[Show all top banners]

Regal
Replies to this thread:

More by Regal
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बिजया दशमीको शुभकामना
[VIEWED 10649 TIMES]
SAVE! for ease of future access.
Posted on 10-02-08 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                दुई  दिनको रेलयात्रा र अर्को एक दिनको बसयात्रा गर्दा पनि घर पुग्न अझै एउटा लास्ट बस फेर्न बाँकी नै थियो । बसपारकमा  भने बस अघिनै ठेलाठेल पैक भैसकेछ । ढोकामा समेत झुन्डिन भ्याइसकेका अस्सत्तिहरुले । झन कतिबेला घर पुगम्ला भन्ने भा बेलामा खुट्टो टेक्ने ठाउँसम्म पनि नहुनु त । थुक्क !

 

"ह्या दाई पनि ! अली हेरेर त थुक्नु पर्छ नी । " एउटा मरन्च्यासे अघिलतिरबाट आउँदैरैछ "झन्डै खुट्टामा परेको " नपर्दै त एस्तो छ, पर्या भए त झन के भन्दो हो ।
 " हैन के अघी भरखर पास भएको गाडीले झन्डै कुचिदिएको नि मलाई, तेसैलाई थुक्या" मैले नि तेस्लाई ठीक पार्ने जुक्ती सोची सक्या थिए ।
" नजिकैबाट पेल्दिएको कि क्य हो खातेले "
" अँ दुई मिटर जत्तिको मात्रै Gap थियो "हासोले फट्को छोड्न लागेको थियो तर गधाले जोक नबुझेकाले कन्ट्रोल गरेँ । 
" चक्कामा वट लाग्न पुगिएला है होश पुर्‍याउनु " । साच्चिकै चारदिन पछी हास्ने गधा रैछ । मिटरको अन्दाजा नभएको तर गाडी सम्बन्धी ज्ञान भएकाले पक्कै पनि गाडीलाइनकै हुनु पर्छ उु जस्तो लाग्यो ।

" साच्ची दाई कहाँसम्मा पुग्नु पर्ने हो, बाटो एउटै पर्ने भए सँगै जाउँ के रे दुई भाई " मेरो शक अब येकिनमा परिणत भो । कुरा बुझ्दै जाँदा उु त्यही "यात्री कोच"को खलासी रहेछ ।
" कसरी जानु तिम्रो गाडीमा, एउटा ठाउँ छैन, थैलामा हालेर दैलामा टङा जसरी जानु । अझ एस्तो गर्मिमा । " एउटा सिट मिलाइदिम्ला नी दाई भन्ने सुन्न मेरा कान पर्खिरहेका थिए तर उस्ले भने टाल्टुल पार्न खोज्यो ।
"अब ठाउँ भनेको  त मिलिहाल्छ नि, पहिला चढनुस  त सहि । अली पर मान्छे वोर्लिनेवाला छन के "
" भो भो तेस्ता कुरा नगर  बरु छतमा हालेर लाने हो भने चहिँ गैदिम्ला " के के न तेसैलाई गुन लाउन लाग्या झै गरे मैले नि । मनमनै भने दौडेरै भए नि घर पुगम जस्तो भैसक्या थ्यो आफुलाई । छतमा त झनै गजब । 
" छतमा चाहिँ नजाम दाई, खतरा छ । "

 

         पहाडको  ग्र्यावेल बाटो, तेसमाथि नागबेली मोडहरु अनी यो  धूप । खतरा त खतरै थियो तर गाडीवालाको लागी चाहीँ यात्रु नै ठुला खतरा मानिन्छन हाम्रो गाउँतिर । आफु मर्न भन्दा नी गाडीवलालाई मारिदिने के । छतमा खान मिल्ने मात्र होइन आफुलाई कामै नलाग्ने चिजको पनि दाइँ खेलिदिने । उसो त एक पटक हामी दौतर मिलेर पनि कुन्नी कस्को हो एक पेटी स्याउ स्वहा पारीदिएका थियौँ । केटाहरुले त आधा जती हरियो मटरको पनि भतेर गरेर पाक्या टमटरले  गुना बाँदरलाई फाएरिङ गर्या हुन । त्यस्तै भएर गाडीवालाहरु हामीलाई छतमा पठाउन सित्तिमिती मान्दैनथे तर भित्र उम्सोमा गुम्सिनु भन्दा छतमै छिल्लिनु प्यारो आफुलाई चाहिँ ।

"छतमै जानेर दाई, बाटो एस्तो छ ।" खलासिले कुरो खलास पार्न खोज्यो ।
" हो , म त छतमा लाने भए मात्रा जाने " ढिपिलिन मलाई कस्ले जितनु र ।
"राम्रोसँग बस्नु नि फेरी छतमा निदैएला र गैएला भिरमा खर काट्न"
"त्यस्ता कुरामा चिन्तै लिनु पर्दैन भाई, हामी त तालिम प्राप्त ट्रेनिङ पास-मात्थिर हान्दा तल्तिर लास हो बरु यो झोला चाहिँ डिकिमा फालिदेउ "  
 
  

      बल्ल बल्ल कुरो मिलाएर छतमा चढन लागेको थिएँ नजिकै एउटा च्यातिएको काटुनको टुक्रो देखेँ, कुन्नी के सोच आयो च्याप्प समाएर उक्लिएँ छतमा । छतमा सबैतिर समान कोचेर तिरपाल बाधिसकेको रहेछ, आज भने इस्टाफ नास्ता नहुने भो भन्ने लाग्यो । अगाडि राखेको टाएरलाई लात्ताले पन्छएर खाली ठाउमा तेही काटुन्को टुक्रो फाले(धुलो र..... दुबइको सुरक्षा ), बस्नै लागेको थिए तर त्यो टुक्रोमा के लेखया जस्तो लाग्यो । मुर्गा आसनमै घोप्टिएर पढेको कुन चाँही हो नाम चलेकै किरिम-पाउडरको नारा रैछ : "सुन्दर र मुलायमा तोव्चाकोलागी सधैं प्रयोग गर्नुहोस" । ठीक भनिस , भन्दै थ्याच बसियो I
 
   

          सकी नसकी खोक्दै कन्दै बस भनाउदो अगाडि बढ्यो । हरिया धानको फाँट, चराकोसे झाडी, सिसौ-गाब्-सालको जङल हुँदै सल्लघारी अैपुग्दा बल्ल चिसो हावा चल्यो । मिठो बतास र घर पुग्ने हतासले मनमा के के याद ताजा भएर आए । अहिले मेरो घरका मान्छे के गर्दै होलान । घर कस्तो छ होला । आमाले पक्कै पनि लिपपोत गरेर चिटिक्क रङाइ सक्नु भए होला । अहिले त उही बालापनको जस्तै देखिन्छ होला मेरो घर । पहेलो माटोले पोटेर रातो माटोले बिट मारेको, झरिले पखालेर सफा पारेको खरको छानो, मोँसोले रङाएको काला झ्याल-ढोका, गोबर माटोले लिपेको आँगन । साँच्ची दीदीले पनि आँगन वरपर सयपत्रीका बेर्ना सारी सकिन होला । फेरी येस्पालि पनि ठुला-ठुला घोव्प्पा फूल भएको माला त म नै लाउनु पर्ला । बुवाले पनि आजसम्म त भित्तामा पुरेनी कोरेर रङाइ सक्नु भो होला । 
 
      

                बुवाको कुराले पहिलो चोटि छुट्टीमा घर आउँदाको याद आयो । चैत-बैशाखको धुपमा यस्तै गरी छतमा बसेर आएको थिए । गर्मी अचाक्ली थियो, आधा-बाटो अैसक्दा पानी पर्न सुरु भो ।  एक त त्यस्तो गर्मी, तेस्माथि तात्तिएको माटोमा बर्षाको पानी पर्दाको मिठो बास्ना, अझ घर फर्किदाको खुशी, तल नझरेर बेस्सरी पानीमै रुझियो । एस्तो लागि रहेको थियो कि मेरै आगमनको खुशीमा जल-बर्षा भईरहेछ फेरी चट्याङ्ले पनि गर्जेर बेला बेलामा सलामी दिरहेकै थियो । मक्ख परेर गीत गाउदै बसियो "आज मौसम बडा बेइमान है .....", हुन पनि एक बोतल LT भइदिएको भए काइदा हुने भन्ने सोच्दै घर पुगियो ।

"जा...तेरिम्मा टोक्ने यो पो मुन्टिएछ त " हाम्रो बाले तेत्ती बेला हर्शले भने कि बिस्मात्ले, मैले छुट्यौन सकिन ।
"तपाई पनि ...., बिचरा भिज्या बिरालो जस्तो भएर आएको छोरोलाई ! बाबु भित्र गएर कपडा फेर म खाना तयार गर्छु, तेत्रो लामो बाटो के नै खाए होलस र " तौलिया दिदै आमाले भन्नु भएको थियो । मेरी प्यारी आमा ।

 

 "बोलाँउदा पनि बोल्दिनौ... जिस्काउदा पनि जिस्कन्नौ... " आमाको मायामा सेन्टी हुन नपाउदै मोबाइलको घन्टी बज्यो । मेरा यादका तरङहरु बिथोल्ने को रैछ भनेर हेर्छु त तेही मेरो गाउको दौतर स्रवण रहेछ .
"किन मोरिस सर्पा " मैले सदाझै उस्लाई माया देखायँ ।
"झन फोन गर्दा त मु.. , कहाँ अाइपुगिस ,कती बेला अाइपुग्छस्, घर झोला फालेर सिधै साहीँला बाजेको अड्डामा अाइज है ,मैले गुरुङ्नी भाउजुलाई भनी सकेको छु, गज्जबको दुई बोतल हान्न जानु पर्छ सिधै " म आएको उस्लाई बल्यान्क चेक् आ जस्तो हुन्छ ।
" ल ल , अनी के गरी रा त चाहिँ "
" म्यारिज खेली रा यार , ल ल म राक्छु । अलच्छिनासँग कुरा गरेर लोदर लाग्यो, एकको माल नि परेन " उस्ले आफुलाई ब्यस्त देखायो ।    
 "एकको माल नै हुन्न अनी कहाँ बाट परोस त " मैले अझ रिस उठाउन खोजेँ
"तेरो बाजे जिरोको माल नि परेन भन्या के "
"जिरो माल पनि त हुन्न नि, बरु कत्ती पनि माल परेन भन्न न " मैले अझ थपेँ
" अँ के तेरो टाउको तेही भन्या, हजुरले नै जित्नु भो आफ्नो त आज हार्ने नै लेख्या छ जत नि" उस्ले बिट मर्यो ।

                     मैले पनि मोबाइल सुइच अफ नै गरेर फेरी यादमा डुब्न खोजेँ, तर एक चोटि छुटी सकेको सोच को गाडी भेट्टाउन सकिन । मोबाइल हातमा लिएर अन गर्न लागेको थिए फेरी के सोच आयो गरिन .हुन पनि गाउ अैसकेपछी त यो ठाँडोको काम पनि छैन के । कसैलाई बोलाँउदा घरको आँगनबाट एक चोटि कराइदिने हो भने वोरपरका डाँडामा ठोकिएर चारचोटि सुन्निछ । फेरी न्यचुरल रिङ्गटोन  पनि त गजब कै पाईन्छ , झ्यौकिरी रिङ्गटोन, हाम्रो झ्याङ्को चरा-चुरिङ्गइको airtel बर्ड रिङ्गटोन, जाड्याहा झाँक्रीको laughing अनी झँक्रेनीको crying रिङ्गटोन, एस्तो त कती कती । अब गीतै सुन्ने हो भनी मलाई र सर्पालाई टिल्ल पारीदेउ हामी  रात छर्लङै  पार्दिन्छम, सुन्ने कोइ नभए नि हुन्छ ।

 

                              गीतको  कुरा  सोचिरहेको बेला तल गाडीमा पनि मज्जाको गीत छतै थर्किने गरी बज्दै रहेछ :"आफ्नै गाउ फर्की आएँ "। गाउ छिर्ने बेलामा के हुन्छ कुन्नी यि डाइबरहरुलाई बाटाभरी नलाएको डेक खुब घनकाउछन । हुन त जे सुकै होस् आफुलाई गाउ-ठाउ नियाल्दैमा फुर्सद नभाबेला । यस्तै सोच्दै फेरी आफ्ना गाउका घर र मान्छे पहिल्याउनतिर लागे ।  हैन कती धेरै नयाँ घर बनी सकेका हुन अचेल त , के-के बादीले लेखेटेका जती सबैले यतै घर हाल्याछन भनेर बुवाले छिट्ठिमा त लेख्नु भएकै थियो तर एती धेरै होलान जस्तो त लागेको थिएन । नयाँ नेपालको कुरा त मलाई थाहा छैन तर हाम्रो गाउ चहिँ अर्कै किसिमको नयाँ भएछ । के यस्तै होला त बिकास ?
" ल ल दाई तल झरुम अब, सकियो पैसा, अैपुग्यो-अैपुग्यो" नयाँ नेपाल र बिकासको बिचार  बिथोल्दै कराइ हाल्यो खलासी भनाउदो । हुन पनि एस्ता कुरा कसैले राम्रोसँग सोच्न नपाउने भए, अर्को बिगारन अैहाल्छ । एस्तो गरेर कहिले उभो लाग्ने । आफु भने उधोँ लाग्नु पर्‍यो भन्ने सोच्दै छतबाट झरेँ ।

" ल है त दाई , यात्रा पनि सकियो-मोज पनि सकियो " फेरी त्यही मरन्चयाँसे बिद्वान बन्न अैपुगी हाल्यो छेउमै । छतबाट केही लग्या छ कि भनेर सुराकी गर्न पो मोर्याथ्योकी कुन्नी । तर गाउ अैपुगेको खुशीमा मेरो बोली त्यो प्रती पनि राम्रै निस्क्यो ।
"हैन भाई मोज कहाँ सकिनु बल्ल सुरु भो , दसैं मुख-मुख छ । ल बरु तिमीलाई पनि दसैंको शुभकामना , अनी तपाईंहरु सबैलाई पनि भन्दै सबै यात्रुतिर हात हल्लाएँ। कसैले हेरेनन तर के भो र आफ्नो भन्ने काम हो। फेरी भनिदिएँ "बिजया दशमीको शुभकामना " ।   


 
Posted on 10-02-08 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिंकुटे लाइ क्या नाम सलुट ठोकें है।  

कस्तो धमाकेदार re-entry हो यो रिंकुटेको।
कस्तो स-चित्र बर्णन, म आफै त्यो बसको छानामा छु जस्तो पो लाग्यो।
सझालाइ बिर्स्या रैन छ जे होस। आउदै जादै गर्नु नै हुने छ भन्ने आशाका साथ


 
Posted on 10-02-08 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! म त दशैँको शुभकामना भनेर हिँड्या होला एकछिनमा हेर्छु भनेर बसेको त यता त धमाका गा' रहेछ!

ल प्रभो अब यसपाली छुट्टिमा अलि धेरै बसम यतातिर र यस्तै गन्थन टाँसम सकेसम्म!

दशैँको शुभकामाना छ मेरो पनि!


 
Posted on 10-02-08 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

ओहो! म त दशैँको शुभकामना भनेर हिँड्या होला एकछिनमा हेर्छु भनेर बसेको त यता त धमाका गा' रहेछ!

ल प्रभो अब यसपाली छुट्टिमा अलि धेरै बसम यतातिर र यस्तै गन्थन टाँसम सकेसम्म!

दशैँको शुभकामाना छ मेरो पनि!


 
Posted on 10-02-08 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरेक वर्णनको पछाडी एकदम witty टिप्पणीको पुछार जोडेर कथा हाल्ने रिकुटेको सिउनेचर ईस्टाईल साह्रो दामी लाग्छ मलाई ।

 

यसपालीको कोसेलीमा पनि कुनै कसर छैन । क्यावात !

 

Nepe


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters