[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

AnandNepal

Jaysmi
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 रातो र चन्द्र सूर्य भन्दै यसरी नाचे हिमानी, ज्ञानेन्द्र, प्रेरणा मध्यरातमा ठमेलको नाइट क्लव LOD Lounge मा
[VIEWED 8299 TIMES]
SAVE! for ease of future access.
Posted on 11-18-19 12:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

पुर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ ठमेलको रहेको नाइट क्लबमा मध्यरातमा पुगेर नाचेका छन । उनको साथमा बुहारि हिमानि र छोरि प्रेरणा पनि थिए । गएको शनिबार राति ठमेलमा रहेको एलओडी (लर्ड अफ ड्रिङ्क्स) लाउन्जमा

पूर्वराजा शाह, हिमानी र प्रेरणासहितको टोली राति साढे ११ बजेतिर लाउन्जमा पुगेको थियो । उनीहरु झण्डै राति एक बजे फर्किएका थिए । पूर्व जानकारी बिना नै अचानक आएको र केहीबेर नाचेर फर्केका थिए उनिहरुले रातो र चन्द्र सूर्य बोलको गीतमा नाचेका हुन् ।

भिडियो हेर्नुहोस
https://www.youtube.com/watch?v=8y4-mkSOybo
 
Posted on 11-18-19 10:07 AM     [Snapshot: 117]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हिरोइन पुजा शर्मा भन्दा कम छैनन तिनजना टिनेज छोरा छोरिकि आमा हिमानि

पुर्व युवराज पारस सोनिका रोकाय संग घुम्दै गर्दा उनकि पत्नि हिमानि अभिनेत्रि पुजा शर्मा संग देखिएकि छिन। नेपालि फिल्मकि चर्चित अभिनेत्रि संग खिचेको तस्विरमा हुर्किसकेका तिन छोरा छोरिकि आमा भए पनि हिमानि बढि सुन्दर र आकर्षक देखिएकि छिन।

https://www.youtube.com/watch?v=HdIirRo6g0k
 
Posted on 11-19-19 12:52 AM     [Snapshot: 362]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

पूर्वराजा ज्ञानेन्द्र हारेर पनि जित्ने बाजीगरजस्ता : रिमा विश्वकर्मा

रिमा विश्वकर्मा
काठमाडौं, मंसिर २

And Gyanendra's biography
https://www.youtube.com/watch?v=Ttq2P7riFSI

पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलमास्थित क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) पुगेर नाचेको भिडियो भाइरल बन्यो। उनी नाचेको भिडियो र तस्बिरबारे सामाजिक सञ्जालमा चर्चा चुलिएको छ। शाह एलओडी पुग्दा अभिनेत्रीहरु रिमा विश्वकर्मा र केकी अधिकारी पनि त्यहीँ थिए। पूर्वराजाको नजिकैको टेबलमा बसेका उनीहरुले केही समय गफगाफ पनि गरे।

शाहलाई भेटेकी रिमाले पूर्वराजा आफूले सोचेभन्दा बिल्कुल फरक पाएको नेपालखबरसँग बताइन्।

उनको अनुभव उनकै शब्दमा:

रियालिटी शो ‘कमेडी च्याम्पियन’को लोकेसन हेर्न हामी त्यहाँ पुगेका थियौँ। रातिको १० बजेतिर एलओडीको टीमसँग हाम्रो मिटिङ चलिरहेको थियो। मिटिङ सकिएर बाहिर निस्कने समयमा पूर्वराजा ज्ञानेन्द्र शाह आउन लागेको थाहा भयो। त्यसपछि हामी उहाँलाई भेटेरमात्र जाने भनेर बस्यौँ।

हामी मिटिङबाट निस्किएको झन्डै २० मिनेटमा उहाँहरु आइपुग्नुभयो। उहाँसँग पूर्वयुवराज्ञी हिमानी शाह र परिवारका अन्य केही सदस्य पनि आउनुभएको थियो।

नेपाली गीत बजिरहेको थियो। उहाँहरु एलओडी प्रवेश गर्नासाथ त्यहाँको माहोल निकै फरक देखियो। कुनै ठूलो सेलिब्रेटी सार्वजनिकस्थलमा गएको जस्तो माहोल बन्यो।

हामीजस्ता कलाकार सार्वजनिकस्थलमा जाँदा पनि भीड लाग्छ। पूर्वराजाका लागि जम्मा भएको भीड पनि उहाँप्रतिको सम्मानका लागि थियो भन्ने अनुभूति मलाई भयो।

उहाँहरु पनि हामीनजिकै बस्नुभयो। करिब एक घण्टा हामी नजिकै बस्यौँ होला। १५–२० मिनेट त हामीबीच कुराकानी पनि भयो। पूर्वराजाले हामी कलाकार भन्ने थाहा पाएपछि कुराकानी गर्न चाहनुभयो।

हामी पनि उहाँलाई कुरेर बसेका थियौँ। प्रत्यक्ष साक्षात्कार गर्न पाउँदा खुसी लाग्यो।

पूर्वराजा, हिमानीलगायतले हामीसँग नेपाली फिल्म क्षेत्र र कलाकारबारे कुराकानी गर्नुभयो। केकीलाई त उसको फिल्म हेरेको पनि भन्नुभयो। आफूले नेपाली फिल्महरु हेर्ने गरेको बताउनुभयो।

तपाईंहरु सिने क्षेत्रमा खटिइरहनुभएको छ, राम्रो गर्नुभएको छ, अझै राम्रो गर्नुस् भन्नुभयो। उहाँले हामीलाई पछिल्लो समय के काममा आबद्ध हुनुहुन्छ भनेर पनि सोध्नुभयो। हामीले ‘कमेडी च्याम्पियन’बारे बतायौँ। ‘ए नेपालमा त कमेडी चल्छ’ भन्दै उहाँले सफलताको शुभकामना दिनुभयो।

जीवनमा पहिलो पटक मैले पूर्वराजासँग साक्षात्कार गर्ने अवसर पाएको थिएँ। अर्थात्, उहाँलाई चिन्ने मौका पाएँ। त्यसअघि उहाँबारे बाहिर आएका कुराहरु, अरुले भनेको र सुनेका कुराहरुका आधारमा मैले उहाँप्रतिको धारणा बनाएको थिएँ।

उहाँलाई भेटेपछि अड्कलबाजीका भरमा बनाएको सोच नै परिवर्तन भयो। उहाँ निकै सकारात्मक हुनुहुँदो रहेछ। हिन्दीमा ‘हारकर जित्नेवालोँ को बाजीगर कहते हैँ’ भन्ने एउटा भनाइ छ नि! मलाई उहाँ त्यस्तै लाग्यो। म पहिलो भेटमै उहाँबाट ‘इन्स्पायर्ड’ भएँ।

उहाँ मलाई ‘ग्राउन्डेड’ र ‘हम्बल’ लाग्यो। उहाँको ‘पर्सनालिटी’ले उहाँप्रतिको मेरो दृष्टिकोण नै परिवर्तन गरायो। हामीले उहाँसँग फोटो पनि खिच्यौँ।

ममात्र होइन उहाँ त्यहाँ रहँदासम्म सबै जना उत्साहित हुनुहुन्थ्यो। निकै भीड बढेको थियो। उहाँहरुले आफूहरु पूर्वराजपरिवारको सदस्य भएको कुनै घमण्ड राख्नुभएन। नाच्नुभयो, खुल्नुभयो, हाँस्नुभयो र रमाउनुभयो।
https://nepalkhabar.com/entertainment/12307-2019-11-18-11-15-28
 
Posted on 11-19-19 9:27 AM     [Snapshot: 432]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

* यो अति नै भाइरल भयो तेसैले थप भिडियो -- पारस नाचेको पुरानो भिडियो सहित --

पुर्व राजपरिवार र नाइट क्लबको किस्सा - पारसले सोनिका भेटेको देखि मनोरन्जन क्षेत्रमा लगानि (भिडियो लाष्टाँ)

हालै हिमानि अनि ज्ञानेन्द्रले ठमेलको नाइट क्लबमा नाचेको बारेमा खुबै चर्चा भयो भिडियो भाइरल पनि भयो। तर, पुर्व राजपरिवारको नाइटक्लब संगको सम्बन्ध नयाँ भने होइन । यस अघि पारसले त्यसरि नै नाचेको भिडियो दुइ बर्ष अघि मेरा एक दर्शक प्रतिक गिरिले पठाउनु भएको थियो ।

अनि हालै पुर्व युवराज पारस सोनिका संगको भेट पनि पुर्वराज परिवार बेलाबेलामा नाइटक्लबमा जाने गरेको बिषयले नै शुरु भएको भनेर सोनिका रोकायाले बताएकि छिन । कान्तिपुरको साप्ताहिक संग कुरा गर्दै सोनिकाले भनेकि छिन -

पुर्वराजपरिवारको ब्यापारिक क्षेत्रमा पनि ठुलो लगानि रहेको छ । पुर्वराजा अधिराजकुमार हुंदा देखि नै बिभिन्न ब्यापारहरु सोल्टि होटल, सुर्य टोबाको, सिप्रदि ट्रेडिंग आदिमा लगानि रहेको थियो। तेसैले, नाइटक्लव मा उनको ब्यापारिक स्वार्थ पनि हुन सक्छ, उनको लगानि पनि हुन सक्छ। यसबारेमा थप जानकारि हुनेहरुले जानकारि दिनुभएमा म भबिष्यमा त्यस बारेमा चर्चा गर्ने छु । अहिले चाँहि सन २००१ मा मुल्यांकन मासिकमा प्रकाशित जानकारि अनुसार .... रिपोर्ट भिडियोमा हेर्नुस :

https://www.youtube.com/watch?v=P7g0HWHZG8o
 
Posted on 11-19-19 1:21 PM     [Snapshot: 493]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

आनन्देको उमेर कति हो ? सोर सुन्दा चै बुडो लग्छ हर्कत चै केटा केटि पारा छ अजै, आनन्दे को video canadanepal तिर नि आउन लागेको रैछ, अनुप बराल लै नि चिनेको रैछ, भैरब अर्याल को बारे चै पुरै misleading information हालेको रैछ, कसैले चिन्दैनन् जे लेखे नि हुन्छ भनेको होला, सबै मोटा दिमाग को हुन्नन्,

लु अब "रुप चन्द्र बिस्ट" र थाहा आन्दोलन को video बनाउनु तान तुन गरेर अनि म मेरो आपराध बाट मुक्ति दिम्ला. अनि के हो जिब्रो बाक्लो छ कि के हो? "द्रसक" हैन "दर्सक" हो
 
Posted on 11-20-19 10:29 AM     [Snapshot: 652]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

म केटकेटि बन्ने, केट्केटि पारा ल्याउने भरपुर प्रयास गरिरहेको हुन्छु। कहिलेकाँहि आँफ्नै केटाकेटि पनि कन्फ्युज्ड हुन्छन अरुको त के कुरो भो र ।
मिसलिडिंग इन्फर्मेसन कुनै छन भने -- मेरा दर्शकहरु अति नै चलाख छन - गल्ति तुरुन्तै पत्ता लगाउँछन -- छिन छिनमा "सरि" भनिरहन बाध्य पार्छन !!

हिजो, आफ्तद आलमले "बारात " भनेको रहेछ मैले "भारत" सुनें -- आकास पातालको फरक भएछ -- तुरुन्तै प्रतिक्रिया आयो, "सरि" भन्नु पर्यो।

रुप चन्द्र बिष्टको बारेमा चर्चा गर्न मन लागेको हो, तर फुर्सद नभएर हो। कुनै दिन पक्कै बन्छ।

 
Posted on 11-20-19 10:54 AM     [Snapshot: 659]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब आनन्देले फुर्सद नपाएर नया video नाबनको भनौ भने दिन मा एक चोटी , पारस , हिमानी-सोनीको को video update गरेको गरै छ, तम्ले बनाको video कम्तिमा नि २ घण्टा खर्चेर बनका हौ, येसोरी दिन मा २ घण्टा वाहियात मान्छे को video बनार खर्चनु भन्दा "रुपचन्द्र" जस्ता मान्छे को बारे अलि अनुसन्धान गर, video बनाऊ, तम्रा कुनै video इतिहासको काल खण्डमा "दस्ताबेज " बन्न सक्छ, त्यो गजेडी पारस को रिपोर्ट त जो कोइ ले नि बनौन सक्छ, ताल पर्यो भने " गुलान" ले बनार हाल्न सक्छ
 
Posted on 11-22-19 3:35 PM     [Snapshot: 896]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

सहि कुरा हो ..
रुपचन्द जस्ताको बारेमा अनुसन्धान गर्न अलि समय लाग्दो रहेछ।

अब एक महिना मिस नेपालको पालो .. त्यसपछि पक्का .. ;)
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters