[Show all top banners]

Geology Tiger
Replies to this thread:

More by Geology Tiger
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बुद्ध के साँच्चै तिमी मेरो देशमा जन्मेका थियौ?
[VIEWED 17472 TIMES]
SAVE! for ease of future access.
Posted on 02-06-12 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     18       ?     Liked by
 

आकाशलाई नै छोपुला झै उडिरहेका
टायरको कालो धुँवाको मुस्लोबाट पर भागेर
गाडी, घर र मान्छेहरुमाथि ढुङ्गा बर्षाइरहेका
एक हुल जुलुसबाट पर भागेर
टाउको फुटेर शरीरभर रगत लपतिएका
अनि हिंड्न नसकेर घस्रदै गरेका मानिसहरुबाट पर भागेर
जब म एकान्तमा पुग्छु
मन मनै एउटा प्रश्न गर्छु
बुद्ध के साँच्चै तिमी मेरो देशमा जन्मेका थियौ?

मेरो देशको पहाडहरु रक्ताम्य छन्
रगतका खोलाहरु अझै पनि सुसाउदै छन्
अनि हजारौ नेपालीली पाएका
युद्दका ती घाउहरु सब आलै छन्
फेरि पनि आज देशलाई टुक्रा टुक्रा गरी लुछ्न्
एक हूल हुँडारहरु दार्हा तिखार्दै बसेका छन्
यो सारा सम्झदा मलाई रिंगटा लागेर आउँछ
म बिस्तारै आफूलाई सम्हालेर
आफ्नो मनमा फेरि त्यही प्रश्न राख्छु
बुद्ध के साँच्चै तिमी मेरो देशमा जन्मेका थियौ?

मलाई अशोकको शिला स्तम्भ अगाडि अभिएर
बुद्ध यही जन्मेका हुन् भनेर कुर्लने
ती महाशयलाई सोध्न मनलाग्छ
महाशय, के यहाँले आफ्नो मनमा जन्मेको कुनै बुद्धलाई देख्नुभएको छ?
हो मैले देखेको छु,
मेरो मनमा हजारौ होइन लाखौं बुद्धहरु जन्मिएका थिए
तर मैले कहिल्यै ती बुद्धहरुको वास्ता गरिन
म त ईतिहासका ठेलीहरु पल्टाउदै र भूगोलका नक्साहरु केलाउदै
सधैं झै त्यही प्रश्न गरिरहेको हुन्छु
बुद्ध के साँच्चै तिमी मेरो देशमा जन्मेका थियौ?

प्रत्येक चोटि जब एउटा बुद्ध
मेरो मनमा अहिंसा, प्रेम, शान्ती र सद्भावको भाव जगाउन खोज्छ
स्वार्थ, लोभ र लालच रुपी एउटा राक्षस एक्कासी आएर
मेरो मनमा रहेको त्यो कलिलो बुद्धलाई खर्लप्प खाइदिन्छ
म निरिह भए झै गर्छु
त्यो कलिलो बुद्धलाई बचाउन सक्दिन
त्यो रगतले लत्पतिएको मान्छेको रगत थामिदिन सक्दिन
त्यो घस्रदै हिंडेको मान्छेलाई आफ्नो साहारा दिन सक्दिन
अब त केवल त्यो राक्षसको इशारामा नाच्दै हिंड्ने म
त्यै राक्षसको अधिनमा रहेका हरेक नेपालीले झै
एक अर्का प्रति रिसले मुर्मुरिदै, डाहले छट्पटिदै र स्वार्थले रन्थनिदै
विश्व सामु बडो गर्वकोसाथ भनिरहेको छु
हो हो बुद्ध मेरै देशमा जन्मिएका थिए!! 

(धन्यवाद मित्र नासलाई! मेरो यो कविताको एक दुइ लाइन तिम्रै गीतबाट लिएको छु, आशा छ तिमीलाई यो स्वीकार्य छ)  

Last edited: 07-Feb-12 10:15 AM

 
Posted on 02-06-12 3:59 PM     [Snapshot: 34]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

वाह ! जिते वाह !
३.५ हार्डनेस को ह्यामरले हान्या जस्तै छ, तीतो सत्य . भाव शैली उत्तम , वाह रे वाह .

बुद्ध नेपाल मै जन्मेको भए अन्तै बसाइ सर्थ्यो होला . बुद्ध हैन बुद्धु जन्मेको देश भाको छ .


 
Posted on 02-06-12 4:17 PM     [Snapshot: 67]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
Just brilliant. This is really true. 


 
Posted on 02-06-12 7:23 PM     [Snapshot: 172]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

 म नेता हु, मलाई कागज मा  शान्ति चाहिन्छ
 
शान्ति ल्याउन म बन्दुक बोकौछु
 
शान्ति ल्याउन म खुकुरी भिराउछु
 
शान्ति ल्याउन म बम पदकाउछु
 
साचै  को शान्ति भए मैले कसरि राजनीति गर्ने ?
 
म नेता हु, मलाई कागज मा  शान्ति चाहिन्छ
 
 म नेता हु मलाई पद चाहिन्छ
 
एउटा मात्र प्रधान मन्त्रि, मेरो पालो कहिले?
 
 
मेरो समूह मा म धेरै चलाख
 
मेरो समूह को राज्य भए
 
म बाहेक को प्रधान मन्त्रि ?
 
म नेता हु, मलाइ पद चाहिन्छ
 
 
म बाद हु, मलाई कागज मा समानता  चाहिन्छ
 
समानता को लागि म कहिले कालो लाई उचाल्चु
 
कहिले गोरो लाई उचाल्चु
 
साच्चै को समानता  भए मैले कसरी  राजनीति गर्ने ? 
 
म बाद हु, मलाई कागज मा समानता  चाहिन्छ

 
Posted on 02-06-12 7:26 PM     [Snapshot: 179]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अरुले बनाइ दिएको सडक मा मोटेर कुदाउछु म
अरुले दान दिएको चामल को भात् खान्छु म
मेरा दाजु भाई हरु अरब मा कुल्ली छन
दिदी बहिनी बम्बै को कोठि मा नाचछ्न
तर मलाई प्रधान मन्त्री बन्न छुत्टै राज्य चाहिन्छ
मलाई मेरो भाषा चाहिन्छ मेरै सन्स्क्रिती चाहिन्छ

दाजु भाई कुल्ली भएपनी, दिदी बैनी बम्बै मा नाचे पनि
मा नेता हुँ मलाई पद चाहिन्छ, मलाई अल्ग्गै राज्य चाहिन्छ 
 

 
Posted on 02-07-12 5:31 AM     [Snapshot: 341]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामी गयो जिटी। अति उत्तम। बेला बेलामा अरुपनि पढ्न पाइयोस्।

 
Posted on 02-07-12 8:42 AM     [Snapshot: 385]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रत्येक चोटि जब एउटा बुद्ध
मेरो मनमा अहिंसा, प्रेम, शान्ती र सद्भावको भाव जगाउन खोज्छ
स्वार्थ, लोभ र लालाच रुपी एउटा राक्षस एक्कासी आएर
मेरो मनमा रहेको त्यो कलिलो बुद्धलाई खर्लप्प खाइदिन्छ
म निरिह भए झै गर्छु
त्यो कलिलो बुद्धलाई बचाउन सक्दिन
Super Like  
 
Posted on 02-07-12 9:22 AM     [Snapshot: 432]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मानिसको लोभ अहंकार र कुकार्यको दोषी उसको परिस्थिति नै हो| परिस्थिति जुन उसको सामाजिक, भौगोलिक र राजनीतिक अवस्था संग सम्बन्धीत हुन्छ| राजनीतिक अस्थीरताको कारण नेपालीहरु बिबस छन्| नेपालीहरुको नैतिकतालाइ नै राजनीतिक अस्थिरताले गौथली सक्यो

बिचारा बुद्धको नेपालसंग के लेन देन छ र? बुद्धको जन्म न त भारत न त नेपाल नै हो| बुद्ध को जन्म त सिद्धार्थ गौतम को मन भित्र भएको थियो |

आफ्नो विध्वंशकारी बुद्धि अनि परिवेशमा साएद बुद्धको नामले मात्र भए पनि साथ् दिए हुन्थ्यो

 
Posted on 02-07-12 9:28 AM     [Snapshot: 440]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 जी ति जी धेरै सत्य बचन हरु को संगालो 
 
Posted on 02-07-12 12:30 PM     [Snapshot: 511]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GT, thoroughly enjoyed your poem.

grgdai, you have said it the best!!! I had keen interest in every thread that discussed about Buddha’s birth place. No mas! To me, your few lines put everything to rest.

"बिचारा बुद्धको नेपालसंग के लेन देन छ र? बुद्धको जन्म न त भारत न त नेपाल नै हो| बुद्ध को जन्म त सिद्धार्थ गौतम को मन भित्र भएको थियो |"

 
Posted on 02-07-12 12:50 PM     [Snapshot: 543]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-07-12 9:37 PM     [Snapshot: 641]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 महाशय, के यहाँले आफ्नो मनमा जन्मेको कुनै बुद्धलाई देख्नुभएको छ?

वाह जिते दाइ !!

 
Posted on 02-09-12 10:04 PM     [Snapshot: 809]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

कवितालाई मन पराइदिनुहुने सम्पूर्ण सहृदयी साथीसंगीलाई  मुरी मुरी धन्यवाद ! 
 
साझामा धेरै थोरै जति लेखे पनि ठुल्दाईले यसरी मुक्त कण्ठले प्रसंशा गर्नुभएको यो मेरो पहिलो रचना होला, अब भने मलाई म पनि  साच्चीकै केही लेख्न सक्छु कि भन्ने हौसला बढेको छ ....    
Last edited: 09-Feb-12 10:05 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters