Sathiharu tapai lai yo git thaha 6?aru ko bharma parnu hundaina..Narayan gopal was a patriotic person in himself ..he was invited many times to india for singing but he rejected it..He wanted no other countries influence on literarure and music of nepal as Gopal yonjan and it is his dream too..
Please log in to subscribe to Geology Tiger's postings.
Posted on 11-18-10 6:18
PM [Snapshot: 10]Reply[Subscribe]
Login in to Rate this Post:
1 ? Liked by
भाई चमत्कारको देशभक्तिले भरिएको चमत्कारी कुरा सुनेर मलाई धेरै नै खुशी लाग्यो, आशा छ तिम्रो यो देशभक्ति सधैं यसरी नै कायम रहन्छ। तर तिमीलाई म अलिकति सावधान पनि गराउन चाहन्छु, कहिलेकाँही अन्ध देशभक्तिले फाईदा भन्दा हानी मात्र गर्छ। वास्तवमा नै नारायण गोपाल, गोपाल योन्जन, नातिकाजी, बच्चुकैलाश, अमर गुरुङ, भक्तराज आचार्य, अरुणा लामा, तारादेवी जस्ता संगीत साधकहरुले नेपाली गीत संगीतको भण्डारलाई सम्पन्न बनाउन अतुलनीय योगदान गरेका छन्। एउटा नेपाली हुनुको नाताले नेपाली गीत संगीतलाई माया गर्नु राम्रो हो तर त्यसो भन्दैमा हिन्दी गीत संगीत सुन्नै हुँदैन। हिन्दी सिनेमा हेर्नै हुँदैन, हिन्दी सिनेमा हेर्यो कि त्यो देशको माया नभएको, (तन्नेरीहरुको भाषामा धोती सपोर्टर) भई हाल्छ भन्ने कुरामा मेरो कत्ती पनि सहमति छैन। पहिलो कुरा त संगीत र साहित्य सर्जकहरु सोचाइको सिमाना हाम्रो राष्ट्रियता र जातियताको भन्दा धेरै फराकिलो हुन्छ। अर्को कुरा यदी आफू सम्पन्न हुनु छ, आफ्नो भाषा साहित्य सम्पन्न बनाउनु छ भने अरुहरुले के गरिरहेका छन् र कसरी गरिरहेका छन् भनेर बुझ्नु पनि त्यतिकै जरुरी हुन्छ। वास्तवमा भारत जस्तो सांस्कृतिक, साहित्यिक र भाषिक रुपले समपन्न मुलुक विश्वमा कमै होला। केही भारतीयहरुले नेपाल र नेपालीहरुलाई हेप्ने प्रव्रिती देखाए भन्दैमा सिङो साहित्य र संगित जगतलाई बहिस्कार गर्नु भनेको छिमेकीसँग रिसाएर आफ्नै झ्याल ढोका बन्द गरेर अधेरोमा बस्नु जस्तै हो। हामीले भारतीयहरुबाट बुझ्नु र सिक्नु पर्ने कुरा धेरै छ। ल तिमीले हिन्दी गीत सुन्न बन्द गर्यौ रे तर केही फटाहा र हेपाहा प्रब्रिती भएका भारतीयहरुले नेपाल र नेपालीको कस्तो दुष्प्रचार गरिरहेका छन् त्यो बुझ्न पनि तिमीले उनिहरुले के भनिरहेका छन् त्यो सुन्न पर्ने हुन्छ। अनि मात्र तिमीलाई थाहा हुन्छ बुद्द आफ्नो देशमा जन्मेको देखाउन उनिहरुले के के गरिरहेका छन्? कति नेपाली चेलीले भारतीय बजारहरुमा नारकीय जीवन बिताइ रहेका छन्? कति नेपाली बालिकाहरुले मेघालयको कोइला खानिमा ज्यान गुमाइ रहेका छन्? एउटा देशभक्त नेपाली को कर्त्यब्य भनेको भारतीयहरु बिरुद्द झ्याल ढोका थुनेर बस्नु होइन बरु यस्ता समस्याहरु बिरुद्द असरदायी भूमिका निर्वाह गर्नु नकी मुढे देशभक्ति देखाएर रितिक रोशन काण्ड मच्चाउनु। हाम्रो नेताहरु जियु जियु गरेर भारतीय नेताहरुको शरणमा पर्न जान्छन् त भारतीय गीतकार र संगितकारको के दोश? हाम्रा नेपाली बाउआमा नै आफ्ना छोरीहरु बेचिदिन्छन् त ती भारतीय संगीतकार र गीतकारको के दोश? सिमामा नेपाली सिमा अधिकारी र सुरक्षा अधिकारिले नेपाली भूमी र जनतालाई सुरक्षा दिन सक्दैनन् त भारतीय गीतकार र संगीतकारलाई के दोश? साझाका कतिपय मित्रहरु यस्ता पनि देखेको छु जसलाई मनपरी अङ्रेजी शब्द बोल्दा गर्व लाग्छ तर भारतीय गीत संगीतको कुरा गर्यो भने धोतीको कुरा नगर भन्दै देशभक्ति जाग्छ। त्यस्ता मित्रहरुलाई म भन्न चाहन्छु यदी देशको यति नै माया लाग्छ भने केही गरुँ न त देशको लागि। ल अरु केही नभए पनि आफ्नो बियर खाने पैसा कटाएर नेपालमा खान नपाएका अनाथ केटाकेटी र बुढाबुढिलाई सहयोग गरुँ न त। होइन भने बेफ्वाँकमा के को फोस्रो देशभक्ति देखाउनु!
लौ चमत्कार भाई मेरो भन्नु यति हो, मैले भनेको कुरा तिमीलाई चित्त नबुझ्न नि सक्छ, तर मलाई आशा छ एक दिन तिमीले यो सबै कुरा बुझ्नेछौ!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.