[Show all top banners]

PeaceSoul
Replies to this thread:

More by PeaceSoul
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

On The Rocks
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 वर्तमान अतितसँग बिताउदा
[VIEWED 8165 TIMES]
SAVE! for ease of future access.
Posted on 10-08-09 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


October 6, 2009
Washington DC
Inside Metro

आज काममा साच्चिकै ब्यस्त थियो । बिहानको कुराले मनमा कस्तो कस्तो बनाइ रहेको थियो । ब्यस्ततको करणले होला बाहिरको कुरा सोच्ने फुर्सद नै हुँदैन काममा । अहिले म ट्रैनमा यात्रा गर्दै छु । अचम्म को संसार रहेछ । थरी थरिका मान्छे । साच्चै भन्ने हो भने DC मा धेरै बिविधता छ । एउटा रङ्गी चङ्गी मान्छेको बगैचा भन्दा फरक पर्दैन । एस्तो बिविधतामा पनि किन हो कुन्न्नी मलाई एउटा तस्विरले सताइ रहेको छ । हिजो देखेको सपनाले अझै तरङ्ग ल्यै रहेको छ । कस्तो कस्तो महसुस भईरहेछ । कसरी आज अचानक उनको याद आइरहेछ । उनलाई सम्झन छाडेको अथवा नसम्झेको भनु या याद नगरेको धेरै भईसक्यो । हिजो अचानक उन्लाई सपनामा देखे । उस्तै चन्चलता, उस्तै उमङ्ग, उस्तै चमक देखिन्थ्यो उनको आँखामा । उनको हसिलो अनुहार उत्तिकै बलेको उज्यालो थियो । उनको घर वरीपरी एस्तो रोनक छाएको थियो, शायद त्यो नयाँ बस्ती हुनु पर्छ । त्यो बस्ती सम्मो मैदानमा थियो तर अचम्म लाग्छ त्यँहा कही कतै पहाडको जङ्गल छिचोलेर निस्केको कुन्ज जस्तै देखिन्थ्यो त्यो बिहान । शायद त्यो बिहान हुनु पर्छ किनकी तेतिखेरको माहोल बिहानकै थियो तर अहिले अचम्म लाग्छ म तेती बिहान त्यहाँ किन गएँ ।

मलाई त्यहाँ कम्प्युटर बनाउन बोलाइएको थियो । तर अचम्म लाग्छ म त server मा काम गर्ने मान्छे कसरी PC repair गर्न त्यहाँ गएँ । म त office अर्थात business का कम्प्युटर पो बनाउछु घरको कम्प्युटर बनाउन कसरी पुगे ? जे होस् म कम्प्युटर बनाउन त्यो घर गएको थिए र म घरको माथिल्लो तलामा बसेर बनाएको थिए । मैले त्यो कम्प्युटर बनाये र घरका मान्छे सँग बिदा भएर बहिर निस्कें । कोठाबाट बाहिर निस्कंदा साथ बर्दली थियो । घर भित्र अमेरिकन तवरको अनी अमेरिकामा नै हो जस्तो लाग्छ तर घर बाहिर नेपाली तवरको बनाएको कस्तो कस्तो लाग्यो । जीवनमा यस्तो घर कहिले देखेको थिइन । यसो बर्दलिबाट बाहिर हेरेको Denver, Colorado जस्तो लाग्छ

क्रमस .....

 
Posted on 10-08-09 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जीवनमा यस्तो घर कहिले देखेको थिइन । यसो बर्दलिबाट बाहिर हेरेको Denver, Colorado जस्तो लाग्छ घरको उत्तर पट्टिको भेग । कता कता काठमाडौंको झल्को पनि दिन्छ । टाढा टाढा हरिया रुख र खुइला डाँडा पनि देखिन्छन । एउटा रमाइलो उपत्यका लाग्छ ।

बाहिरको बर्दलिबाट तलझर्ने भर्याङ्ग थियो नेपालको गाउ घरतिरको घर जस्तै । घरी घरी त्यहाँको माहोल देख्दा नेपाल नै लग्थ्यो । म जसै बर्दलीबाट तल झर्न के खुट्टा उचालेको थिए, तल भुइँमा एउटा चिनेको अनुहार कपाल बाँधेर पछाडि फर्काएको घर पारीको डीलमा हातको पलेटी कसेर एउटा खुट्टा सिधा र अर्को अल्ली छ्द्के टेकेर मतिर हेरिरहेको देखेँ । टी-सर्ट र स्कर्ट, जुन घुँडादेखी ३-४ इन्च तल सम्म झरेको थियो, मा सजिएकी कस्तो राम्रो सुहाएको !!!  त्यो ११५ पाउण्डको त्यो शरीर जुन मैले कती पटक उठएको थिए, घुमाएको थिएँ साह्रै आकर्शक देखिएको थियो ।

म उनिलाई हेरदै पाइला अगाडि बढाएँ । मेरो शरीर एक प्रकारले स्थिर थियो । अचल बनेर बसेको थियो र एकदमै भारी भएर आयो । बिस्तारै पाइला भर्याङमा बढाये ।  म उनी तिर फर्के र बिस्तारै टाउको उनितिर फर्काए । उनी तेही ठाउमा उभिएर मन्द हाँसो हाँस्दै म तिर हेर्दै थिइन । म पनि अचम्म मानेर बिस्तारै बिस्तारै तल झर्दै थिए । मलाई अचम्म लाग्यो, कस्तो कस्तो भयो । कस्तो बिडम्बन यहाँ भेट्न परेको !!! मनमा कस्तो कस्तो भयो । ओहो यो के हो !!! मनमा कस्ता कस्ता कुरा चल्न थाले । उनी आफ्नै ठाउँमा उभिएर मतिरै हेरी रहेकी थिईन म बिस्तारै बिस्तारै तल झर्न थालें । घरी घरी अचम्म लाग्थ्यो ।  उनी त मलाई पहिला पहिला भेड्दा दगुर्दै चुम्दै अङगालोमा बाँधिन्थिन । म सोच्दै थिए भर्र्याङ् झर्दै थिएँ बिस्तारै बिस्तारै । उनी जहाँको तेही अडिक भएर बसिरहेकी थिईन । मलाई कस्तो कस्तो अनौठो लगिरहेको थियो । म पनि खै किन हो दोउडेर उनी छेउ गएर चुम्बन गरी अङलोमा बाँधी फन फनी घुमाउन सक्ने हिम्मत गर्न सकिरहेको थीईन . म मा दोउड्ने तागत खै कता हरायो , तागत नै छैन । आफ्ना अतित आँखा अगाडि झल झली झल्किए । एती छोटो, कम समयमा के-के सोचे सोचें । मेर पाइला धेरै काम गतिमा झर्दै थिए शायद यो अनन्त यात्राको एउटा शुभ घडीको सफल बिन्दु थियो।
क्रमश ...
 
Posted on 10-08-09 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेर पाइला धेरै काम गतिमा झर्दै थिए शायद यो अनन्त यात्राको एउटा शुभ घडीको सफल बिन्दु थियो।

अनी अनायासै मलाई भान भयो, ओ हो म त बिहे भई सकेको मान्छे, म त २ बच्चा र श्रीमती भएको मान्छे के सोच्दै छु । अब म के गर्ने कसो गर्ने । उनी सँग म कसरी कुरा गर्ने । अनी सोचे त्यो मेरो अतित थियो र म बर्तमानमा छु । म आफुलाई सक्षम र शाहसिक बनाउनु पर्छ । मैले हाम्रो अतितलाई सरल तरिकाले लिनु पर्छ । म बिस्तारै झरे र उनी छेउ पुगें । म एक टकले उनी लाई हेरी रहेँ । ममा कुनै मुस्कुराहट थिएन । म उन्को मन्द मुस्कान उही तवरमा देखी रहेको थिए । म नजिकै गएर सम्बोधन गरे । उनी मुस्काउदै सम्बोधन फरकाइन । एक छिन हामी नबोली एक तवरले उभिरहयोउ । तेस्पछी म बिस्तारै अघी बढें अनी उनी पनि अघी बढीन । मलाई सार्है आनन्द लाग्यो। मैले उन्को घरमा उन्को श्रीमान र सासु आमालाई भेटेको थिएँ । मलाई न त उनका श्रीमान न त उन्की सासुको अनुहार नै याद छ । तर मलाई लाग्छ उन्का श्रीमान असल छन। उनी म सँग राम्रो ब्यवहार गरेका थिए । हामी बिच राम्रो कुरा कानी भएको थियो ।

म हिंडेपछी उनी पनि म सँगै हिडिन तर न त उन्की सासु न त उन्का श्रीमानले नै केही भने तर बर्दली बाट हेरी रहेको भने मैले फर्केर हेर्दा देखेको थिए । हामी कुरा गर्दै अगाडि बढ्योउ । उनी आफु गर्ववती भएको कुरा सुनाइन । मलाई एक प्रकारले धेरै खुशी लाग्यो । हामीले पनि यही समयको प्रतिक्षा सँगै धेरै बर्ष पहिले गरेका थियौ । मैले उन्को श्वासथ को बारेमा सोधे । आफु पनि बच्चाको बाबु पहिले नै भईसकेको हुनाले कस्तो स्थिती बाट महिलाहरु पार हुनु पर्छ भन्ने कुरा राम्ररी बुझेको थिए । हामी सँगै तेस्ताइ तेस्तै कुरा गर्दै हिडिरह्योउ। हामीले हाम्रो अतितको बारेमा कुरा गरेनौ । हामी धेरै बेर दुबै जना सँगइ हिडिरहेका थियौ ।

क्रमश ......
 
Posted on 10-08-09 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very touchy. Waiting for more.
 
Posted on 10-09-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी सँगै तेस्ताइ तेस्तै कुरा गर्दै हिडिरह्योउ।
हामीले हाम्रो अतितको बारेमा कुरा गरेनौ । हामी धेरै बेर दुबै जना सँगइ
हिडिरहेका थियौ ।


मेरो काम 7 बजेबाट सुरु हुन्छ तर काममा धेरै जसो ढिलो हुन्छ । ५ बजेर २५ मिनेटमा एउटा बस छ तर मलाई उठ्न र तयार हुन शारै गह्रो हुन्छ । बिहान उठेर अली अली योगा पनि गर्नु पर्‍यो किन कि अब बुढेश कालले पनि त छुन लाग्यो । त्यसैले तयार हुँदा लगभग ४५ मिनट लाग्छ । मेरो बस ५ बजेर ५८ मिनटमा छ । त्यो बस चढेर ट्रैन एस्टेसन आउन २० देखी ४५ मिनट सम्म लाग्छ । त्यो सबै बिहानको ट्राफिकमा भर पर्छ । अनी ट्रैन चढेर लगभग ४० देखी ६० मिनट सम्म लाग्छ । अती चाँडो भएको दिनमा चाँही १ घण्टा ५ मिनट देखी १ घण्टा 45 मिनट सम्म लाग्छ । तर खुशी नै छु यो खराब समय चली रहेको बेलामा पनि धन्न जागिर छ तेस्मा पनि हामी बिदेशी लाई काम पाउन अली गाह्रो छ नि । जे होस् यसरी नै मेरो दिन चर्चा बित्छ ।

बिहान ब्युझँदा कती बजेको थियो मैले घडी हेरिन किन कि म मेरो घन्टी (alarm) बज्नु पहिले नै उठिसकेको थिएँ । तेही खेर मलाई सपना देखेको पनि याद भएन । उठेर साधारण ब्यायम गरेर योग गर्न तिर लागे । नुहाइ धुवाइ गरेर तयार हुँदा ५-५० भई सकेको थियो । कुदेर station पुग्दा ५-५४ मा पुगेको थिए । जेहोस् गाडी छुट्ने भएन भन्ने धुक्क भये स्यँ स्याँ र फ्याँ फ्याँ गर्दै भए पनी । बस चढें । सधैं झै पुरान बस चाढ्दा देखेका या चिनेका साथीहरु थिए । गजब त गजबै छ वा धेरैसँगै बसमा हिन्दा देखेका मान्छे पनि आफ्नै लाग्न थाली सकेका थिए । कहिले गाडी छुटेर ढिला भयो भने हिजो के भो किन आईनस भनेर सोद्छन । शायद बिहानै भएर होला हामी जम्मा ५-७ जाना मात्रै हुन्छोउँ बसमा । बसबाट ट्रैन station नपुन्जेल रमाइलो हुन्छ तर बसबाट झर्नै बित्तिकै सबै कुलेलाम ठोक्छन । किन कि पहिलो ट्रैन छुट्यो भने अर्को चाढ्दा १० मिनट ढिलो हुन सक्छ किन कि ट्रैन जती पछी चढ्यो तेती ढिला हुन्छ । ट्रैन चढ्दा भने हामी बसमा भेटेका कोही सँगै हुँदैनौ किनकी धेरैको झर्ने station फरक फरक छ । आजको खुशीको कुरो के भने बाटोमा traffic भने कम थियो । म एस्टेसन झर्दा कती बजेको थियो थाहा भएन । ट्रैन बाट भर्ने बित्तिकै टाप कस्ने बानी आज किन छुट्थ्यो र । टाप कसियो र Smartrip card मेसिनमा सुँघाएर बाहिर निस्किये ।
क्रमस ....

 
Posted on 10-09-09 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ट्रैनबाट भर्ने बित्तिकै टाप कस्ने बानी आज किन छुट्थ्यो र । टाप कसियो र Smartrip card मेसिनमा सुँघाएर बाहिर निस्किये ।

निस्कने बित्तिकै एउटा लामो भर्र्याङ् (escalator) चढ्नु पर्छ । खुशीको कुरो के भने के करणले हो त्यहाँ बिजुली नभएकोले सबै जना भरयाङ हिंड्नु पर्‍यो नभये उभिये मात्र पुग्थ्यो । Free मा extra exercise मुनाफै भयो । मलाई स्टेसनबाट काममा जान लगभग ९-१० मिनट लाग्छ । जब म भर्र्याङ् चाढ्दै थिए मलाई अचानक हिजोको सपना याद भयो । पहिले पहिले त म दौडेर जान्थे तर आज खै किन हो दौड्ने जाँगर छैन । सपना झल झली आँखा अगाडि आयो । सबै सम्झना भयो । म उनी सँग कुरा गर्दै हिंडेको याद भयो । म उनी सँगै कुरा गर्दै हिड्दै छु । म गल्ली नम्बर १२ बाट मेरो कार्यालय जाँदैछु । बाटोमा ३ वटा ठुला र एउटा सानो ट्रफिक light पर्छ । त्यस पछी म ओरालो झरेर भावन भित्र छिर्नु पर्छ अनी भरयाङ चढेर माथिल्लो तलामा जानु पर्छ । तेस्पछी धोकामा मेरो कर्मचारी परिचय पत्र (employee ID) सुँघाउनु पर्छ र ढोका खुल्छ । भित्र गए पछी चौकिदर (security officer ) सँगैको अर्को मसिनमा मेरो परिचय पत्र सुँघएपछी म भित्र जान सक्छु । तर म झलस्स तर्सिये जब चौकिदार (नेपालीमा के भन्छन security officer लाई ) ले बिहान को सम्बोधन गरे । म उनी सँगै कुरा गर्दै थिए । मैले मेरो दाँयातिर फर्केर हेरें, सँगै कि उनी त्यहाँ थिईनन । म मेरो परिचय पत्र सुँघाएर भित्र पसेँ ।

म झलस्स तर्सिये, अचम्म लाग्यो । खै किन हो आफ्नी हुन नसकेकी मायालु आज अचानक मेरो यो मनमा कसरी आईन । लगभग १० मिनटको बाटो उनीसँग सँगइ हिंडेर, कुरा गरेर मैले ती ट्राफिक लाईट अनी त्यो भर्र्याङ् अनी बाहिरको ढोका कसरी खोले मलाई केही याद छैन। मलाई उनी म सँगै हिंडेरहे जस्तो लागि रहेछ । कस्तो आनन्द कस्तो स्फुर्ती !!! ओहो !! अतितका ती पलहरुलाई बर्तमान बनाएर हिँड्दा पनि छुट्टै आनन्द लिन सकिने रहेछ । आज को यो दिन राम्रै बित्यो । सारा दिन आफ्नै अतित लाई सम्झेर रमाईलै सँग बित्यो । घरी घरी लाग्यो उनिलाई ईमेल लेखु भनेर किन कि मलाई उन्को फोन त थाहा थिएन तर ईमेल चाँही थाहा थियो । सोँचे धेरै बर्ष भई सक्यो अब त उन्को बिहे पनि भयो होला अनी बच्चा पनि भये होलान । उन्ले ईमेल पठाउदा मेरी श्रीमतीले थाहा पाये झै उनका श्रीमानले थाहा पाये भने के गर्ने । मैले त हाम्रो सम्बन्ध को बारेमा मेरी श्रीमतीलाई बिहे पूर्व सबै बाताएको थिए । त्यो ईमेल पाये पछी मेरी श्रीमतीले शाहरै दु:ख मानेकी थिईन । उनले भनेकी थिईन - म हजुरको बर्तवान हो अतिततिर नफर्कनोहोस् यसैमा हामी सबैको भलाई हुन्छ । तेती बेला सम्म म उनीसँग संपर्कमा हुन्थे तर तेस पछी उन्को एउटा ईमेल आएको थियो र मैले नपढ्डै मेरी श्रीमतीलाई नै मेटाउन (Delete) लगाइ दिये र उन्को address लाई spam sender को समुहमा राखी दिये । .तेस पछी म उनी सँग संपर्कमा कहिले आईन । 

त्यसैले शायद अब ईमेल लेख्नु मुर्खता हुनेछ । मैले ईमेल लेख्नने कुरा छोडि दिये । शायद उनले पनि मलाई spam Sender को समुहमा राखेको पनि हुन सक्छ । हुन त चाहेको भये नयाँ ईमेल खोलेर पठाउन पनि सकिन्थ्यो तर मनले मानेन । शायद उनी कतै यही साझामा यो पढेर उनिलाई कसैले अझै पनि सम्झदो रहेछ भन्ने थाहा पाउँछिन कि ? कस्लाई के थाहा !!!!

जे होस् अतितलाई बर्तमानमा डोहराएर पनि जीवनका ती केही पल राम्रा पलमा बादल्न सकिने रहेछ ।

समाप्त ............

 
Posted on 10-09-09 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Thanks santosh1984 for reading my writing.



















 
Posted on 10-09-09 10:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very close to my own experience and well written. I wish I could write like that. Thanks for the post.
 
Posted on 10-13-09 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I think its like Karna Das's Song "Nata jodiyera tutnu bhanda na bhetekai ramro " or something like this. भेट्नु भन्दा नभेटेकै राम्रो । फोकटको सम्झना राम्रो होइन रहेछ । जस्ती सम्झ्यो तेही नराम्रो ।

 
Posted on 10-14-09 2:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-14-09 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तपाईंको लेखले अतितको यादहरु आँखा अगाडी झल्झली आयो । राम्रो छ ।
 
Posted on 10-22-09 7:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks Santosh and saathtimro for reading the story. I could not write well enough to express my feelings but I did at least try to write.

Anyway, sometimes its a strange feeling. I think its a great mistake not to marry a person you like because it keep killing you rest of your life even if you are happy on another side of your life.

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters