदाँ यी हुन्: ( ट्रम्पको एक्ज्युक्युटिभ अर्डरको त के कुरा गराइ भयो र यो लेखिसक्दा अर्को अर्डर आउन बेर लाग्दैन।) पहिलो कटौतीमा अमेरिकामा रहेका आफन्तले आफ्ना मान्छे ग्रिन कार्ड बनाएर ल्याउने संख्यामा कटौती गरिनेछ। शरणार्थी बनेर भित्रिएकाले पाउने आप्रवासी सुविधामा पनि आधा कटौती गरिने छ, मतलब माउवादी पीडित बनेर आम्दा २ बर्षमा कागज बन्थ्यो भने अब ४ बर्ष लाग्न सक्ने भो । लाइन बिस्तारै बढ्ने भयो। डीभी भिषा अन्त्य गरिनेछ । जो जो आए आइहाले, अब कानुन बनो भने ‘यहाँ डिभी भरिन्छ, ग्यारेन्टीका साथ पारिन्छ’ भन्नेले हावा खाने भए। बार्षिक १० लाख गिरिनकार्ड बाँड्ने अमेरिकाले त्यो संख्यालाई घटाएर ५ लाखमा ल्याउने भन्ने कुरो छ। आप्रवासीहरु कानुनी रुपमा भित्रने बाटो साँघुरो हुने पक्का छ । यसले सबैलाई असर गर्नेछ। यो त भयो रिपब्लिकनले गर्न खोजेको आप्रवासी सम्बन्धी कानुनको परिमार्जन। यसले नेपालीलाई त असर गर्छ नै अरु देशकालाई पनि उत्तिकै मात्रामा गर्छ। अब कुरा गरौँ ट्रम्प सरकारले जारी गर्ने एक्ज्युक्युटिभ अर्डरका कुरा। सबैभन्दा पहिला यतै भएका आप्रवासी सम्बन्धी नै कुरा गरौँ। दक्ष कामदार भिषामा आउनेको तलब अहिलेको न्युनतम तलबबाट बढाएर दोब्बर पार्ने कुरा चलिराखेको छ । भलै त्यो बाहिर आधिकारिक रुपमा आएको छैन, त्यो छुट्टै कुरा हो। त्यसैले अब दक्ष हुँ भन्ने तर दक्षता नभएका सबैलाई फन्दामा पार्ने नै भयो। कुनै कम्पनीले त्यति धैरै तलब दिएर ठीक्कको विदेसी लिनुभन्दा अलि कम तलबमा कम दक्ष अमेरीकी नै लिन्छन्। अनि तिनलाई बरु तालिम दिन्छन्, जस्ले गर्दा अमेरिकीले पाउने रोजगारीमा भने बढोत्तरी हुने छ भन्ने दाबी गरेका छन्। यो कति साँचो हुनेछ आउने दिनमा देखिनेछ। कलेज सकेर ३ महिने क्षमतामुलक तालिम लिएर अर्काले बनाइदिएको बायोडेटा र अर्कैले दिएको अन्तर्वाताको आधारमा जागीर खाएर भिषा निकालेकाहरुले त निकालिहाले; तर निकाल्ने सुरमा भएकाहरु भने नराम्रोसँग मारमा पर्ने छन्। त्यसले नेपालीको एउटा बाटो बन्द हुने हो। तर यताका बुढा-बुढी/काली/थसुल्ली अमेरिकन बिहे गर्ने मार्ग भने प्रसस्त गर्नेछ । त्यत्रो खर्च गरेर आइसकेसी जाबो पढेर मात्र त भुत्रो फर्किनु हो नेपाल। आप्रबासी भिषामा बसेर सरकारी सुविधा लिने, निश्चित आम्दानी नगर्ने, कर नतिर्नेलाई भिषा नलम्बाउनेदेखि लिएर नागरिक हुने बाटोसम्म छेक्ने कुरा आएको छ। यस्ले चाँहि अधिकांश नेपालीको सन्नीमा बजाउने देखिन्छ झट्ट हेर्दा। अमेरिकामा यस्ता घण्टेहरुको बिगबिगी भएको त सर्वविदितै छ ।त्यसैले यस्तै घन्टहरुमा अहिले रुवाबासी चलेकोछ। खासमा क्यासमा काम गर्ने, कमाइ कम देखाउने र सरकारी सुविधा लिने प्रशस्त नेपाली योबाट भने निश्चय नै प्रभावित हुने छन्। अझ चुक्ली लाउनेलाई उपहारको व्यवस्था भयो भने त नेपाली नै अघि सरेर भकाभक नारदमुनी बन्ने सम्भावनालाई नकार्न सकिन्न। केही परे म बेहोर्छु भनेर चिठी पठाउने, परेको नब्योहोरेर सरकारलाई बोझ बनाएका सम्पुर्ण बेहोर्छु भन्नेहरुलाई पनि डिपोर्टसम्मको कदम चलाउने भन्ने कुरा पनि निकालिएको छ। यस्ले पनि जथाभावी चिठी लेखेर पठाउने र पठाएकाहरुको मुटुको धड्कन ह्वात्तै बढाएको देख्न सकिन्छ। मामा, काका, भाइ दिदी, फलानो, ढिस्कानो नाता लगाएर स्पोन्सर लेटर लेखिपठाउने, अनि भिषा लिएर छिरेकाहरु लुकिदिने गर्दा त्यस्ता चिठी लेख्नेहरुलाई जवाफदेही बनाउनेतिर अघि बढ्यो भने त ‘सक्की गो नि’ भने झैँ हुनेछ। पहिला पहिला गैरकानुनी रुपमा बसोबास गरेकाहरुलाई साह्रै ठुलो अपराध गरे मात्र देश निकालाका लागि प्रक्रिया अघि बढाइन्थ्यो भने अब त्यस्ता आप्रवासीले अपराध गरेको भेट्नासाथ देश निकाला प्रक्रिया अघि बढाउने, फेलोनी अफेन्स नकुर्ने भन्ने कुरा पनि निस्केको छ। यो नियम बने गैरकानुनी रुपमा बसोबास गरेकाहरुको पनि ‘द्याट्स इट’ हुने पक्का छ। पहिला अमेरिकामा लुकेर बस्न पर्थेन भने अब अरु देश झैं साँच्चिकै लुकेर बस्न पर्ने हुन सक्छ। नेपाली अलि खुलेर अपराध गर्ने मामला अझै पछाडि नै छन्। त्यसैले यो बुदाँले फ्याट्ट कसैलईइ छिर्के हान्ला झैँ लाग्दैन। एकाध होलान्। समाचार आइहाल्छ नि हेर्दै जाँऊ। यी त भए अमेरिकामा बसोबास गर्ने नेपाली र अमेरिका जान चाहने नेपालीकालागि झड्का लाग्ने कुरा। तर ट्रम्पले अमेरिकामा बसोबास नगर्ने, नेपालमै बस्ने केही नेपालीहरुलाई पनि सन्नीमै हानेका छन्। अब त्यसबारे सानो चर्चा गरेर यो लेख टुंग्याऊँ। ट्रम्प राष्ट्रपति भएको सायद हप्तादिनमै होला केही वैदेशिक सहयोग रोक्का गरेको थियो। यो नेपालले पाउने सहयोगमात्र हैन, अन्य धेरै देशले पाउने सहयोग कटौती भएको थियो। त्यो निर्णय हुनेबित्तिकै परिवार नियोजन, प्रजनन स्वास्थ्यवालाहरु रोएको त तपाइँहरुले सुन्नु नै भयो होला। हाम्रा स्वास्थ्यमन्त्री पनि तुरुक्क गर्नुभा’थ्यो, तर वहाँले अहिलेसम्म त्यो सहयोग रोक्का हुँदा नेपालको परिवार नियोजन र पर्जनन स्वास्थ्यमा के-कस्तो असर पर्‍यो भनेर बोल्नुभएको वा तथ्याङ्क प्रस्तुत गर्नुभएजस्तो लागेको छैन। ट्रम्पको यो कदमले सर्वसाधारण नेपालीलाई कति असर गर्छ चाहिँ खोज्नुपर्ला तर अर्काले देला र खाम्ला भनेर बसेका प्रोजेक्टधारीहरुलाई चाँहि झट्का लागेको नै हो। हुन त आउने सहयोगको ठुलो हिस्सा सभा सेमिनारमा सकिन्थ्यो, अर्को ठुलो हिस्सा तलबमा। अब तलब थाप्ने र सभा सेमिनारमा सहभागी हुनेको ओठ तालु सुकेकोलाई नराम्रै त किन भनिहाल्नु र ! हैन? अब साधारण जनतालाई फ्याट्ट लाएर असर गर्ने भनेको त्यही हेल्थपोस्टमा हुने ‘चाहिने जति लैजानुस्’ भनेर लेख्या बाकस खाली हुने हो। त्यहाँ भन्दा अर्को ठुलो असर भनेको गर्भपतनमा आएको सहयोग रोकिएको हो। अधिकांस छोरी मान्छेले मेवा खाएरै फाल्या हुन्छन्। पैसा हुने नर्सिङ् होम पुग्या हुन्छन्। सहयोगवाला गर्भपतनको संख्या कागजी तथ्याङ्कमा चाँहि पक्कै नै धेरै देखिए होलान्। यस बाहेक हजुरहरुले पनि देखेका/भोगेका वा सोचेका कुनै छुल्छुली मुत आउन सक्ने संभावित कारण छन भने तल कमेन्टमा शेयर गर्नुस केरे । डाइपर खोज्न पर्ने वर्ग बेलैमा सचेत होलान् !! 😂

https://12thari.review/rajaniti/1425

 
Posted on 02-18-17 6:51 PM     [Snapshot: 476]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-19-17 1:51 PM     [Snapshot: 871]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो कथा यिनले सुन्नु हैन, बुझ्नु पर्थ्यो | बुझाउनलाइ गुरु हैन पार्टीका नेता हरुले सम्झाउदा मात्र काम लाग्ला ?
http://sajha.com/sajha/html/index.cfm?threadid=121354&noofposts=२

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters