[Show all top banners]

panditji

More by panditji
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Read this open letter to GPK
[VIEWED 5744 TIMES]
SAVE! for ease of future access.
Posted on 05-02-07 10:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Published in KAntipur daily, May 2, 2007
जीपी कोइरालाका नाउ“मा



खगेन्द्र संग्रँैला


आदरणीय गिरिजाबाबु,
आज मलाई कुनै मुलाकाज नराखीकन तपाई“स“ग सोझै संवाद गर्न मन लाग्यो । तपाई“ दैहिक र मानसिक दुवै दृष्टिले धेरै बृद्ध हुनुभो । लाग्छ, देह र मनस“गै तपाई“को विवेक पनि बूढो भयो । ज्ञानेन्द्रियहरूको गलानस“गै तपाई“को सम्झना शक्ति क्षीण भएको प्रस्ट छ । र म को हु“, म जहा“ छु त्यहा“ मलाई क-कसले ज्यान दिएर पुर्‍याएका हुन् र तिनप्रति मेरो दायित्व के हो यी यावत् कुरा तपाई“ले भुसुक्कै बिर्सनुभो । उखान छ, गोरु बूढो भए भीर खोज्छ, मान्छे बूढो भए जोरी खोज्छ । बूढो भएर तपाई“ बित्थामा जोरी खोज्न थाल्नुभो । जागेका जनताका आकांक्षास“ग जोरी खोज्दा आफू कुन रसातलमा गिरिन्छ, स्मृतिक्षयका कारण तपाई“लाई हेक्का हुन छाड्यो । हिजोसम्म तपाई“ राजनीतिमा शाही दरबारलाई दाया“ र माओवादीलाई बाया“ पारेर मध्यपन्थमा उभिनुभएको थियो । ढाड दरबारतिर फर्काएर तपाई“ माओवादीस“ग कति राम्ररी सहअस्तित्वयुक्त सहयात्रा र सहजीवनबारे प्रत्यक्ष र प्रेमपर्ूण्ा संवाद गर्दै हुनुहुन्थ्यो । आज इतिहासको गतिस“ग जोरी खोजेर तपाई“ले दिशा परिवर्तन गर्नुभएको म देख्दैछु । हाल तपाई“को ढाड माओवादीतिर फर्केको छ र अनुहार दरबारतिर । असल मनसायले म भन्छु, यो मध्यपन्थ त्यागेर दक्षिणपन्थतर्फ लहसिने पतनपथ हो । यो दक्षिणपन्थले कांग्रेसलाई निश्चय नै शाही दरबारको दक्षिण ढोकामा पुर्‍याउने छ । इतिहासबाट आर्जन गरिएको कटु अनुभव यस्तै त छ । भुक्तभोगी तपाई“ आफै“ हुनुहुन्छ । गिरिजाबाबु, के तपाई“ले यो दिग्भ्रान्त पथ सचेतरूपले रोज्नुभएको हो - के तपाई“ जानीबुझीकन आपmनो साख, कांग्रेसको इतिहास र नेपाली जनताका मुक्तिकामी सपनाहरूलाई नारायणहिटी दरबारको दक्षिण ढोकामा लगेर प्रभुका पाउमा चढाउन आतुर हुनुभएको हो - स्मरण रहोस् बाबुजी, यो मैले होइन, कसैलाई पनि माफी नदिने इतिहासले सोधेको प्रश्न हो ।

आउनोस्, इतिहासको अलिकता सम्झना गरौ“ । इतिहासको कथा म तपाई“कै रहस्यमय शब्दावलीमा भनु“ । 'ग्य्रान्ड डिजाइन' को रक्तरञ्जित नाटक मञ्चन गरेर वीरेन्द्र परिवारको वंश विनाशपछि उनका एकाघरका भाइ ज्ञानेन्द्रले असोजतन्त्रको मुलायम तानाशाही सुरु गरे । तपाई“ घोर अपमानसाथ सिंहदरबारबाट रत्नपार्कमा मिल्किनुभयो । बर्बर तानाशाहीविरुद्ध रत्नपार्कमा वागी झन्डाहरू फहराए । झन्डाको छेउमा म तपाई“स“गै उभिएको थिए“ । त्यो उच्चाटलाग्दो कर्मकाण्डीय आन्दोलनमा रत्नपार्क वरिपरि लुखुर-लुखुर हि“ड्दा मैले दर्ुइ जोर गोल्डस्टार जुत्ता फटाए“ । बाबुजी, थालनीकालमा आन्दोलनको हविगत के थियो - दिनदिनै पार्टर्ीी सौ-पचासजना मानिस आउ“थे । मन-मानसमा दलहरूप्रति वितृष्णाभाव टनाटन भरिएका आमनागरिक दलहरूलाई घोर तिरस्कारका नजरले हर्ेर्थे । शाही दरबारले तपाई“लाई जनर्समर्थनविहीन निरीह बूढाका रूपमा बुझयो । अनि ज्ञानेन्द्रको खटनले जाडोयाममा तपाई“माथि पानीका अतङ्ककारी फोहोरा बर्सिए । कटबा“सका कठोर लाठा बज्रिए । तपाई“ हावामा हुत्तिएर मूच्छिर्त हुनुभो । जीवनको त्यो कष्टकर क्षणमा तपाई“को दुःखमा समभाव राखेर म तपाई“को छेवैमा उभिएको थिए“ ।

पछि ज्ञानेन्द्र शाहले सकल नेपालीमाथि मकरतन्त्र नामक कठोर तानाशाही थोपरे । अनि तपाई“ - तपाई“ सञ्चार सूत्रविहीन अवस्थामा आपmनै निवासभित्र अनाथ कैदी बनाइनुभो । अनि आज - आज तपाई“ नेपालको इतिहासभरिको पहिलो र्सवशक्तिमान् प्रधानमन्त्री हुनुहुन्छ । श्री ५ को दासानुदास प्रधानमन्त्री होइन, नेपाल सरकारको सशक्त र गरिमामय प्रधानमन्त्री । दरबारको कृपाद्वारा बनाइएको लाचार प्रधानमन्त्री होइन, जनताका असल छोराछोरीको शौर्य र बलिदानको शक्तिद्वारा बनाइएको जाज्वल्यमान् प्रधानमन्त्री । सा“गुरो कांग्रेसी वृत्तको प्रधानमन्त्री होइन, एमाले र माओवादी, दलित र महिला, मधेसी र जनजाति, कर्ण्ााली र महाकाली सबैको साझा प्रधानमन्त्री । हेक्का रहोस् श्रीमान्, वर्गचरित्र, अहङ्कार र विस्मृतिका कारण बलिदानको भर्‍याङमाथि चढेर तपाई“ यी सबैलाई बिर्स“दै हुनुहुन्छ । तपाई“ जान-अन्जान इतिहासको रथ उही आतताती शाही दरबारतिर फर्काउ“दै हुनुहुन्छ । यो कृतघ्नताको अति कुरूप दृष्टान्त हो ।

भनेको भाकामा चुनाव हुन नदिने एकमात्र दोषी गिरिजा हो भनेर वामगणले झन्डैजसो एक स्वरले आरोप लगायो । मैले दोषको अंश एमाले र माओवादीका भागमा पनि त पर्ला नि भनेर तर्क गरे“ । दर्ुभाग्यवश, दक्षिणपन्थतर्फ लौरो टेकेर तपाई“ मेरो तर्कलाई मिथ्या सावित गर्दै हुनुहुन्छ । सम्झेर ल्याउ“दा तपाई“को यो विचलित पथ तर्कसङ्गत देखिन आउ“छ । राजालाई जोगाउन रायमाझी आयोगको प्रतिवेदन पहिले लुकाइयो, पछि कारबाहीका नाउ“मा त्यसलाई सारहीन झुत्रो बनाइयो । तपाई“ले राजालाई स्पेस नदिए उपध्रो हुने उद्घोष गर्नुभो । अनि विराटनगर गएर तपाई“ले राजा र युवराजले गद्दी त्यागून्, निकास सहज हुन्छ भन्नुभो । त्यो मेरा नाति पुस्तामाथि हृदयेन्द्र नामक प्रजा मार्ने र पैसा सोहोर्ने राजा थोपर्ने चाल थियो । अनि अहिले -

अहिले थुप्रै अनिष्ट घटनाहरूको शृङ्खला बनिसकेको छ । सारा लोकले सेनास“ग ज्ञानेन्द्रको सम्बन्ध विच्छेद गर भन्यो । यो आग्रहलाई एक कानले सुनेर अर्को कानले उडाइयो । ज्ञानेन्द्रले रायमाझी आयोगका प्रश्नको उत्तर दिएनन् । प्रत्युत्तरमा तिनलाई कुनै कारबाही गरिएन । पोखराका पृतनापतिले दलहरूलाई गिज्याउ“दै ज्ञानेन्द्र शाहीलाई का“ध थापे । तिनमाथि कारबाहीजस्तो कारबाही केही भएन । फागुन ७ गते ज्ञानेन्द्रले उस्तै विष वमन गरे । तिनलाई केही गरिएन । हु“दा-हु“दा लोकतन्त्र दिवसका दिन ज्ञानेन्द्र मकरतन्त्रकालमा झै“ सेनाको दलबलले घेरिएर दक्षिणकाली पुगे । त्यहा“ तिनले राष्ट्रगान नामक पत्रु 'श्रीमान् गम्भीर नेपाली' को धुनमा सलामी खाए । न सलामी दिने सेनाका नाइकेलाई केही गरियो, न सलामी खाने ज्ञानेन्द्रलाई केही भनियो । लोकका आ“खामा छारो हाल्न केबल कसुरदारलाई केरकार गरियो भनी हामीलाई ढा“टियो । अहिले प्रधानसेनापति रुक्माङ्गद कटवालले ज्ञानेन्द्रलाई सुटुक्क भेटेको कथा सुनेर मुलुक झस्केको छ । यी घटनालाई एक सूत्रमा उन्दा त्यसको अप्रिय अर्थ लाग्छ । यी यावत् घटनाका पछाडि कतै गिरिजाबाबुको स्वीकृतिको इसारा त थिएन - के तपाई“ले लिएको अहिलेको दक्षिणपन्थ यिनै घटनाको अनिवार्य परिणति होइन -

को आफन्त हो र को पर्राई हो, सङ्कटको याममा यो वर्गको प्रश्न हो । साथै यो सिद्धान्तको प्रश्न पनि हो । गिरिजाबाबु, अहिले तपाई“का बृद्ध नजरमा माओवादी प्रचण्ड कण र एमाले माधवजी अप्रिय पर्राई भएका छन् । उता मोरियार्टर्ीीपशुपतिभक्त महर्जन र रुक्माङ्गद कटवालचाहि“ तपाई“का प्रिय आफन्त भएका छन् । बाह्रबु“देका असल साथी प्रचण्ड कण र माधवजीका लागि तपाई“को द्वार अहिले बन्द छ । तर मोरियार्टर्ीीमहर्जन र कटवालका लागि भने चुट्कीका भरमा अहोरात्र तपाई“को द्वार खुरुक्क खुल्छ । बाबुजी, तपाई“का को हुन् यी मोरियार्टर्ीीहोदय - स्वदेशीलाई पाखा र विदेशीलाई काखा पार्ने यो कुचालको अभ्रि्राय के हो -

एक समय थियो जब माओवादी कणहरूको गण तपाई“लाई राष्ट्रपति बनाउन तत्पर थियो । अहिले उही माओवादीगण तपाई“लाई राष्ट्रघाती घोषित गर्ने उग्र मूडमा छ । झनै घनिष्ट हुनुपर्नेहरूका बीचको सम्बन्ध यसरी उल्टिनुमा कसको खतबात कति हो - खतबात दुवै पक्षका होलान् । तर गिरिजाबाबु, तपाई“ उमेरले पाको, उचाइले अग्लो, वरियताले विशिष्ट र दायित्वले उच्च हुनुहुन्छ । इतिहासको युगान्तकारी सङ्क्रमणकाल मलामीको लर्कोजस्तो शान्त र मौन कदापि हु“दैन । अझ त्यसमाथि गर्दै-भन्दै जा“दा पृथक दर्शन र कार्यशैली अङ्गकिार गर्ने काङ् र वाममाझ घरीघरी साना वा ठूला असमझदारी, दूरी र तिक्तता उत्पन्न हुनु कुनै अचम्मको कुरा होइन । त्यस्तोमा जेष्ठ, उच्च र वरिष्ठका नाताले समझदारी, निकटता र मधुरताको सिर्जना गर्न हात बढाउनुपर्ने तपाई“ले होइन - प्रचण्ड कण र माधवजीले राजालाई तह लगाइपाऊ“ र संविधनसभाको मिति तोकिपाऊ“ भन्दा उल्टो भेटघाटको ढोकै बन्द गर्ने - बाबुजी, प्रचण्ड कण र माधवजी तपाई“का लेखी सिकारु लडका हुन् । तिनलाई सम्झाइ-बुझाइ गर्ने, तिनलाई फकाइ- फुल्याइ गर्ने र तिनले उठाएका उचित सवालहरूको खुला दिलले कदर गर्ने माउ कर्तव्य तपाई“को होइन र - उल्टो कांग्रेसभित्रको दक्षिणपन्थी बा“दरगणलाई उचालेर तिनलाई पर, झन् पर लखेट्ने -

हो, तपाई“ बृद्ध र अशक्त हुनुहुन्छ । दू्रतगतिमा परिवर्तन भइरहेको यथार्थका जटिलता र आयामहरूस“ग तपाई“ बेखबर हुनुहुन्छ । तपाई“का वरिपरि छानी-छानी, खटाइ-खर्टाई तपाई“लाई खबर गर्नेहरू को-को छन् - थाहा छ, त्यहा“ तपाई“का प्यारा र पत्यारिला गोविन्दराज जोशीहरू छन् । रामशरण महतहरू छन् । सुजाताहरू छन् । तिनले गर्ने खबरहरू सतही, अपर्ूण्ा, एकआयमिक, घोर कम्युनिस्टविरोधी र राजापक्षीय हुनु कुनै अचम्मको कुरा होइन । लाग्छ, तपाई“को दक्षिणपन्थ त्यही कुसूचनाको उपज हो । कांग्रेसमा गतिमान यथार्थलाई समग्रमा र गहिराइमा बुझने र राजतन्त्रले चुसेर सिट्ठा बनाएको अ“ध्यारो नेपाललाई राजतन्त्रविहीन उज्यालो नेपालतर्फ डोर्‍याउन यत्न गर्ने सुयोग्य पात्रहरू नभएका होइनन् । तर कांग्रेसी गोलोमा तिनको स्थान उपेक्षित अछूतको भन्दा कुनै गतिलो छैन । गिरिजाबाबु † नरहरि आचार्य, कृष्ण खनाल र गगन थापालाई डाकेर देशको खबर र चाल्नुपर्ने उचित कदमबारे धर्ैयपर्ूवक तीन घन्टा सुन्नोस् । तपाई“को बृद्ध र शुष्क मस्तिष्कमा ज्ञानोदय हुनेछ । अनि शाही दरबारको दक्षिण ढोकातिरको तपाई“को लज्जास्पद यात्रामा ब्रेक लाग्नेछ ।

गिरिजाबाबु, सांसारिक जीवनको शेषपछि गणेशमान सिंहको शवयात्राको जस्तो अथाह मानव सागरले आफूलाई याद गरोस् भन्ने कामना आखिर तपाई“को पनि त होला । दर्ुभाग्यवश, सहिदका सपना र लोकका आकांक्षालाई क्रूरतासाथ कुल्चि“दै लोकतन्त्र र मुलुकलाई बर्बादीको भीरतिर डोर्‍याउन दक्षिण ढोकाको यात्रा गर्नेको शवयात्रामा मानिस होइन, झि“गा र भुसुनाहरूको बिगबिगीमात्र हुनेछ । मेरा यी कठोर शब्द तपाई“को गरिमामय इतिहासको रक्षार्थ समर्पित छन् ।

जय नेपाल ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters