[Show all top banners]

Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Bichara.. Rajesh Hamal
[VIEWED 5719 TIMES]
SAVE! for ease of future access.
Posted on 11-30-08 12:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

These days Im havin fun goin through tabloid newspaper Naya Patrkia, here is one piece I just read.

एकान्तको खोजीमा ५१ दिन
अन्य समाचार
पुरानो अंक

सन्तोष रिमाल
2008-11-29,Saturday


घर होस् या सिनेमाघर । छायांकनस्थल होस् या अन्य सार्वजनिक स्थल । आफ्नो भेउ पाउनेबित्तिकै घेरा हाल्ने दर्शकबाट केही दिन हराउन चाहन्थे राजेश हमाल । नयाँ दिनसँगै पुरानो क्यामेराअगाडि उभिएर सुरु हुने दैनिकी केही दिनका लागि ँब्रेक’ गर्न चाहन्थे उनी । एकै खालको दिनचर्याबाट ँमोनोटोनस’ उत्पन्न भएको थियो उनमा । ँवरदान’ हो या ँश्राप’ दुई दशकदेखि उनको व्यावसायिक जीवनले विश्राम पाएन । आफूलाई पर्खिरहेका सिनेमालाई यिनले लत्याउन सकेनन् । व्यवसायप्रति इमान्दार रहँदा निजी चाहना कुण्ठित भयो । यी नायकका लागि 'शनिबार’ नआएको कत्ति भयो कत्ति । चाडबाड पनि चटारोमै बित्छ । सँगै अभिनय गर्ने कलाकार बिरामी हुँदा र क्यामेरा बिगि्रँदा झुक्किएर छुट्टी पाएको सम्झना पनि साह्रै थोरै छ । यिनलाई 'खिचेको’ चलचित्रले सजिलै सावा उठाउने विश्वास गर्छन् निर्माताहरू । त्यसैले सिनेमामा भर्खर पाइलो टेकेकादेखि पाका निर्मातासमेत राजेशलाई पर्खिएर बस्छन् । उनी एक दिन बेखबर बस्दासमेत ठूलो हलचल मच्चिन्छ । यस्तो अवस्थाका बीच लामो यात्रामा निस्किउन् कसरी ? यतिका वर्ष उनले त्यो हिम्मत गर्न सकेका थिएनन् । तर, गएको दसैंदेखि तिहारसम्मको समय भने यात्रा गरेर बिताउने निर्णय गरे उनले । व्यस्तताको घेराबाट उनी केही समय फुक्का हुन चाहन्थे । उनी त्यस्तो एकान्त ठाउँको खोजीमा थिए, जहाँ 'राजेश हमाल’को परिचय नफैलिएको होस् ।

एकान्तमा रमाउने लामो समयदेखिको चाहना पूरा गर्ने योजना बनाएअनुरूप आउँदा चलचित्रको छायांकन-तालिका पर धकेल्न अनुरोध गरे । र, निस्किए 'मोनोटोनस ब्रेक’ गर्न । आफ्नो योजनाअनुरूप उनलाई स्वदेश यात्रा उपयुक्त लागेन । एकान्तवासको भरपुर उपयोग गर्ने गन्तव्यका रूपमा उनको छनोटभित्र पर्‍योे छिमेकी देश भारतको प्रसिद्ध पर्यटकीयस्थल गोवा । उनी फूलपातीको अघिल्लो दिन सो गन्तव्यतर्फ निस्किए । मुम्बई हुँदै गोवा जाँदै गर्दा उनले कल्पना गरेका थिए, 'स्वच्छन्द रूपमा समुद्री किनारमा पल्टिएर नितान्त निजी जीवन बिताउने । जहाँ नेपालका नायक राजेश हमाल हुनुले जोडिएका बन्धनहरू रहने छैनन् । त्यो अपरिचित ठाउँमा न अरूसँग मतलब हुनेछ, न त आफ्नो बारेमा चासो राख्ने नै कोही हुनेछन् ।’ तर, हमालको उक्त सोच सार्थक बनेन । 'म गोवा पुगेको कुरा दुई घन्टामै धेरैतिर फैलिसकेछ,’ उनको चाहना पहिलो गन्तव्यबाट पूरा भएन । एकान्त खोज्दै गोवा पुगेका हमाल अतिथि पो बन्न पुगे । त्यहाँ बसुन्जेल प्रत्येक दिन भेटघाट, चियापान र फिल्मी जिज्ञासाको समाधान गराउँदै समय बित्यो भन्छन् उनी ।

गोवाको यात्रा आफूले खोजेजस्तो नभएपछि उनी मुम्बई नै फर्किए । त्यहाँ उनले केही दिन छुट्टीको अनुभूति गर्न त पाए । तर, आफूले चाहेजस्तो 'एकान्त’ भेटेनछन् । बरु त्यहाँ रहेका नेपाली समुदायका अगुवाबाट प्रस्ताव आएछ- सांस्कृतिक कार्यक्रममा सहभागी हुने । 'तिहारको टाइम, मुलुकबाहिर रहेका नेपाली दर्शकको आग्रह टार्न सकिनँ । त्यसैले चारवटा कार्यक्रममा सहभागिता जनाएँ,’ राजेशले भने । मुम्बईका स्थानीय कलाकार र नेपालबाट गएका दोहोरी गायक-गायिकाको साथमा खुब जम्यो भन्छन् सांस्कृतिक कार्यक्रम । उनले नयाँ अनुभूति गरेछन्, 'मुख्य मिसन पूरा नभए पनि नौलो तरिकाले तिहार मनाउन पाएँ । विदेसिएका दर्शकको साथ रमाएर ।’ एकान्तको खोजीमा निस्किएका हमाल झन् भीडमा पो फस्न पुगेछन् ।

निजी यात्रामा निस्किएका हमाललाई न सिनेमाको बजार बुझ्नु थियो न त दर्शक प्रतिक्रिया नै । तथापि मुम्बई सहरमा नेपाली सिनेमा चलेको देख्दा चासो लाग्ने नै भयो । 'मुम्बईको एउटा हलमा साप्ताहिक रूपमा नेपाली सिनेमा चल्दो रहेछ,’ उनले भने, 'त्यहाँका दर्शकलाई नेपाली चलचित्रको बारेमा अपडेट पाउँदा चकित परें ।’

मुम्बईका चलचित्रप्रेमीसँग केही दिन रमाए राजेश । तर, उनलाई पुनः झक्झक्याउन थाल्यो आफ्नो मुख्य मिसनले । त्यसपछि उनी लागे थाइल्यान्डतर्फ । उक्त गन्तव्य नपुगुन्जेल उनी विश्वस्त थिए- त्यहाँ आफूलाई चिन्ने कोही भेटिनेछैनन् । तर, होटलबाट बाहिरिएको १५ मिनेट बित्न नपाउँदै 'राजेश दाइ’ भन्दै घेरा हाल्ने जमात देख्दा सोच्न पुगेछन्, 'यहाँको बसाइ पनि सोचेजस्तो नहुने भयो ।’ काठमाडौंमा भन्दा फरक लागेन उनलाई थाइल्यान्डमा बसाइ । उनी त्यहाँका दर्शकबारे बताउन थाले, 'बर्माबाट गएका नेपाली धेरै भेटिए थाइल्यान्डमा । गजबको कुरा के भने, उनीहरूले नेपाल टेकेका रहेनछन् । तर, नेपाली चलचित्रसँग भने एकदमै परिचित रहेछन् ।’ एकान्तको खोजीमा थाइल्यान्ड पुगेका यी नायकको समय चलचित्र चर्चामै बित्न थाल्यो । आफूले बिर्सिसकेको भूमिकाबारे दर्शकले चर्चा गरेको सुन्दा यिनले बुझेछन् चलचित्र माध्यमको महत्त्व । 'चलचित्रको छाप कति गहिरो हुँदो रहेछ भन्ने कुरा मैले त्यति वेला थाहा पाएँ । कतिपयले त १५ वर्षअगाडि मैले निर्वाह गरेको भूमिका र संवादसमेत सुनाए,’ यो उनका लागि आश्चर्यको विषय थियो । थाइल्यान्ड बसाइ पनि दर्शकको जिज्ञासा मेटाउँदैमा बित्यो भन्छन् हमाल ।

थाइल्यान्डमा एकान्तको आभास नभएपछि उनी लागेछन् हङकङतर्फ । तर, त्योभन्दा अगाडि नै चलचित्र विषको युनिट त्यहाँ पुगिसकेछ । चलचित्रको पहिलो प्रदर्शन हङकङमा । अनि चलचित्रका मुख्य नायक पनि त्यहीँ । अनि त निर्माण पक्षलाई के चाहियो, राजेशकै सहभागितामा भयो चलचित्रको पहिलो प्रदर्शन । निर्माण पक्षका लागि यो नसोचेको 'बोनस’ थियो । राजेश सो समारोहको आकर्षण थिए । चलचित्रको व्यापारिक सफलतामा उनको उपस्थितिले निकै महत्त्व राख्यो । तर, राजेशको चाहना भने हङकङमा पनि पूरा हुन सकेन ।

चार चौरास भौंतारिँदा पनि 'आफ्नै किसिमले बस्न नपाएको’ तिर्सना बोकेर उनी ५१ दिनपछि स्वदेश फर्किए । क्यामेराबाट टाढा रहे पनि दर्शकबाट टाढिन नसकेको निष्कर्ष निकाल्दै ।

http://nayapatrika.com/newsdetail.php?id=811281148537812&n_id=72



 
Posted on 11-30-08 2:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rajesh Hamal still Rocks.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters