[Show all top banners]
Back to: Kurakani General Refresh page to view new replies
 WHO should represent the Government in a cultural events
[VIEWED 6710 TIMES]
SAVE! for ease of future access.
Posted on 09-26-07 3:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am seeking the inputs from all fellow Nepalese and from the well wishers of Nepal as to how we should deal in a situation such as one we faced during Indra Jatra, described below in the future. I would like everyone to understand, by no means I am a Rajabadi by posting this forum. I think this is a very sensitive issue, not just from the religious point of view but from the cultural point of view also. What if the future head of state belongs to different religion? Who would represent as a head of state in a function such as Indra Jatra and many more centuries’ old cultural events? These events are our rich cultural heritages and we are morally liable to pass them to our future generations. My propositions would be appointing a religious leader from all major religions practiced in Nepal as a cultural ambassador sort of like we have today " bada guruju" who would be responsible for representing the cultural events on behalf of the Government.




होमपेज » समाचारपत्र » मुख्य समाचार
इन्द्रजात्रामा प्रधानमन्त्री

ईश्वरराज ढकाल(काठमाडौं)२ सय ५० वर्षलामो इतिहास बोकेको काठमाडौंको कुमारी रथयात्रामा राजा सहभागी हुने परम्परा यस वर्षेखि तोडिएको छ।




सोमबार लिंगो ठडयाएपछि शुरू भएको इन्द्रजात्राको दोस्रो दिन मंगलबार राष्ट्रप्रमुखको हैसियतले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले वसन्तपुरमा कुमारी दर्शन गर्नुभयो।



प्रधानमन्त्री कोइराला कुमारी दर्शन गर्न वसन्तपुर पुग्दा केही व्यक्तिले कालो झन्डो देखाउँदै राजाले नै कुमारीको दर्शन गर्नुपर्ने माग गरे।



दिउँसो साढे ४ बजे अत्यन्तै कडा सुरक्षाबीच कुमारी रथयात्रा अवलोकन गर्न पुग्नुभएका प्रम कोइरालाले साँझ साढे ६ बजे दर्शन गर्नुभएको थियो। साँझ ५ बजे कुमारीलाई रथमा राखेपछि प्रम कोइराला विगतमा राजा बस्ने गद्दी बैठकको स्थानमा बस्नुभएको थियो।



विगतमा राष्ट्रप्रमुखको अगाडि कुमारीको रथ केहीबेर रोकिने परम्परा रहेकोमा यस पटक नरोकीकनै गुडाइएको थियो। धेरैबेर उभिएपछि अस्वस्थता देखाउँदै प्रम कोइराला गद्दी बैठकमा बसिरहनुभएको थियो।

सुरक्षानिकायको कमजोरीका कारण रथयात्रा अस्तव्यस्त देखिन्थ्यो।



व्यवस्थापकीय कारण रथ सञ्चालनमा अवरोध पुगेको सुरक्षा निकायको दाबी छ। कुमारीलाई खुला रूपमा दर्शन गर्न नपाएकोमा विरोध जनाउँदै सोही रथायात्राका क्रममा निस्किने लाखे र पुलुकिसीले बहिष्कार गरेका थिए।



परम्पराअनुसार लाखे, पुलुकिसी, सवभक्कुले कुमारीलाई दर्शन गरेपछि मात्र रथ चलाइने गरिन्थ्यो। भैरव, गणेश र कुमारीको रथ राष्ट्रप्रमुखअगाडि आउँदा दाम चढाइने परम्परा पनि यस पटक तोडिएको थियो।



कर्मचारीले दाम चढाउन अनुरोध गर्दा प्रम कोइरालाले अस्वीकार गर्नुभयो। लाखे, पुलुकिसी र सवभक्कुले तीनवटै रथ दर्शन गरेपछि दाम चढाउने प्रचलन थियो।

पुरानै परम्परा कायम गर्नुपर्ने माग गर्दै कालो झन्डा देखाएका पर््रदर्शनकारीलाई प्रहरीले रोक्न सकेन।



व्यापक रूपमा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको रथयात्रामा पटकपटक झडपको स्थिति भएको थियो। जात्रा शुरू हुनुअगावै सरकारविरुद्ध कालो झन्डा देखाएको आरोपमा एकता परिषद्का पूवमहासचिव प्रणय पासालाई प्रहरीले पक्राउ गरेको थियो।



कुमारी रथयात्रामा सभामुख सुवास नेम्वाङ, गृहमन्त्री कृष्णप्रसाद सिटौला, अर्थमन्त्री रामशरण महत, अमेरिकी र भारतीय राजदूत क्रमशः नान्सी पावेल र शिवशंकर मुखर्जीलगायत अधिकांश राजदूतको उपस्थिति थियो।



सो समारोहमा प्रधान सेनापति, सशस्त्र र नेपाल प्रहरी महानिरीक्षक, राष्ट्रसंघीय महासचिवका विशेष दूत इयान मार्टिन, स्वास्थ्य राज्यमन्त्री, माओवादीका दुइ सांसद र एमालेका केही नेता, काठमाडौंका प्रमुख जिल्ला अधिकारीलगायत कूटनीतिक नियोगका उच्च अधिकारीलगायतको उपस्थिति थियो।



इन्द्रजात्रा शुरूआतको २ सय ५० वर्षपुगेकाले यस वर्षविशेष समारोह साथ मनँइने भएको छ। जात्रा असोज १३ गतेसम्म चल्नेछ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters