kya_naam_disturb
More by kya_naam_disturb
What people are reading
Subscribers
Please log in to subscribe to kya_naam_disturb's postings.
:: Subscribe
|
I 100% agree with this article what abt u??
|
[VIEWED 8691
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
kya_naam_disturb
Please log in to subscribe to kya_naam_disturb's postings.
Posted on 03-22-09 10:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
http://www.kantipuronline.com/Nepal/article.php?&aid=12
हामी नेपाली
स्खलित शक्तिहरू र संक्रमण नेपाली राजनीतिका स् खलित शक्तिहरू राजनीतिक 'भिएग्रा'को खोजीमा भारत पसेको विश्लेषण भएपछि माओवादीहरू सम्भावित करणीको भयले चिन्तित भएका छन् । चिन्तित नहुन् पनि कसरी ! किनभने, उनीहरूले भारतीय भिएग्राको प्रयोगबाट प्राप्त हुने चरम सन्तुष्टि र पीडा दुवैलाई विगतमा बारम्बार अनुभूत गरेका छन् । तर, यसपटक न ती स् खलित शक्तिहरूले भारतमा भिएग्रा उपहार पाउने छन्, न त माओवादीहरू करणीको भयले कम्पित हुन आवश्यक छ । त्यसका दुईवटा कारण छन् । पहिलो, यो अवस् थामा भारतका लागि माओवादीभन्दा अनुकूल अर्को शक्ति नेपालमा हुनै सक्दैन । माओवादीलाई पाखा लगाउने प्रपञ्च रचेर भारतलाई कुनै फाइदा हुनेवाला छैन । माओवादीहरू अत्यन्त कमजोर धरातलमा उभिएर गठबन्धनको नेतृत्व गररिहेका छन् र गठबन्धन ढल्न नदिन उनीहरू अरूभन्दा कमसेकम एक कदम अघि बढेर भारतसँगका मामिलाहरूमा सम्झौता गर्न तयार हुनेछन् । तर, माओवादीबाहिरको नयाँ राजनीतिक समीकरणको उदय भएमा त्यसबाट सिर्जित अस् िथरताका माझ भारतले माओवादीहरूसँग जति पनि अपेक्षा गर्ने ठाउँ नरहन सक्छ ।
नेपाल भारतनिर्भर 'क्लायन्ट स् टेट' हो । क्लायन्ट स् टेटलाई सो दर्जाबाट माथि उठ्न नदिन उमाथि राजनीतिक प्रभुत्व कायम राख्नु पर्ने हुन्छ । सो प्रभुत्व कायम राख्न शक्तिशाली छिमेकीले त्यस् तो राष्ट्रमा या त तुलनात्मक रूपमा आज्ञाकारी सत्तालाई निरन्तरता दिन खोज्छ, त्यसो नभएमा शक्तिशाली र स् िथर सरकार रहिरहन दिँदैन । भारतले नेपालमा दुवै किसिमका रणनीतिहरू अख्तियार गरसिकेको छ । राजा वीरेन्द्रले आज्ञाकारी क्लायन्टको आभास दिन सकेको भए २०४६ सालमा पञ्चायत जाने थिएन र तत्कालीन राजा ज्ञानेन्द्रले आफ्ना दाइको भन्दा पनि हठी नीति अख्तियार नगरेको भए ०६५ सालमा राजतन्त्र जाने थिएन । माओवादीहरू जबसम्म तुलनात्मक रूपमा अवज्ञाकारी देखिँदैनन्, तबसम्म भारतले अरूलाई सहजै राजनीतिक भिएग्राको चक्की दिनेवाला छैन ।
अब बाँकी रह्यो, स् खलित शक्तिहरूको कुरा । विचरा पूर्वराजा ज्ञानेन्द्र माओवादीहरूका लागि भूत समान भएका छन् । यो स् तम्भकारलाई उनी अर्थमन्त्री बाबुराम भट्टराईले कथेजस् तो 'बेबी किङ्' को तानाबाना बुन्न भारत गएका होलान् भन्ने कत्ति पनि लाग्दैन । पूर्वराजाले राजनीतिक लडाइँ हारे पनि, म त भन्छु, उनले सम्मानको लडाइँ जितेका छन् । त्यति प्रतिकूल परििस् थतिबाट गुजि्रनु परेको भए हाम्रा कुनै पनि 'महान्' नेताहरू सबैलाई तथानाम गाली गरेर गन्हाउने नाली भएर बग्ने थिए । पूर्वराजाले विगतमा जेजस् तो गल्ती गरे पनि सत्ता आफ्नो हातबाट गुमेपछि सधैँ आफ्नो सम्मान कायम राखेका छन् । उनी राजतन्त्र पुनःस् थापना गर्ने षड्यन्त्रमा लागेर आकाशै खस् दा पनि तेज नगुमेको त्यो अनुहारमा अब फोहोर पोत्न चाहलान् जस् तो लाग्दैन । र, त्यो धृष्टता गरहिाले भने पनि उनको शक्ति यति स् खलित भइसक्यो कि त्यस् तो प्रयासले कुनै तात्त्विक असर पार्ने छैन ।
त्यसैगरी, गिरजिाप्रसाद कोइरालाको शक्ति अब सम्भवतः पूर्वराजा ज्ञानेन्द्रको भन्दा पनि क्षीण भइसकेको छ । उनले कुराले फुर्ति लगाउने मात्र हो, कामले अब केही गर्न सक्दैनन् । भारत जाने चर्चा पाएका राजनीतिक रूपमा स् खलित अर्का नेता सूर्यबहादुर थापाको पनि हाल त्यस् तै छ । कोइराला र थापा दुवैको अर्थपूर्ण राजनीतिक जीवन समाप्त भइसक्यो । तर, राजनीतिक चर्चामा बसिरहन उनीहरूले केही न केही गर्नैपर्ने र केही न केही बोल्नैपर्ने हुन्छ, जुन उनीहरूको पृष्ठभूमिका कारण समाचार बन्छ । भर्खरै पार्टी नेतृत्वको चुनाव हारेका केपी ओली अनि भाग्यले उपप्रधानमन्त्री बनेका वामदेव गौतमलाई पनि वर्तमान सन्दर्भमा स् खलित शक्ति नै भन्दा फरक पर्दैन ।
अहिलेको संक्रमण कालका वास् तविक शक्तिचाहिँ चार जना छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल, एमालेका अध्यक्ष झलनाथ खनाल, मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव र सेनाप्रमुख रुक्माङ्द कटवाल । यी चार जनामध्ये कसैको बुद्धि भ्रष्ट नभएसम्म अत्यन्तै संवेदनशील संक्रमणको यो यात्रा अवरुद्ध हुनेछैन । त्यसमा गम्भीर समस् याहरू निरन्तर आइरहने छन् तर दाहाल, खनाल, यादव र कटवाल बृहत्तर राष्ट्रिय हितको प्रश्नमा निहित स् वार्थभन्दा माथि उठिरहन सके भने स् खलित शक्तिहरूको सम्भाव्य षड्यन्त्रबाट कोही आत्तिनु पर्दैन ।
तर, डर के भने माथि उल्लिखित चार जनामध्ये खनाल र कटवालले तुलनात्मक रूपमा व्यक्तिगत स् वार्थभन्दा माथि उठेर काम गरेको बारम्बार देखिएको छ । त्यसै भएर खनाल बारम्बार आफ्नै दलका नेताहरूद्वारा माओवादीको पुच्छरका रूपमा आलोचित हुन्छन् । यो पंक्तिकार वर्तमान अवस् थामा तमाम समस् याका बाबजुद माओवादीसँगै मिलेरै काम गर्नुपर्छ भन्ने खनालको अडानसँग पूर्ण सहमत छ । कटवालले पनि बारम्बार आफूलाई बर्खास् त गर्न सकिने चर्चाका बाबजुद, सेनालाई राजनीतिमा मुछ्ने प्रयासको संक्रमणकालभर िजसरी पहाड भएर प्रतिरोध गरे, त्यसको प्रशंसा गर्नैपर्छ । अहिलेकै कुरा गर्ने हो भने, जर्नेलहरूको अवकाश प्रकरणमा उनी असन्तुष्ट हुनु स् वाभाविकै हो । तर, उनले अनावश्यक उत्तेजना प्रकट गर्ने छैनन् भन्ने आशा छ । दाहाल र यादवचाहिँ अझै पनि अलि विचार पुर्याउनु पर्ने पात्रहरू हुन् । दाहालको देश बनाउने प्रतिबद्धतामा शंका गर्नु पर्दैन तर सकेसम्म र पाएसम्म सबैलाई पेलेरै देश बनाउने उनको रणनीतिचाहिँ अलि डरलाग्दो छ । सक्ने भए उनले दलमा जस् तै देशमा पनि आफ्नो एकछत्र आधिपत्य कायम गर्न प्रयास गर्ने थिए । यादवलाई चाहिँ सम्भवतः देशको कम, आफ्नो र मधेसको बढी चासो छ । उनको र उनको राजनीतिक परचियसँग गाँसिएको मधेसको स् वार्थमा आँच पुग्न लाग्यो भने, उनले कुनै पनि बेला गठबन्धनबाट समर्थन फिर्ता लिन सक्छन् । गठबन्धनबाट फिर्ता मात्र भए त केही थिएन, त्यसको परण्िाति भनेको मधेसमा विभिन्न मागका साथ पुनः दन्किने आगो हो, जसले यो गठबन्धनलाई भंग मात्र होइन, संविधान लेखन प्रक्रियालाई अवरुद्ध तुल्याएर देशलाई पुनः हिंसाको चक्रमा जाकिदिने शक्ति राख्छ ।
त्यसैले, राजनीतिक भिएग्राको खोजीमा भारत गएका भनिएका पूर्वराजा र हाम्रा नेताहरूभन्दा पनि, अहिले कसैसँग डराउनु पर्छ भने उच्च र उग्र शक्ति सम्हालेर बसेका दाहाल, खनाल, यादव र कटवालसँग हो । किनभने, यी चार जना गणतान्त्रिक नेपालको रक्षक र भक्षक दुवै हुनसक्ने क्षमता राख्छन् ।
Last edited: 22-Mar-09 11:02 AM
|
| |
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| NRN card pros and cons? |
| TPS To F-1 COS |
| Nepal TPS has been Extended !!! |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS |
| Supreme Court allows Trump to end TPS for Venezuelans |
| Nepal TPS decision |
| TPS to F1 Status. |
| legal Query for married nepali girl now have taken US citizenship |
| ए १ पनि पुगेनछ ? |
| Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is. |
| 2020 : Why No Trump ! |
| Business Ideas in Nepal? |
| A legit Non-Profit organization "United For TPS Nepal " |
| Leave messages on US congressman's facebook to support TPS |
| TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|