[Show all top banners]

another_nepali
Replies to this thread:

More by another_nepali
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 What is this Andolan?
[VIEWED 7804 TIMES]
SAVE! for ease of future access.
Posted on 04-19-06 2:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिलेको जनआन्दोलन न त जनताले गरेको हो न जनताकै लागि गरिएको हो। यो त दुइवटा फटाहा समुहहरु (दरबार र दलहरु) बिच कसले जनता र देश लुट्न पाउनुपर्छ भन्ने बिबाद मात्रै हो। साझा चौतारिमा दरबार र दलहरुका पक्ष तथा बिपक्षमा ज्यादै उत्तेजक, भ्रमपुर्ण, झुट तथा कहिलेकाहिं तल्लोस्तरका गालिगलौजले भरिएका अभिमतहरु पढ्न पाइन्छन्। यो ज्यादै दुखलाग्दो हो। यसले कुनै निष्कर्षमा पुर्‍याउदैंन।

अहिलेको आन्दोलन के हो भन्ने बुझ्नुभन्दा पहिले प्रजातन्त्र र दलहरु पर्यायबाचि शब्दहरु होइनन् भनि बुझ्नु जरुरि छ। त्यसैगरि जनता र पार्टिका कार्यकर्ता पनि एउटै शब्दहरु होइनन्। अहिले आन्दोलन गर्नेहरुले दलहरु नै प्रजातन्त्र हो भन्ने भ्रम फैलाइरहेका छन्, यो नितान्त झुठ हो। प्रजातन्त्र नभैकन दलहरुको स्वतन्त्र अस्तित्व सम्भब छैन, तर प्रजातन्त्र हुनको लागि दलहरु हुनैपर्छ भन्ने छैन। त्यसैगरि पार्टिका कार्यकर्ताहरु जनताकै एउटा सानो समुह हो, तर पार्टिका कार्यकर्ताहरुमात्रै जनता हुन् भनि बुझ्नु एकदमै मुर्खता हो। जबसम्म यो बुझिदैंन्, तबसम्म केहिपनि बुझिदैंन। दुर्भाग्यको कुरा, अहिले जनआन्दोलन गर्नेहरु र त्यसको समर्थन गर्नेहरु सबै यस्तै भ्रममा छन्।

हो, निश्चयपनि अहिलेको आन्दोलन केहि ठुला दलहरुको स्वार्थको लागि गरिएको हो। तर यो आन्दोलन साचोँ प्रजातन्त्रको लागि गरिएको हो भन्न सकिने आधारहरु भने छैनन्। यसको लागि अहिले आन्दोलन गर्ने दलहरुको १३-१४ बर्षे शासनकालको बिश्लेषण गरे पुग्छ। त्यस् अवधिमा उनिहरुले जे गर्नुपर्थ्यो केहि पनि गरेनन् र जे गर्नुहुदैन्थ्यो त्यो मात्र लगातार गरिरहे। अन्तत्वगत्वा, स्थिति समाल्न नसक्नेभएपछि सत्ता दरबारलाइ सुम्पिए। जुन जुन दलहरु त्यसबेला देश चलाउन, जनतालाइ सुशासन दिन र एउटा न्यायपुर्ण समाजको स्थापना गर्न पुर्ण:त असफल भए, तिनै असक्षम दलहरु अहिले चर्का चर्का र उत्तेजित स्वरमा प्रजातन्त्र, सुसाशन र कानुनि राज्यको कुरा गरिरहेका छन्। यो ज्यादै हास्यास्पद, बिडम्पनापुर्ण र लज्जास्पद घटनाक्रम हो। यिनै दलहरुले २०४७ को सबिंधान ससाँरकै सबैभन्दा उत्कृष्ठ सबिंधान भनेर कहिल्यै नथाक्नेगरि फलाकेका होइनन्? अहिले कसरि सत्ता गुमेको एक बर्षमै यो सबिँधान् सबैभन्दा कामनलाग्ने हुनपुग्यो? स्पष्ट छ, जबसम्म यो सबिधाँनले उनिहरुलाई सत्तामा टिकाइरह्यो, तबसम्म यो सबैभन्दा उत्तम थियो। अब यो सबिधाँनले उनिहरुलाई सत्तासुख दिन नसक्लाजस्तो भएपछि उनिहरु फेरि प्रजातन्त्र, नागरिक अधिकार, नयाँ सबिधाँन र नयाँ राज्यब्यबस्थाको कुरा गरिरहेका छन्। त्यसैले यो आन्दोलन उनिहरुको सत्तामा पुग्ने भर्‍याँग मात्रै हो। यो आन्दोलनको निष्कर्ष जे भएपनि सामान्य नागरिकको स्थितिमा केहि सुधार हुनेछैन। त्यसैले यो जनताको आन्दोलन कदापि होइन, यो पार्टिहरुको मात्र आन्दोलन हो।

यो आन्दोलनमा बिशाल जनसागर उर्लिरहेको भन्ने प्रोपागान्डा मिडियाहरुमा प्रसश्त पढ्न पाइन्छ। यो के हो भनेर बुझ्नको लागि दलहरुका र तिनका कार्यकर्ताहरुका पृश्ठभुमि केलाउनुपर्ने हुन्छ। अहिलेका नेपालका दलहरुले उनिहरुको सत्ताकालमा राज्यसत्ताको दुरुपयोग गरेर र असिक्षित जनताहरुलाइ झुठा नाराहरुले झुक्याएर आआफ्ना दलका बिशाल सन्जालहरु हरेक शहर, गाउँ, सरकारि कार्यालय, मिडिया र नागरिक समाज सम्म पुर्‍याएका छन्। यो सन्जालको एकमात्र उद्देश्य आफ्नो दललाइ सत्तामा पुर्‍याउने हो। यो सन्जाल ज्यादै अबुझ, अन्धो र अनियन्त्रित छ। यसले आफुमात्रै जिन्दाबाद र अरुसबै मुर्दाबाद भन्दा अरु केहि बुझ्दैन। यसले ढुगाँमुढा गर्न, तोडफोड गर्न, जबर्जस्ति सहर , गाउँ र देश बन्द गर्न र परिआएमा गालिगलौज र कुटपिट गर्नभन्दा केहि जान्दैन। यसले आफ्नो दल सत्तामा पुग्दामात्रै प्रजातन्त्र आएको भन्ठान्छ र आफना कार्यकर्ताहरु उभोँ लाग्नुमात्रै जनता उभोँ लागेको हो भनि सोच्दछ। अहिलेको आन्दोलन सबै दलहरुका आआफ्ना यस्ता सन्जालहरु सयुंक्त रुपमा परिचालन गरि सन्चालन गरिएको आन्दोलन हो। एउटै दलका कार्यकर्ताहरु, जो लाखौंको सख्याँमा छन्, परिचालन गर्दा मात्र पनि लाखौँको भिड हुनजान्छ, यहाँ त कम्तिमा पनि सात त्यस्ता दलका भिँडहरु सगैं छन्, त्यसैले दस-बिस हजारका भिँड देखिरहनु ठुलो कुरा होइन। अढाइ करोड भन्दा बढि जनसख्याँ भएको देशको लागि यो निश्ययनै जनसागर होइन। त्यसमाथि पनि कति सोझा सामान्य जनताहरु साच्चै नै प्रजातन्त्र आउलाकि भनि पछि लागेका छन्। प्रजातन्त्र त आउला तर दलहरु र उनिहरुका कार्यकर्ताहरुकलागिमात्रै। साधारण नागरिकका लागि त बहालवाला शासक र नयाँ आउनसक्ने शासक दुबै उस्तै हुन्।

निश्च्यय नै यि माथिका भनाइबिरुद्ध सत्तामा रहेका वा पुग्नखोजिरहेका समुह र तिनका अन्धसमर्थकहरुले प्रतिबाद गर्लान्। तर सामान्य नेपालि नागरिकले यि सत्य तथ्यहरु बुझ्नु जरुरि छ।
 
Posted on 04-19-06 2:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-19-06 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It is just a circus, nothing more than that. A drama staged by the leaders to grab power.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters